काठमाण्डु, ११ साउन-नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले श्रमिकका हकहितलाई नयाँ संविधानमा समेट्न अधिकतम प्रयास गरिने बताएका छन् । पेशागत महासङ्घ, नेपालद्वारा सोमबार आयोजित ‘नयाँ संविधानमा श्रमिकका सवाल’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले नेपालका विभिन्न राजनीतिक आन्दोलनमा सेवा तथा पेशामा आवद्ध...
कञ्चनपुर, ११ साउन-जग्गाधनी प्रमाणपत्र पाएर पनि लामो समयसम्म जग्गा पाउन नसकेका कञ्चनपुरका १६२ मुक्त कमैया परिवारमध्ये १५० परिवारलाई पुनःस्थापना गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडिया र परासन गाविसमा मुक्त कमैयाका लागि कित्ताकाट गरिएको जग्गामा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरी मुक्त कमैयालाई...
बर्दिया, ११ साउन-बर्सेनि हुने डुबान र कटानबाट राजापुर यस वर्षदेखि जोगिने भएको छ । बर्दियाको नगरपालिका– १ र ५ गाविसअन्तर्गत पर्ने राजापुर क्षेत्रका करिब दुई लाख ५० हजार जनता बर्सेनि कर्णाली नदीको कटान र डुबान झेल्दै आएका थिए । तर यस वर्षदेखि कर्णाली...
मुस्ताङ, ११ साउन-उपल्लो मुस्ताङमा करिब ४०० अवैध चिनियाँ मोटरसाइकल सञ्चालन भइरहेको छ । सरकारी निगरानी नहुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ र घमी गाविसमा वर्षौंदेखि त्यस्ता मोटरसाइकल सञ्चालनमा रहेको पाइएको हो । सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय सदरमुकाम केन्द्रित हुँदा कोरला...
खोटाङ, ११ साउन – जिल्लामा बिक्री गरिएको रासायनिक मलमा ठेकेदारले कृषकमाथि ठगी गरेको पाइएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा बिक्री गरिएको रासायनिक मल युरियामा प्रतिबोरा १ सय ६२ रुपैयाँका दरले कृषकलाई ठगी गरेको पाइएको हो । सरकारी दररेटअनुसार प्रतिबोरा ९ सय ३८ रुपैयाँमा पाइने...
गोरखा, ११ साउन – गाउँमाथिको पहाडको ढिस्को खसेर पुरिंदा उत्तरी गोरखाको उहिया गाविस– ९ का थल्सी गुरुङको मृत्यु भएको छ । आइतबार घरबाट गोठ जाने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । गाई गोठमा जाँदै गर्दा नरवा भिरबाट झरेको पहिरोमा...
झापा, ११ साउन – काँकडभिट्टामा सोमबारदेखि रेडियो लोकतन्त्रको परीक्षण प्रसारण सुरु भएको छ । ‘रेडियो लोकतन्त्र’ १०५ मेगा हर्जमा ट्युन गरी सुन्न सकिने छ । सोमबार बिहान ९ देखि १२ बजेसम्म पहिलो दिनको परीक्षण प्रसारण हुने ‘रेडियो लोकतन्त्र’का प्रबन्ध निर्देशक सन्तोष आचार्यले जानकारी दिए...
बागलुङ, ११ साउन – जिल्लामा सार्वजनिक अपराधका मुद्दा बढेका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका २ सय ४० मुद्दामध्ये ७९ सार्वजनिक अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सार्वजनिक मुद्दाको संख्या १६ ले...
झापा, ११ साउन – आइतबार राती झापाको राजगढमा एक व्यक्तिको ट्र्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा टाघनडुब्बा–४ निवासी ३५ वर्षीय आलम शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजगढ–३ निवासी समिर मियाको खेत जोत्ने क्रममा मे १त २६२९ नम्बरको ट्र्याक्टर पल्टिँदा...
काठमाण्डु, ११ साउन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकतम सहमतिमा संविधान जारी हुने बताएका छन् । सोमबार आफ्नै निवास लाजिम्पाटमा रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव आइसकेकाले सबैको चित्त बुझ्दो संविधान आउने बताए । उनले...
काठमाण्डु, ११ साउन– रक्तचापमा उतारचढाव भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहले दुई दिन अस्पतालको सिसियु कक्षमा बस्नु पर्ने भएको छ । नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज शाहको मुटुको चाप नियुमित गर्ने यन्त्र पेस मेकर आइतबार शल्यक्रिया गरि जडान गरिएको थियो । उनलाई...
काठमाण्डु, ११ साउन– जनताबाट लिइएको सुझाव समेटेर नागरिक सम्बन्ध तथा सुझाव समितिले ८३ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ । समितिको सोमबार बिहान बसेको बैठकले २४० वटै निर्वाचन क्षेत्रबाट संकलन गरिएको सुझावलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका एक सदस्यले जानकारी दिए । जनताको सुझाव...