डोल्पा, १५ साउन– डोल्पाको त्रिपुराकोट गाविस वडा नं २ स्थित सेसलकाँडा जङ्गलमा चार लाख बराबरको फलामेपाइप अलपत्र परेको छ । आयोजनामा प्रयोग गरेर बाँकी रहेका पाइपहरु खानेपानी उपभोक्ता समितिले राम्रोसँग व्यवस्थापन नगरेपछि पाइपहरु अलपत्र परेको स्थानीयवासीले बताएका छन् । निर्माणस्थलमा एक वर्षअघिदेखि अलपत्र परेका धेरैजसो...
चितवन, १५ साउन–चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । गएराति पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ८९५७ नम्बरको ट्रक चितवन कविलासको रिद्धिखोला पुलबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।...
कञ्चनपुर, १५ साउन– यार्सागुम्बा सङ्कलन गर्न बझाङको उच्च हिमाली भेग काँडा गाविस–३ को राइढुङ्गी लेक स्थानीय युवक धर्म बोहरा मृत भेटिएको घटनामा प्रहरीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार यार्सा सङ्कलनका क्रममा आफ्नो डेराबाट एक घन्टाको पैदल दूरीमा बोहरा...
काठमाण्डु, १५ साउन– एमाले वरिष्ठ नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्तो ऋषि मनले नभई बुद्ध मनले संविधान निर्माण गर्नुपर्ने बताएका छन । उपचारका क्रममा नयाँदिल्लीमा रहेका खनालले त्यहाँस्थित नेपाली दूतावासमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै नेपालको संविधान निर्माणमा भारतको सद्भाव...
पर्वत, १५ साउन–बुधबार रातिदेखि अवरुद्ध बनेको पोखरा–बागलुङ सडक खुलाउन शुक्रबार बिहानदेखि प्रयास भइरहेको छ । पहिरोका कारण सबैभन्दा बढी क्षति पुगेको पर्वतको तिलहार गाउँ विकास समिति–९ बेतनी र अँधेरी खोलामा वैकल्पिक सडक बनाई शुक्रबार साँझसम्म सडक सञ्चालन गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ...
काठमाण्डु, १५ साउन– कुटनीतिक सेवाका १२ कर्मचारीसँग ग्रिनकार्ड/पिआर रहेको सूचनाका आधारमा परराष्ट्रमन्त्रालयले आन्तरिक छानविन सुरु गरेको छ । परराष्ट्र सेवाका नायब सुब्बादेखि राजदूतसम्मले ग्रिनकार्ड/पिआर लिएको सूचना प्राप्त गरेपछि मन्त्रालयले विवरण संकलन सुरु गरेको छ । कुटनीतिक सेवाका कर्मचारीको पासपोर्टमा स्थायी बसोबास अनुमति पत्र प्राप्त...
काठमाण्डु, १५ साउन– गुरुहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्दै शुक्रबार गुरु पूर्णिमा मनाइँदै छ । हिन्दु संस्कृतिमा गुरुलाई देवताको स्थानमा राख्ने गरिन्छ । यस दिन विद्यालय, विश्वविद्यालय, पाठशाला, शिक्षण संस्था आदिमा आफ्नो गुरुहरुलाई विद्यार्थीले उपहार दिने, मिठो खुवाउने गर्दछन् । हिन्दुधर्मावलम्बीले महाभारत, १८ पुराणका...
म्याग्दी– , १५ साउन – म्याग्दीको पश्चिमी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक बिहीबारदेखि अवरुद्ध भएको छ । बाबियाचौर गाविस–५ लाम्पाटामा पहिरो गएपछि बेनी दरवाङ सडकमा सिधा सवारी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक अवरुद्ध हुँदा पश्चिमी...
काठमाडौँ, १५ साउन– सरकारले पहिरामा परी कास्कीको लुम्ले र भदौरेमा मृत्यु भएका परिवारलाई किरिया खर्चबापत ४० हजार र प्रतिपीडित परिवारलाई राहतस्वरुप एक लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहिरामा परी मृत्यु भएकाको परिवारलाई यसअघि भूकम्पपीडितलाई...
दमक, १५ साउन–झापाको शिवसताषी नगरपालिका–७ स्थित दूधे झिलझिले सडकखण्डदेखि उत्तर सतासी खोलामा झोलङ्गे पुल निर्माण भएको छ । मैनाचरी विद्यालयसँग जोडिएको सो खोलामा करिब २० लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । मैनाचरी स्पेन्डिेड ब्रिज नामकरण गरिएको सो झोलुङ्गे पुलको लम्बाइ ४५ मिटर...
खोटाङ, १४ साउन-ट्याक्टरले थिचेर खिदिमा–८ का ३४ वर्षीय मनकुमार राईको आज अपराह्न मृत्यु भएको छ । सिम्पानीबाट सामान लिएर इन्द्रेणीपोखरीतर्फ जाँदै गरेको ना ३ त १३१८ नं ट्याक्टरले थिचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताए । स्थानीयवासीका अनुसार सोही ट्याक्टरमा चढेका...
काठमाण्डु, १४ साउन-काठमाण्डु उपत्यकाभित्रका तीन अस्पतालमा उपचारमा आएका छ महिनादेखि ३६ महिनाका ३१२ बालबालिकामा गरिएको अध्ययनमा उनीहरुको रगतमा सिसाको मात्रा भेटिएको छ । त्रिविवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल पाटन र सिद्धि मेमोरियल अस्पताल भक्तपुरमा उपचारमा आएका बालबालिकाका रगतको नमुना परीक्षण गर्दा ९०...