समाचार

देउवा चार बजे दिल्ली उड्दै

२०७२ साउन १३ गते ८:३४

काठमाण्डु, १३ साउन– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बुधबार दिउँसो चार बजे नयाँदिल्ली प्रस्थान गर्दैछन् । भारतको विदेश मन्त्रालयको निमन्त्रणमा पूर्वप्रधानमन्त्री देउवा दिल्ली जान लागेका हुन् । दिल्लीमा देउवाले राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुश्मा स्वराजलगायतसँग भेट्ने कार्यक्रम तय भएको छ ।  चारदलबीच...

इलामबाट एक वर्षमा बाह्र हजार युवा विदेसिए

२०७२ साउन १३ गते ८:३३

  इलाम, १३ साउन – इलामबाट वैदेशिक रोजगारीको सिलसिलामा गत आर्थिक वर्षमा १२ हजार २७ जना युवा विदेसिएका छन् ।  जिल्ला प्रशासन कार्यालयबाट आव २०७१÷७२ मा १२ हजार २७ जनाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएका छन् । तीमध्ये आठ हजार १८ ले जिल्लाबाट र...

झापाका विपन्न दलितलाई सोलार वितरण

२०७२ साउन १३ गते ८:२८

  दमक, १३ साउन – झापाको शिवसतासी नगर क्षेत्रभित्र रहेका आर्थिक अवस्था कमजोर दलित समुदायका ५४ घरपरिवारलाई सोलार बत्ती वितरण गरिएको छ । दलित सशक्तीकरण उपभोक्ता समिति शिवसतासीले हिजो दुधेमा औपचारिक कार्यक्रम गरी ती सोलार वितरण गरेको हो । नगरभित्रका प्रत्येक वडाबाट ६ जना...

सुझाव प्रतिवेदन सम्वाद समितिमा पठाइँदै

२०७२ साउन १३ गते ८:२४

काठमाण्डु, १३ साउन  –संविधानको मस्यौदामा जनताले बुझाएको सुझाव प्रतिवेदन बुधबार संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पठाइँदै  छ । सुझाव समितिले अध्ययन नै नगरी सुझाव संविधानभामा बुझाएको चर्चा भइरहेको बेला सुझाव प्रतिवेदन सम्वाद समितिमा छलफलका लागि जाँदैछ । सम्वाद समितिमा करिब चार...

बेवारिसे शव व्यवस्थापन गर्न भरतपुर अस्पताललाई समस्या

२०७२ साउन १३ गते ८:१८

चितवन, १३ साउन – जिल्लाको सदरमुकाममा रहेको भरतपुर अस्पतालमा थुप्रिएका शव व्यवस्थापन गर्न जटिल बन्दै गएको छ । विभिन्न ठाउँमा हुने दुर्घटना र नदीले बगाएर ल्याउने बेवारिसे शवका कारण अस्पतालमा रहेको शव गृह भरिँदा अस्पताल दुर्गन्धित बनेको छ । स्थायी ठाउँ नहुँदा शव व्यवस्थापन भरतपुर...

अमेरिकी राजदूतले भेटे प्रधानसेनापति

२०७२ साउन १२ गते २०:२५

काठमाण्डु, १२ साउन-प्रधानसेनापति गौरवशम्शेर जबरासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेट गरेका छन् ।   भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।...

विषालु च्याउ खाँदा २३ वर्षीय धामीको मृत्यु

२०७२ साउन १२ गते २०:१९

भीमदत्तनगर, १२ साउन-विषालु च्याउ खाँदा दार्चुलाको हुती गाविस–५ खातीगाउँका २३ वर्षीय धनसिंह धामीको मंगलबार मृत्यु भएको छ । गत बिहीबार आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका धामीको मंगलबार उपचारका क्रममा भारतको हल्दवानीस्थित एक अस्पतालमा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । उनीसँगै विषालु...

नवलपरासीमा अवरुद्ध राजमार्ग २३ घण्टापछि एकतर्फी सञ्चालनमा

२०७२ साउन १२ गते १९:१०

कावासोती, १२ साउन– डाइभर्सन निर्माणपछि २३ घन्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग मंगलबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलबाट आएको प्राविधिकसहितको टोलीले दक्षिणतर्फबाट वैकल्पिक बाटो निर्माण गरेपछि राजमार्ग पुनःसञ्चालनमा आएको हो । सोमबार साँझ नवपरासीको गैंडाकोट–९ स्थित जयश्री पुल भाँच्चिदा...

सेनालाई लोडर हस्तान्तरण

२०७२ साउन १२ गते १८:५२

काठमाण्डु, १२ साउन – नेपाली सेनालाई शुभ पद्मश्री इन्टरप्राइजेज प्रालिले निर्माणका काममा प्रयोग हुने दुई बबक्याट स्किड स्टिर लोडर उपलब्ध गराएको छ । सैनिक मुख्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति गौरवशम्शेर राणालाई प्रालिका कार्यकारी निर्देशक रोहिणी थपलियाले दुवै लोडरको साँचो हस्तान्तरण गरे । अमेरिकी उत्पादनका...

बोक्सी आरोप कसुर र सजाय विधेयक पारित

२०७२ साउन १२ गते १८:४३

काठमाण्डु, १२ साउन– व्यवस्थापिका संसदले बोक्सीको आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पारित गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले छलफलका लागि सदनमा पेश गरेको प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित भएको हो । धेयकमाथिको छलफलमा भाग लिँदै सभासदहरुले मुलुकको सामाजिक...

भ्रष्टचारीमाथि कार्वाही गर्न सरकार चूकेको सभासदहरुको आरोप

२०७२ साउन १२ गते १८:३०

काठमाण्डु, १२ साउन-व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको शून्य समयमा अधिकांश सांसद्ले बजेट विनियोजन समानुपातिक नभएको, भ्रष्टाचारीमाथिको कारबाहीमा सरकार चुकेको, पुनःनिर्माण प्राधिकरण गठनमा राजनीतिक खिचलो बढ्दै गएको टिप्पणी गरे ।   शून्य समयमा सभासद् अञ्जली श्रेष्ठ, अनन्तप्रसाद पौडेल, अनिता देवकोटा, धनबहादुर थापा, देवराज भार, अम्बिका खवास, कल्पना...

पेप्सी र स्लाइसको शिलबन्दी बोतलभित्र कमिला भेटियो, दुईजना बेहोस (तस्बिरसहित)

२०७२ साउन १२ गते १८:२४

सिरहा, १२ साउन– पेप्सी कम्पनीको पेय पदार्थ पेप्सी र स्लाइसमा लेदो र किरा फेला परेको छ । किरा भएको पेप्सी खाँदा सिरहाको गोलबजारमा दुई जना बिरामी परेका छन् । बिरामीहरु स्थानीय श्रीराम हस्पीटलमा उपचारपछि घर फर्केका छन् । गत सोमबार वेलुका गोलबजार–६ स्थित जयसवाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us