समाचार

खुल्ला अर्थतन्त्रमुखी संविधान बनाउन व्यवसायीको माग

२०७२ साउन १६ गते १४:३५

काठमाण्डु, १६ साउन– उद्योगी व्यवसायीहरुले नयाँ संविधानमा उदार र खुल्ला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेको छ । शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर व्यवसायीहरुले आगामी संविधानमा उदार र खुला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका...

सेनाको समन्वयमा अरनिको राजमार्ग खुलाउन सुरु

२०७२ साउन १६ गते १४:०८

काठमाण्डु, १६ साउन-अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा ठूला ठूला पहिरो आई अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य शनिबारदेखि सुरु गरिएको छ ।   नेपाल सरकारको निर्णयअनुसा सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीका इन्जिनियरिङ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायसमेतको समन्वयमा राजमार्ग खुलाउन...

मस्यौदाको विरोधमा मोर्चाले आन्दोलन गर्ने

२०७२ साउन १६ गते १४:०५

काठमाण्डु, १६ साउन– १६ बुँदे सहमतिप्रति असन्तुष्ट मधेशवादी दलहरुले संविधानको मस्यौदा परिवर्तन नगरे संविधानसभामा पेश भएलगत्तै जलाउने निर्णय गरेका छन् । शनिबार चार मधेशवादी दलहरुले बैठक गरेर मस्यौदाको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बैठकले झापाको विर्तामोढ, धनकुटा हटौंडा, धनगढी र नेपालगञ्जमा...

धर्मको विषयमा कांग्रेसमा चर्काचर्की

२०७२ साउन १६ गते १३:४२

काठमाण्डु, १६ साउन – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा नयाँ संविधानमा धर्म सम्बन्धि के व्यवस्था गर्ने भन्ने विषयमा विवाद भएको छ । केन्द्रिय कार्यसमिति र संसदीय दलको शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयुक्त बैठकमा बोल्ने सदस्यहरुमध्य केहिले संविधानको पहिलो मस्यौदामा उल्लेख भएको ‘धर्म...

भूकम्पपीडित शिविरका बालबालिका बिरामी

२०७२ साउन १६ गते १३:२३

धादिङ, १६ साउन-भूकम्पपछि गाउँमा बस्न नसकिने भएकाले घर छाडेर सदरमुकाम नजिकै बस्न आमाबाबुसँग आइपुगेका उत्तर धादिङका बालबालिका धमाधम बिरामी परिरहेका छन् ।   एउटा पालमुनि बसेकी कान्छी तामाङले काखमा बच्चा च्यापेर आफ्नो बच्चा बिरामी परेकाले उपचारसमेत नपाएको गुनासो गरिन् । खोकी लाग्ने, टाउको दुख्ने,...

सुनका चुरा बन्धकी राखेर ठग्ने गिरोह पक्राउ

२०७२ साउन १६ गते १३:१८

विराटनगर, १६ साउन-मोरङमा नक्कली सुनको गहना बन्धकी राखेर ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   बाहुनी–६ की २५ वर्षीया हेमकुमारी चौधरी र सुन्दरदुलारी–४ का २७ वर्षीय कर्णबहादुर विकलाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कोसीहरौंचा नगरपालिका–४ विराटचोकका...

नेपालमा राजतन्त्र राख्ने विषयमा भारतले कुनै सहमति गरेको छैन : करण सिंह

२०७२ साउन १६ गते १३:०५

काठमाण्डु, १६ साउन–भारतीय कांग्रेस आइका वरिष्ठ नेता डा. करण सिंहले लोकतान्त्रिक आन्दोलनको उत्कर्सको बेला भएको भनिएको जस्तो आफूहरुले नेपालमा राजतन्त्र कायम राख्ने गरी कुनै सहमति नगरेको बताएका छन् । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँगको भेटमा उनले आफूहरु लोकतन्त्रकै पक्षमा रहेको...

साउन मसान्तमै संविधान जारी हुन्छः आचार्य

२०७२ साउन १६ गते १२:३७

विराटनगर, १६ साउन – वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माणको काम तीव्र गतिले भइरहेकाले यही साउन मसान्तसम्म संविधान जारी हुने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रारम्भिक मस्यौदामा प्राप्त जनताका सुझावलाई छलफल गरी मस्यौदामा समेट्ने उद्देश्यले गहन रुपमा छलफल...

कांग्रेस महाधिवेसनको कार्यतालिका हेरफेर

२०७२ साउन १६ गते १२:२४

काठमाण्डु, १६ साउन– नेपाली कांग्रेसको आसन्न महाधिवेसनको आन्तरिक कार्यतालिकामा हेरफेर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेसनको मिति पछि सारेको हो । बैठकमा वर्षायाममा पूर्वनिर्धारित समयमा सबै जिल्लामा तल्लो तहको...

दिल्ली पुगेका देउवालाई मोदीले भने, ‘सबैलाई मिलाएर सीमांकनसहितको संविधान जारी गर्नुहोस्’

२०७२ साउन १६ गते १२:२२

काठमाण्डु, १६ साउन–कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासंग भेटघाट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सबैलाई मिलाएर सीमांकनसहितको संविधान छिटो जारी गर्न सुझाव दिएका छन् । नयाँ दिल्लीमा रहेको पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा देउवाले यस्तो जानकारी दिएका हुन् । उनले आफ्नो भ्रमण अत्यन्तै फलदायी...

वाग्मतीको २२ मेट्रिक टन फोहर व्यवस्थापन

२०७२ साउन १६ गते ११:३५

काठमाण्डु, १६ साउन – बाग्मती सफाइ महाअभियानको १ सय १६ औँ शृंखलाअन्तर्गत शनिबार त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकको नदी किनाराबाट करिब २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । काठमाण्डु, महानगरपालिकाले बाग्मती नदी सफाइ गर्ने क्रममा त्यस आसपास क्षेत्रको फोहर व्यवस्थापनका साथै विष्णुमती नदी सफाइका...

लागुऔषधसहित पक्राउ

२०७२ साउन १६ गते ११:२७

सुनसरी, १६ साउन – सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार साँझ ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । इनरुवा–७ स्थित प्रहरीको टोलीले जाँच गर्ने क्रममा भारतीय बजारबाट आउँदै गरेको को११प ५०२२ नम्बरको मोटरसाइकलबाट सुनसरी घुस्की–१ बस्ने अब्बास अन्सारीको साथबाट लागुऔषध फेला पारेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us