ललितपुर, १६ साउन – ललितपुर उपमहानगरपालिका सुन्दरीघाट नजिकै चिनियाँ निर्माण कम्पनी सांघाइ कन्स्ट्रक्सनको परिसर नजिकै बाग्मती नदी किनारमा आफैँ उम्रिएका गाँजाका बिरुवा संविधानसभाका सभासद्, प्रहरी, स्थानीय संस्थाका प्रतिनिधि तथा बासिन्दाले नष्ट गरेका छन् । महानगरीय प्रहरी प्रभाग बल्खुको सक्रियतामा स्थानीय सभासद् मदनबहादुर अमात्यले स्थानीयस्तरको...
काठमाण्डु, १६ साउन–शनिबार बिहानै सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भूकम्पको पराकम्प गरेको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार पनि दोलाखालाई केन्द्र बनाएर ४.५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।...
पर्वत, १६ साउन– अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा करिव रु ३० करोडको क्षति पुगेको छ । विद्युत्गृहको सुरक्षाका लागि लगाएको पर्खाल भत्केर विद्युत्गृहमा बाढी पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । विद्युत्गृह पानीले...
धादिङ, १६ साउन– भूकम्पपछि गाउँमा बस्न नसकिने भएकाले घर छोडेर सदरमुकाम नजिकै बस्न आमाबाबुसँग आएका उत्तर धादिङका बालबालिका धमाधम बिरामी पर्न थालेका छन् । एउटा पालमुनि बसेकी कान्छी तामाङले आफ्नो बच्चा बिरामी परेको र उपचारसमेत नपाएको गुनासो गरिन् । खोकी लाग्ने, टाउको दुख्ने, नाकबाट...
काठमाण्डु, १६ साउन – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा आज पदयात्रा गरियो । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको पदयात्राको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्यसचिव लीलामणि पौड्याल र नेपालका लागि चीनका राजदूत उ चुन्ताइले संयुक्त रुपमा उद्घाटन गरे । कमलादीस्थित...
कञ्चनपुर, १६ साउन– गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै शनिबार सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समितिले कैलालीका विभिन्न स्थानमा निर्ममरुपमा गाईको हत्या गर्ने कार्य हुन थालेकाले दोषीमाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरेको जनाएको छ । बिहानै महेन्द्रनगर बसपार्कबाट छोटो...
नवलपरासी, १६ साउन– गैँडाकोटको जयश्री पुल भाँचिएपछि भरपर्दो वैकल्पिक सडक (डाइभर्सन) निर्माणमा ढिलाइ भएको छ । ह्युमपाइप राख्ने काम भए पनि सामग्रीको अभावमा निर्माणको कामले गति लिन नसकेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । खोलाबाट ढुङ्गा, गिट्टी ल्याउन नपाउँदा कामले गति लिन सकेको...
भक्तपुर, १६ साउन– सामुदायिक विद्यालयतर्फ २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट भएका भक्तपुरका सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । सामुदायिक मावि सामूहिक परीक्षा समिति भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डिल्ली रिमालले अवकाश प्राप्त प्रधानाध्यापक तारामान जोशी,...
गोरखाबजार, १५ साउन-गोरखा नगरपालिका–७ स्थित कट्टेलडाँडामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । गोरखा बजारबाट कट्टेलडाँडातर्फ जाँदै गरेको ग १ त २८०६ नम्बरको ट्याक्टर सडकबाट खस्दा चालक चितवन दारेचोक गाविस–३ का राम परियार, सहचालक गोरखा कट्टेलडाँडाका काले परियारको घटनास्थलमै मृत्यु...
काठमाण्डु, १५ साउन-युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बिहान नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको...
पोखरा, १५ साउन– बुधबार राति वर्षासँगै आएको भीषण पहिराले कास्कीको लुम्ले, भदौरे तमागी र ढिकुरपोखरी गाविस–९ ठूलीचौरमा आज अपराह्नसम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती ठाउँमा क्रमशः २५, पाँच र दुई जनाको मृत्यु भएको छ । मृत्यु...
बनेपा, १५ साउन- छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा रुबेला र दादुराको सम्भावित जोखिमबाट बचाउन काभ्रेपलाञ्चोकका ३६ हजार ६६१ बालबालिकालाई रुबेला, दादुरा खोप र पोलियो थोपा खुवाइने भएको छ । काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाको संयोजकत्वमा जिल्ला खोप समन्वय समितिको शुक्रबार धुलिखेलमा बसेको सरोकारवालाको...