समाचार

मिर्गौला रोगीलाई कतार र साउदीबाट सहयोग

२०७२ साउन १४ गते १४:१०

झापा, १४ साउन– दुवै मिर्गौला खराब भएर उपचार गराइरहेका झापा भद्रपुर–४ का उज्ज्वल राजवंशीलाई कतार र साउदी अरबमा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका १९ वर्षीय राजवंशी अस्वस्थ भएपछि केही दिनअघि नेपाल फर्किएका थिए । आर्थिक अवस्था...

जबर्जस्ती धर्म परिवर्तन गराउन पाइँदैन : प्रधानमन्त्री

२०७२ साउन १४ गते १३:५९

काठमाण्डु १४ साउन–प्रधानमन्त्री सुशील कोइरालाले सबैको आस्था र विश्वासलाई समेटेर संविधान जारी हुने बताएका छन् । उनले देशलाई संकटबाट पार लगाउनको लागि संविधान जारी गर्नुपर्ने बताउंदै संविधान जारी गरेपछि रहेका कमिकमजोरीलाई सच्याउन सकिने बताएका हुन् । बिहीबार राष्ट्रिय क्रिस्चियन महासंघ नेपालले संविधानमा धर्म निरपेक्षताको...

संविधानलाई च्यातेर आन्दोलनमा जान्छौँः वैद्य

२०७२ साउन १४ गते १३:५७

काठमाण्डु, १४ साउन– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले केही राजनीति पार्टीहरुले इतिहास उल्ट्याउँदै जनविरोध संविधान ल्याउन लागेकाले घोषणा भएकै दिन च्यातेर आन्दोलनमा जाने बताए । बिहीबार संवाद डबलीमा ‘कौशीकी’ पत्रिकाको विशेषाङ्कको विमोचन गर्दै वैद्यले संविधानसभाले जनताको संविधान नबनाउने पार्टीको धारणामा परिवर्तन नभएको बताए ।...

सीमांकनमा अमेरिकाको चासो

२०७२ साउन १४ गते १३:४६

काठमाण्डु, १४ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग अमेरिकी राजदूत पिटर डब्लु बोडेबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार बिहान भएको भेटवार्तामा राजदूत बोडेले संविधान निर्माणका विषयमा दलहरुले पछिल्लो समय गरेको प्रयासका बारेमा चासो राखेका थिए ।...

प्रचण्डले ल्याए मध्यमार्गी प्रस्ताव, नामांकन नसके पनि सीमांकनको टुंगो लगाएर जाऔं

२०७२ साउन १४ गते १३:४४

काठमाण्डु, १४ साउन-एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रदेशको नामांकन नसके पनि सीमांकनको टुंगो लगाएर जनाुपर्ने बताएका छन् । बिहीबार बसेको संवाद समितिको बैठकमा बोलदै अध्यक्ष प्रचण्डले दलहरुबीचमा सहमति गर्नका लागि यस्तो यस्तो मध्यमार्र्गी प्रस्ताव अगाडि बढाएका हुन् । १६ बुँदे सहमतिबाट असनतुष्ट मधेसवादी...

बलवाको स्थिति सामान्य बन्दै

२०७२ साउन १४ गते १३:४२

गौशाला, १४ साउन-मङ्गलबार रातिदेखि नै प्रहरी र स्थानीयबीच झडप हुँदा तनावग्रस्त बनेको महोत्तरीको बलवा गाविसको स्थिति सामान्य भएको छ ।   बुधबार अबेर साँझसम्म चलेको दोहोरो झडपपश्चात् जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणा र स्थानीय भद्रभलाद्मीबीच भएको सहमतिपश्चात् बलवाको स्थिति गएरातिबाट सामान्य...

मदन भण्डारीका तस्वीरले बबाल मच्चाउँदै !

२०७२ साउन १४ गते १३:३४

काठमाण्डु, १४ साउन-आफूले खिचेका नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी, जीवराज आश्रित, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङल्हामु शेर्पालगायतका तस्बिर आफनो अनुमतिबिना सार्वजनिक प्रयोग भएको भन्दै फोटो पत्रकार नरेश कुमार श्रेष्ठले आपत्ति जनाएका छन् ।   बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले हाल काठमाण्डुको...

पहिरो र बाढीले बगाएर चितवनमा दुईजनाको मृत्यु

२०७२ साउन १४ गते १३:०५

चितवन, १४ साउन-बुधबार परेको अविरल वर्षाका कारण चितवनको पहाडी गाउँमा पहिरोले पुरिएर र खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले लिएको जानकारीअनुसार काउले गाविस वडा नं ७ का हरिबहादुर चेपाङकी छ वर्षीया छोरी अरुणा चेपाङको घर पहिरोमा पुरिँदा मृत्यु...

पोखरा–बागलुङ सडक साँझसम्म खुल्ने

२०७२ साउन १४ गते १२:५९

पर्वत, १४ साउन-गएराति परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध बनेको छ ।   वर्षाका कारण भूकम्पले चर्किएको पर्वतको तिलाहार गाविसस्थित मौरीभिर तथा तिलाहार गाविसकै वडा नं ९ बेतेनी नजिकै पहिरोले सडक बगाउँदा यातायात अवरुद्ध बनेको हो ।   बेतेनीमा झन्डै २००...

जग्गा विवादमा आफ्नै छोरीको हत्या प्रयास

२०७२ साउन १४ गते १२:३२

कलैया, १४ साउन– जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिंहना गाविस–६ मा आज भएको जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्ने राजेश्वर यादव पक्राउ परेका हुन् । अभियुक्त यादवले आफ्नै छिमेकी शङ्कर यादवसँग भएको जग्गा विवादको झोकमा...

अपडेट : पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

२०७२ साउन १४ गते १२:२८

काठमाण्डु, १४ साउन–अविरल वर्षासँग आएको पहिरोमा परी कास्ककिो लुम्ले र भदौरेमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लुम्लेमा १५ र भदौरेको तमागीमा ५ जनाको मृतयु भएको पुष्टि गरिसकेको छ । भने पहिरोमा पुरिएका अन्य व्यक्तिको पनि अब जीवित उद्धारको...

बाढीले राप्ती किनारका रेस्टुराँका पव डुबायो

२०७२ साउन १४ गते ११:५०

चितवन, १४ साउन – अबिरल वर्षासँगै आएको बाढीले चितवनको रत्ननगर सौराहास्थित राप्ती किनारमा रहेका रेष्टुराँका पव डुबाएको छ । राप्ती नदीमा आएको बाढीले किनार क्षेत्रमा बनाएका दर्जनभन्दा बढी पव डुबाएको व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायी शीरलाल परियारले किनारमा पर्यटकले बसेर खाने तथा आनन्द...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us