काठमाण्डु, १२ साउन– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दिगो शान्ति, स्थायी सरकार, राजनीतिक स्थायित्व तथा आर्थिक समृद्धिको लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुखको आवश्यक रहेको बताउका छन् । मंगलबार ‘फोरम अफ फोरमेर इन्टरनेसनल प्रोफेसनल मल्टिलाट्रल अर्गनाइजेसनको फिप्मोको ज्ञापनपत्र बुझ्दै नेता भट्टराईले मुलुकलाई नयाँ...
काठमाण्डु, १२ साउन– संंविधानको मस्यौदामा आर्थिक समृद्धिका एजेण्डा नभएको भन्दै सरोकारवालाले मस्यौदाको चर्को आलोचना गरेका छन् । मिडिया इन्टरनेसनलले मंगलबार काठमाण्डुमा आयोजना गरेको ‘संविधानको मस्यौदा र अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधानको मस्यौदा आर्थिक उन्नतीतिर केन्द्रीत नभएको बताए । कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले संविधानको...
काठमाण्डु, १२ साउन–एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत ‘संविधान निर्माणलाई निष्कर्षमा पु¥याउने सम्बन्धमा विशेष प्रस्ताव’ मा जनताबाट प्राप्त सुझावसमेतका आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नयाँ संविधानमा राख्न अधिकतम प्रयत्न गरिने उल्लेख गरेका छन् । “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको...
कावासोती, १२ साउन-पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास–५ दाउन्नेमा मंगलबार दिउँसो दुई बस एकआपसमा जुध्दा १५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ५९०० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६९३ नम्बरको बस एकआपसमा जुध्दा बसमा सवार १५ जना घाइते भएका हुन्...
काठमाण्डु, १२ साउन-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट आएको सुझावलाई गम्भीरतापूर्वक लिई त्यसलाई सम्बोधन गर्ने प्रक्रिया सुरु भइसकेको बताएका छन् । नेपाल कानुन समाज र इन्टरनेसनल आइडियाद्वारा मंगलबार आयोजित मस्यौदा संविधानको प्रमुख विशेषता र नागरिक सुझाव विषयक कार्यक्रममा उनले मस्यौदामा जनताको...
काठमाण्डु, १२ साउन-प्रमुख चार राजनीतिक दलले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएको सुझावलाई आधार मानेर धर्मको विषयमा नयाँ सहमति र नागरिकताको अस्पष्टतालाई स्पष्ट पार्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलका शीर्ष नेताको बैठकले जनताबाट प्राप्त सुझावका आधारमा धर्मको विषयमा नयाँ...
धनगढी, १२ साउन-कैलाली जिल्लाको धनगढी–हसुलिया राजमार्गमा भाडादरको विषयलाई लिएर यातायात व्यवसायी र स्थानीयवासीबीच झन्डै १० दिनदेखि उत्पन्न विवादसँगै अवरुद्ध पारिएको यातायात सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ । सोमबार भएको सर्वपक्षीय बैठकमा धनगढीदेखि हसुलियासम्मको मार्गमा प्रतियात्रु लिने गरिएको भाडादर घटाउने सहमति भएपछि मंगलबारदेखि यातायात...
बैतडी, १२ साउन – बैतडीमा चितुवाको आक्रमणबाट एक बालिका गम्भीर घाइते भएकी छन् । सोमबार साँझ बैतडीको दक्षिण पश्चिम दुर्गम तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–७ रथडी गाउँका ज्ञानसिंह महताकी १५ वर्षीया छोरी कमला महता गम्भीर घाइते भएकी छन् । घरनजिकै घाँस काटिरहेका बेला चितुवाले...
काठमाण्डु, १२ साउन – परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले मंगलबार मालेमा माल्दिभ्सका वैदेशिक मामिला मन्त्री डुन्या मौमुनसँग शिस्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा उनीहरुबीच साझा चासोका विविध विषयमा छलफल भएको थियो । माल्दिभ्सले स्वतन्त्रताको ५० औँ वर्षगाँठ मनाएकामा माल्दिभ्सका सरकार र जनतालाई बधाई ज्ञापन...
नवलपरासी, १२ साउन – यहाँको खोलाबाट ठेकेदारले मौजाद सामाग्री भन्दै खोलाजन्य सामग्री निकासी गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् । तिलकपुर गाविसमा रहेको भलुही खोलाको ढुंगा, गिट्टी, बालुवा निकासी गर्न युएस इन्टर प्राइजेज एन्ड सप्लायर्सले जिल्ला विकास समितिबाट ठेक्का लिएको थियो । ठेक्का अवधि सकिएपछि...
काठमाण्डु, १२ साउन– नेत्र विक्रम चन्द निकट अखिल क्रान्तिकारीले शिक्षा विभाग उच्च माध्यमिक शिक्षा परिषद् र परिषद्का क्षेत्रीय कार्यालयका साथै जिल्ला शिक्षा कार्यालयमा ताला लगाएको छ । क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले मंगलबार एक एक बिज्ञप्ति जारी गरी विभिन्न मागहरु राखेर ताला बन्दी गरिएको बताएक...
पाल्पा, १२ साउन – वर्षाको अभावका कारण रोपेका धान सुक्न थालेका छन् । समयमै पर्याप्त वर्षा नभएपछि तथा सिँचाइको सुविधा नभएकै कारण रोपेको धान अहिले सुकेर पराल भएको हो । असारको अन्तिममा आएको भलपानी छोपेर रोपाइँ गरेका किसान हरियो बीउ सुकेर पराल भएपछि चिन्तित...