समाचार

जातीय सूची जारी गरी अधिकार उपलब्ध गराइने

२०७२ साउन १५ गते १७:५७

काठमाण्डु, १५ साउन-नेपाल पिछडावर्ग (ओबिसी)महासङ्घले नयाँ संविधानमा आफ्नो समुदायका अधिकार सुनिश्चित गर्न माग गर्दै शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराएको छ ।   महासङ्घका अध्यक्ष कौशलकुमार सिंह (कुशवाहा) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बालुवाटारस्थित उनको निवासमा भेटी जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, पिछडावर्ग...

इन्जिनियरिङ स्नातक तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

२०७२ साउन १५ गते १७:५०

काठमाण्डु, १५ साउन-त्रिवि इन्जिनियरिङ अध्ययन परीक्षा नियन्त्रण महाशाखाले २०७१ साल चैतमा सञ्चालित स्नातक तह सबै कार्यक्रम प्रथम वर्ष प्रथमखण्ड ९नयाँ कोर्स० नियमित तथा पुनः परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको छ ।...

सिन्डिकेट र दलालका कारण सर्वसाधरण दुई गुणा महँगो हवाइ भाडा तिर्न बाध्य

२०७२ साउन १५ गते १७:३४

मुगु, १५ साउन– नेपालगन्जदेखि मुगुको रारा विमानस्थल ताल्चसम्म उडान भर्ने निजी वायुसेवा कम्पनीले मनपरि भाडा असुल्दा यो क्षेत्रको हवाई यात्रा गर्ने यात्रु मारमा परेका छन् । नेपालगन्जदेखि मुगुका लागि हवाई सेवा प्रदान गर्दै आइरहेका गोमा एयर, तारा एयरले अलगअलग भाडादर कायम गरी मनपरि गरिरहेको...

संजयले जापानको सर्वोच्च शिखर आरोहण गर्ने

२०७२ साउन १५ गते १७:३१

काठमाण्डु, १५ साउन– विश्वको सर्वोच्च शिखर सगरमाथा, मनास्लुसहित अन्य महादेशका उच्च शिखरको आरोहण गरेका नेपाली र्कीितमानी पर्वतारोही तथा अल्ट्रा धावक संजय पण्डित जापानको सार्वेच्च शिखर शिखर आरोहण गर्ने भएका छन् । शुक्रबार काठमाण्डु टुडेसंग कुरा गर्दै पण्डितले अगस्ट ५ देखि जापानको सर्वोच्च शिखर आरोहण...

बाढी पहिरोपीडितलाई तत्काल राहत दिन सांसदहरुको माग

२०७२ साउन १५ गते १७:०५

काठमाण्डु, १५ साउन-व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा पछिल्लो दिनमा गएको बाढी पहिरोमा परी जनधनको क्षति भएको भन्दै सांसदहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।   पछिल्ला दिनमा कास्की, म्याग्दी, बागलुङमा बाढी पहिरोका कारण जनधनको क्षति भएको भन्दै ती सांसदहरुले गृह मन्त्रालयले तत्काल राहत...

महतले भने, ‘अब कुनै पनि बहानामा पार्टीको महाधिवेशन सार्न पाइदैन’

२०७२ साउन १५ गते १६:३८

भक्तपुर, १५ साउन- पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले देश संविधान निर्माणको अन्तिम चरणमा पुगेको बताएका छन् ।   नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटस्थित हनुमन्ते खोला किनारामा निर्माण हुन लागेको समितिको कार्यालय भवनको शुक्रबार शिलान्यास गर्दै उनले अब छिट्टै संविधान...

सत्तरी वर्षीय राईलाई १५ वर्षिया बालिका बलात्कार गरेको आरोप

२०७२ साउन १५ गते १६:२४

पाँचथर, १५ साउन- जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा–३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले...

चर्चमार्फत क्यानडा र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पास्टर पक्राउ

२०७२ साउन १५ गते १६:२०

काठमाण्डु, १५ साउन–क्यानडा र अष्ट्रेलियामा कामदार भिषामा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर दुवाकोट बस्ने सर्लाही लालबन्दी गाविस–१ का ३१ वर्षीय प्रताप भट्टलाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाण्डु पेप्सीकोलाबाट पक्राउ गरेको हो । भट्टले साउन २, १२ र...

रौतहटमा एक महिनामा तीन बुहारी मारिए, अपराधीको आश्रयस्थल भारत !

२०७२ साउन १५ गते १६:१४

रौतहट, १५ साउन- रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ ।   बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।   स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई हालैमात्र चरित्रमाथि प्रश्न उठाउँदै उनका...

रिद्धी खोलामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

२०७२ साउन १५ गते १६:०६

चितवन, १५ साउन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दाहाखानी गाविस–५ अन्तर्गत रिद्धी खोलामा गएराति ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ख ८९५७ नम्बरको ट्रक आफैँ अनियन्त्रित...

नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी होस् भन्ने भारतीय राष्ट्रपतिको चाहना

२०७२ साउन १५ गते १६:०४

काठमाण्डु, १५ साउन– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी भएर शान्ति र स्थायित्व कायम होस् भन्ने चाहना ब्यक्त गरेका छन् । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँगको भेटवार्तामा उनले त्यस्तो चाहना ब्यक्त गरेका हुन् । भारतीय राष्ट्रपतिले सकेसम्म आम...

राजनीतिक भागवण्डाका आधारमा होइन् क्षमताका आधारमा राजदूतको नियुक्ति हुन्छ : परराष्ट्रमन्त्री

२०७२ साउन १५ गते १५:५२

काठमाण्डु, १५ साउन–परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्ति राजनीतिक भागवण्डाका आधारमा नभई क्षमताको आधारमा गरिने बताएका छन् । शुक्रबार बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा श्रम समितिको बैठकमा मन्त्री पाण्डेले भने, ‘राजनीतिक नियुक्तिको आधारमा हुने राजदूत नियुक्तिले कुटनीतिकसम्बन्ध बिग्रँदै गएको छ अब राजनीतिक नियुक्तिका रुपमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us