काठमाण्डु, ११ साउन– अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय अगाडि पत्रकारमाथि कुटपिट भएको छ । फोटो पत्रकार संदिप योगीलाई फोटो खिचेको भन्दै अख्तियारका कर्मचारी र प्रहरीले कुटपिट गरेका हुन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको गाडीले अख्तियार गेट अगाडि ट्राफिक जाम गरेको बेला पत्रकार योगिले...
लहान, ११ साउन-लामो समयदेखि सिरहामा वर्षा नभएका कारण रोपाइँ भएको धानबालीमा डढेलो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । समयमा पर्याप्त वर्षा नभएको र सिँचाइको समेत उचित व्यवस्था नभएका कारण वैकल्पिक सिँचाइको प्रयोग गरी रोपाइँ गरेका धानको बालीमा समेत वर्षाको आभावमा डढेलो लाग्न...
धनगढी, ११ साउन-धनगढी विमानस्थलको स्तरोन्नति गर्ने उद्देश्यले सुरु गरिएको जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ । स्तरोन्नतिका लागि विमानस्थलको पूर्वतर्फको १४ कट्ठा १५ धुर जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजेन्द्रसिं नायकले बताए । अधिग्रहण गर्दा मुअब्जाबापत दिनुपर्ने...
काठमाण्डु, ११ साउन– आइतबार मुटुमा समस्या देखिएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले बताएको छ । नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार गराइरहेका पारसको मुटुको गति गडबड भएपछि चिकित्सकहरुले शल्यक्रिया गरेर उनलाई मुटुको गति नियमित गर्ने मेसिन जडान गरिदिएका थिए...
ललितपुर, ११ साउन-लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथको रथ जात्रा पुनः एक महिनाका लागि स्थगित हुने भएको छ । भूकम्प र असार महिनाको मलमासका कारण तीन महिनादेखि रोकिएको रातो मछिन्द्रनाथको रथ जात्रा पुनःसञ्चालनको प्रयास भइरहँदा आगामी १६ गतेदेखि भदौ २३ गतेसम्म शुक्रअस्त परेकाले पुनः...
कालीकोट, ११ साउन-जिल्लामा आमाको नामबाट नागरिकता लिन आए पनि नदिएका कारण आव २०७१/७२ मा एक जनाले पनि नागरिकता नलिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटमा अहिलेसम्म वंशजका आधारमा नागरिकता दिइने गरेको भएपनि बाबुको नामबाट मात्र नागरिकता प्रदान गरिएको तर आमाको नामबाट भने...
काठमाण्डु, ११ साउन-संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमले नेपालका भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपीडितलाई खाद्यान्न सामग्री वितरणका साथसाथै ५० वटा अस्थायी स्वास्थ्य सेवा केन्द्र निर्माण गर्ने भएको छ । भूकम्पले मुलुकका ९०० भन्दा बढी अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र आंशिक वा पूर्णरूपले क्षतिग्रस्त भएका...
काठमाण्डु, ११ साउन– पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा विना अवरोध सुधार भएमा उनी थप तीन दिनमा अस्पतालबाट घर फर्कने भएका छन् । नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार गराइरहेका पारसको मुटुको गति गडबड भएपछि चिकित्सकहरुले शल्यक्रिया गरेर उनलाई मुटुको गति नियमित गर्ने मेसिन जडान गरिदिएका छन् ।...
काठमाण्डु, ११ साउन-प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगले गएको छ महिनामा सम्पादन गरेका प्रमुख कार्यसहितको प्रतिवेदन सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री कोइरालाले लोकतन्त्रको छातामुनि सबै आइसकेकाले लोकतान्त्रिक मूल्य...
बनेपा, ११ साउन-राजु लामा फाउन्डेसनले काभ्रेपलाञ्चोकमा रहेका भूकम्प प्रभावित विभिन्न सातवटा विद्यालयमा स्टेसनरी सामग्री वितरण गरेको छ । गायक लामाद्वारा स्थापित उक्त फाउन्डेसनले जिल्लाको रोशी उच्चमाध्यमिक विद्यालय, कानपुर उच्चमाध्यमिक विद्यालय, गौतमनाथ प्राथमिक विद्यालय, कालीजङ्ग प्रावि, खडादेवी प्रावि, अमरनाथ प्रावि र भगवति प्राविमा करिब एक...
दाङ, ११ साउन– बिहीबार हत्यागरी फालिएकी देवकिको सोमबार टाउको फेला परेको छ । हत्याको अभियोगमा पक्राउ परेका सोही ठाउँका रमेश विकको बयानका आधारमा पाँच दिनपछि देवकिको टाउको फेला परेको हो । उनको टाउको हत्या भएको करिब ७०० मिटर पुर्वतर्फ रहेको मकैबारीमा गाडिएको अबस्थामो फेला...
एजेन्सी– मानिस एकै पटक मोटायो वा महिलाहरु गर्भवती हुँदा पेट, छाती, तीघ्राको छालामा यस्ता धर्साहरु देखा पर्छन् । यसलाई खास नौलो मानिदैन । एक पटक बसिसकेका धर्सा हटाउन त्यति सजिलो छैन । तर असम्भव पनि छैन । शरीरमा बसेका धर्सा हटाउने केही प्राकृतिक उपायहरु छन्...