समाचार

शीर्ष नेता र संवैधानिक निकायका प्रमुखबीच छलफल

२०७२ साउन १३ गते १४:५९

काठमाण्डु, १३ साउन – प्रमुख चार दलका शीर्ष नेताले नयाँ बन्ने संविधानका बारेमा सुझाव लिन बुधबार संवैधानिक निकायका प्रमुखसँग बेग्लाबेग्लै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सबै संवैधानिक निकायका प्रमुखले आ–आफ्नो सरोकारका विषयमा प्रमुख दलका नेतालाई सुझाव दिनुका साथै छलफलसमेत भएको...

भूमिसम्बन्धी विधेयकमा नयाँ प्रावधान

२०७२ साउन १३ गते १४:४६

काठमाण्डु, १३ साउन – सरकारले व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा विभिन्न नयाँ प्रावधान थपिएको छ । ऐनलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने कुरा लामो समयदेखि उठेकामा यही साउन ९ गते भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले संशोधन गर्न बनेको विधेयक, २०७१...

वैदेशिक रोजगारले गर्दा सम्बन्ध-बिच्छेद गर्नेको संख्या दुई गुणाले बढ्यो !

२०७२ साउन १३ गते १४:३८

पर्सा, १३ साउन– वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ । मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्ध-बिच्छेद गर्ने क्रम बढ्दोछ । कम उमेरमा...

लिपुलेकका बारेमा मौन बस्न हुँदैनः भट्ट

२०७२ साउन १३ गते १४:३४

कञ्चनपुर, १३ साउन – एकीकृत नेकपा माओवादीका नेता लेखराज भट्टले लिपुलेकका बारेमा चुप लागेर नबस्ने बताएका छन् । सेती–महाकाली मुक्तिमोर्चाका अध्यक्ष समेत रहेका भट्टले लिपुलेकमाथि भारत र चीनको हस्तक्षेप भइरहँदासमेत सरकारले यसबारेमा कूटनीतिक पहल गर्न नसकेको आरोप लगाए । हरेक पार्टीभित्र शासकीय मानसिकताबाट गुज्रिरहेका...

बिखण्डनको धम्की दिन बन्द गर : नारायणकाजी

२०७२ साउन १३ गते १४:३२

काठमाण्डु, १३ साउन–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधानसभाभित्रै रहेका केही मधेसवादी नेताहरुले देश विखण्डनको धम्की दिएको भन्दै आफूहरुलाई त्यस्तो धम्की अमान्य भएको बताएका छन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै श्रेष्ठले लेखेका छन्, ‘केही समय यता संविधानसभाभित्रै रहेका केही मधेशवादी भन्ने नेताहरुले लगातार देश...

संविधानसभामा जनताको राय सुझावमा छलफल

२०७२ साउन १३ गते १४:२५

काठमाण्डु, १३ साउन – संविधानसभामा संविधानको विधेयकको पहिलो मस्यौदामा नेपाली नागरिकको राय सुझाव वा प्रतिक्रियासम्बन्धी प्रतिवेदन २०७२ मा छलफल सुरु भएको छ । यसअघि बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमीला राणाले सो प्रतिवेदनमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव गरेकी थिइन ।...

कोरियाद्वारा सोह्र करोडका उपकरण हस्तान्तरण

२०७२ साउन १३ गते १४:०२

काठमाण्डु, १३ साउन – गणतन्त्र कोरियाले भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोग हुने भारी रु १६ करोड बराबरका २४ वटा भारी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालका लागि कोरियाका राजदूत चो यङ जिनले गृह सचिव सूर्यप्रसाद सिलवाललाई ती उपकरण हस्तान्तरण गरेका...

भीमदत्तनगरमा अत्याधुनिक दमकल सेवा सुरु

२०७२ साउन १३ गते १३:५५

कञ्चनपुर, १३ साउन – कञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्याधुनिक सुविधासहितको दमकल सेवा सुरु गरेको छ । नगरपालिका कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ९० प्रतिशत र नगरपालिकाको जगेडा कोषबाट १० प्रतिशत रकम व्यहोर्ने गरी ६५ लाख रुपैयाँको लागतमा दमकल खरिद गरी सेवा सुरु गरेको हो...

मधेसी दलले गरे संविधानसभा बैठक बहिस्कार

२०७२ साउन १३ गते १३:५०

काठमाण्डु, १३ साउन – संविधासभाको बुधबारको बैठक पनि चार मधेसवादी दलले बहिष्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ मधेसवादी सभासद्ले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि संविधासभा अध्यक्ष सुवास नेम्वाङले सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए । सभासद् कर्णले संविधानसभामा १६ बुँदेदेखि...

ऐन लागु भएपनि छुवाछूतका मुद्दा मिलापत्रमै सीमित

२०७२ साउन १३ गते १३:४२

काठमाण्डु, १३ साउन – जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको चार वर्ष हुँदासमेत प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनको कार्यान्वनको अवस्थामा केन्द्रित भएर समता फाउन्डेसनले गरेको एक अध्ययनअनुसार ऐन आइसकेपछि छुवाछूतको मुद्दामा एक जनालाई पनि जेल सजाय भएको...

संविधानमा जनप्रतिनिधिको योग्यता निर्धारण– कति सम्भव ?

२०७२ साउन १३ गते १३:३७

काठमाण्डु, १३ साउन – के नयाँ संविधानमा त्यस्तो व्यवस्था होला ? जहाँ जनताले लोकतान्त्रिक प्रक्रियाबाट चुन्ने व्यक्तिलाई शैक्षिक योग्यताका नाममा उम्मेदवार हुने तहबाटै किनारा लगाइएको होस् । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा जनताले सुझाव दिने क्रममा जनप्रतिनिधिको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने विषय उठाइएपछि...

दिल्ली पुगे खनाल, देउवा जाँदै !

२०७२ साउन १३ गते १३:२९

काठमाण्डु, १३ साउन–एमालेका वरिष्ठ नेता झलनाथ खनाल बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी स्वास्थ्य उपचार गराउने भन्दै तीन दिनका लागि दिल्ली पुगेको बताइएको छ । दूतावासका अधिकारीले दिएको जानकारी अनुसार उनी मेदान्त अस्पतालमा आफ्नो नियमित स्वास्थय परीक्षणका लागि आएको र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us