समाचार

एम्बुलेन्स दुर्घटनामा तीन घाइते

२०७२ साउन १४ गते ११:१८

चितवन, १४ साउन– मकवानपुरबाट बिरामी लिएर भरतपुरतर्फ आउँदै गरेको एम्बुलेन्स चितवनको भण्डारास्थित लक्ष्मीनारायण चोकमा दुर्घटना भएको छ । तीव्र गतिमा चलाइएको एम्बुलेन्स दुर्घटनामा चालकसहित ३ जना घाईते भएका छन् । एम्बुलेन्स चालक २२ वर्षीय दिपेन्द्र अधिकारी, मकवानपुर माडीका ३६ वर्षीय अजय लामा र बिरामी...

पहिरोमा पुरिएर म्याग्दीमा पाँच जना बेपत्ता

२०७२ साउन १४ गते ११:१२

म्याग्दी, १४ साउन– म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोले पुरिएर पाँचजना बेपत्ता भएका छन् । मुदी गाविस–५ नेरवाङको गारखोरियामा पहिरोले गोठ पुरिँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका छन् । मुना गाविस–४ कुनौटोमा पनि पहिरोले पुरिएर एक बालिका बेपत्ता भएकी छन् ।...

पहिरोले पुरिएका नौ जनाको सनाखत

२०७२ साउन १४ गते ११:०३

पोखरा, १४ साउन – गएराति १ बजे भीषण वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्यांकी फुटी पहिरो गएर घर पुरिँदा अहिलेसम्म कास्कीको लुम्ले–५ माझका एकै घरका चार र कास्कीको भदौरे तमागी–५ डुँडाखेतमा गरी नौ जनाको सनाखत भएको छ । एकै घरकामध्ये वसन्त विक, निजकी श्रीमती, नातिनातिना...

नागरिकता भन्दा राहदानी लिने बढी

२०७२ साउन १४ गते १०:५८

मुस्ताङ, १४ साउन – हिमाली जिल्ला मुस्ताङमा नागरिकताको प्रमाणपत्रभन्दा राहदानी लिनेको संख्या बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विष्णु पोखरेलले गत आर्थिक वर्षमा ९ सय ३५ राहदानी र ७ सय २० वटा नेपाली नागरिकताको प्रमाणपत्र वितरण भएको जानकारी दिए ।...

धारिलो हतियार प्रहार गर्ने पक्राउ

२०७२ साउन १४ गते १०:४६

रुपन्देही, १४ साउन –छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यही साउन १० गते रुपन्देही मानमटेरिया–९ बस्ने ४५ वर्षीय वीरेन्द्र लोधलाई आफ्नो घरमा सुतिरहेको अवस्थामा राति धारिलो हतियार प्रयोग गरी फरार भएका रुपन्देही मानमटेरिया–९ बस्ने रामवली लोध,...

बाढीले १० मेघावाटको तल्लो मोदी–१ आयोजना डुबानमा

२०७२ साउन १४ गते ९:३४

पर्वत, १४ असार– वर्षातसँगै मोदी खोलामा आएको बाढीले पर्वतको तिलाहार गाविस–४  स्थित तल्लो मोदी–१ जलविद्युत आयोजनाको पावर हाउस डुबानमा परेको छ । पावर हाउस डुबानमा परेपछि बुधबार राति १ बजेदेखि विद्युत उत्पादन बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उक्त आयोजनाबाट १० मेघावाट...

श्रमदान गरेर स्थानीयवासीले बनाए हेलिप्याड

२०७२ साउन १४ गते ८:२५

गोरखा, १४ साउन – उत्तरी गोरखाको चुम्चेत गाविस–१ लोक्पा गाउँका भूकम्पपीडितले श्रमदान गरेर हेलिप्याड निर्माण गरेका छन् । भूकम्पपछि गोरेटो, घोरेटो बाटो पहिरोले अवरुद्ध भएपछि स्थानीयवासीले हेलिकोप्टरमार्फत राहत सामग्री गाउँसम्म ल्याउन हेलिप्याड निर्माण गरेको चुम्चेत गाविसका सहायक शेराप गुरुङले जानकारी दिए । तिब्बतसँग सिमाना जोडिएको...

बजेट नपाउँदा दलित छात्रावास भवन अलपत्र

२०७२ साउन १४ गते ८:२१

  वीरेन्द्रनगर, १४ साउन – सुर्खेतमा निमार्णाधीन अवस्थामा रहेको भवन अलपत्रमा परेको छ । करिब आधा दशकदेखि निर्माण सुरु गरिएको दलित छात्रवासको भवन बजेटकै कारण अलपत्रमा परेको हो । उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यका साथ निर्माण थालिएको भवनमा...

लुम्लेमा आएको भीषण पहिरोमा परेर १२ को मृत्यु, तीनको जीवितै उद्धार

२०७२ साउन १४ गते ८:१८

काठमाण्डु, १४ साउन कास्कीको लुम्लेमा गएराति गएको भीषण पहिरोमा पुरीएका १२ जनाको शव प्राप्त भएको छ भने तीन जनाकाृ जीवितै उद्धार गरिएको छ । पहिरोमा परेर २० घर पुरिएका छन् भने पोखरा बागलुङ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको घटनास्थलमा पुगेका अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष...

कास्कीको लुम्लेमा भिषण पहिरो, २० घर बगायो

२०७२ साउन १४ गते ६:००

पोखरा, १४ साउन- कास्कीको लुम्लेमा गएराति गएको भीषण जाँदा झण्डै २० घर पुरिएका छन् ।   वर्षातसँगै राति १ बजेर ५ मिटेनमा पहिरो गएको हो । स्थानीय श्रीप्रसाद देवकोटाका अनुसार छभाई टोलबाट खसेको पहिरो माझघर हुँदै पृथ्वी राजमार्गमा थुप्रिएको छ ।   पहिरोका कारण...

नदीले बगाएर श्रेष्ठ वेपत्ता

२०७२ साउन १३ गते १९:०७

झापा, १३ साउन– कनकाई नदीमा पौडी खेल्न गएका एक किशोर बुधबार दिउसोदेखि बगेर बेपत्ता भएका छन् ।   इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख नवीन घिमिरेले दिएको जानकारी अनुसार साथीसँग पौडी खेल्न गएका कनकाई नगरपालिका–६ चम्पापुरका १५ वर्षीय कर्णबहादुर श्रेष्ठ पर्यटकीयस्थल दोमुखा नजिकैबाट कनकाई नदीले...

पेस्तोल बोकेर हिड्नेलाई प्रहरीले च्याप्प

२०७२ साउन १३ गते १८:४८

गौशाला, १३ साउन– महोत्तरीको जलेश्वरस्थित मणिपाल कलेज हाताबाट पेस्तोल र दुई थान गोलीसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाम्हीमडै गाविस–२ का रामअनेक झा रहेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिए । उसको साथबाट २०० ग्राम लागुऔषध गाँजासमेत बरामद गरिएको बताइएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us