काठमाण्डु, ११ साउन– सोमबार साँझ ६ बजेर २३ मिनेट जाँदा भूकम्पको पराकम्पन गएको छ । नुवाकोट केन्द्र भएको ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...
काठमाण्डु, ११ साउन– नेकपा एमालेका नेता माधव कुमार नेपाल वीर अस्पताल भर्ना भएका छन् । उनलाई अहिले आइसीयुमा राखेर उपचार भइरहेको छ । संसद बैठकमा सहभागि हुन आएका नेपाललाई एक्कासी रिङ्गटा लागेर ढल्न लागेका थिए । नेपाललाई ब्लड प्रेसर हाइ भएका कारण रिङ्गटा लागेको...
भक्तपुर, ११ साउन- भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले हिन्दूहरूको बाहुल्य रहेको नेपालमा हिन्दू राज्य स्थापना हुनुपर्ने बताएका छन् । भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सोमबारदेखि आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री निधिले भने, ‘तपाइँहरू धैर्य गर्नुस्,...
भीमदत्तनगर, ११ साउन-यार्सागुम्बा सङ्कलन गर्न बझाङको उच्च हिमाली भेग काँडा गाविसको राइढुङ्गी लेक पुगेका एक स्थानीय युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारीअनुसार काँडा गाविस–३ का २८ वर्षीय धर्म बोहरा गत शनिबार सोही क्षेत्रमा मृत अवस्थामा फेला...
नेपालगन्ज, ११ साउन-बाँकेको कोहलपुर–चिसापानी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय मोहन रावलको घटनास्थलमै मृत्यु भएको हो । तीन...
लहान, ११ साउन-जिल्ला वन कार्यालय सिरहाले आव २०७१/७२ मा वनजङ्गलबाट अवैध रुपमा काठ तथा वनजन्य वस्तुहरुको तस्करी गर्ने ४५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । आ।व। २०७१/७२ को साउनदेखि असारसम्ममा जिल्लास्थित विभिन्न वनजङ्गलबाट अवैध रुपमा चोरी निकासी गरिरहेको काठ तथा वनजन्य वस्तुसहित...
काठमाण्डु, ११ साउन-नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् । बाँकी ९१ एफएम रेडियोहरू विविध कारणले सञ्चालनमा...
काठमाण्डु, ११ साउन– संविधामनसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभाको बैठक मंगलबार साँझ पाँच बजेका लागि बोलाएका छन् । अध्यक्ष नेम्बाङले सभामुखको हैसियतमा सोमबार बसेको संसद बैठकमा संविधानसभा बैठकबारे जानकारी गराएका हुन् । नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गरेर नागरिक सम्बन्ध तथा संविधान सुझाव...
काठमाण्डु, ११ साउन– नेपाली कांग्रेसका सभासद देवकरणप्रसाद कलवारले नवलपरासीमा गत बुधबार बालकलाई बलि दिन उक्साउने व्यक्ति खुलेआम हिडिरहेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको सोमबारको संसद्को बैठक सुरु भएलगत्तै समय लिएर सभासद कलवारले नवलपरासीका प्रहरी उपरिक्षकलाई घटनाका दोषीलाई पक्राउ गर्न आग्रह गरेपनि सुनुवाई नभएको...
गौशाला, ११ साउन- कीर्ते मुद्दाका एक फरार अभियुक्तलाई महोत्तरी प्रहरीले सात वर्षपछि सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–६ बस्ने चन्देश्वर साह सुडी रहेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए । वि।सं २०६५ जेठ ११ गते महोत्तरी जिल्ला अदालतबाट कीर्ते...
काठमाण्डु, ११ साउन– एकीकृत नेकपा माओवादीका सभासद रामनारायण विडारीले संसदका कामकारवाहीका बारेमा जानकारी गराउने नियमावलीको व्यवस्था विपरीत बैठक सूचारु गरेको भन्दै नियमापत्ति गरेका छन् । संसदको सोमाबारको बैठकमा कार्यसूची वितरण नगरी बैठक शुरु गरेको भन्दै नियमापत्ति गरेका हुन् । उनले विशेष अवस्थामा नियम ८९...
काठमाण्डु, ११ साउन-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट आएका राय सुझावभन्दा बाहिर संविधानसभा नजाने बताएका छन् । विभिन्न मागसहितको राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै सोमबार उनले जनताले मस्यौदामाथि दिएका सुझावलाई संविधानसभाले गम्भीरतापूर्वक लिने बताए । सभाअध्यक्ष नेम्वाङले नेपाल सबै...