काठमाण्डु, १०, साउन– गृहमन्त्री बामदेब गौतमले ७५ जिल्लामा संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव लिने क्रममा ४१ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि २२ जिल्लामा शान्तिपूर्वक विराध प्रर्दशन भएको र १२ जिल्लामा अवरोध र अनपेक्षित घटना भएको बताएका छन् । आइतबारको व्यवस्थापिका संसदको बैठकमा गृहमन्त्री गौतमले मकवानपुरको...
काठमाण्डु, १० साउन– स्वामी कमलनयनाचार्यले नयाँ संविधानमा हिन्दु राष्ट्र नभए काठमाण्डु ठप्प पार्ने चेतावनी दिएका छन् । विश्व हिन्दु महासंघले आइतबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हिन्दु राष्ट्र नभए तरवार उठाउने बताए । उनले भने, ‘नेताहरु प्रधानमन्त्री, मन्त्री हुन म कहाँ आउँछन् ।...
सिरहा, १० साउन– छिमेकीको हत्या गरी फरार रहेको आरोपमा सिरहा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बच्चेलाल सरदारलाई पक्राउ गरेको छ । सिरहाको विष्णुपुरकट्टी–७ स्थित सर्रे खोलामा सप्तरी परसवनी–३ निवासी ३८ वर्षीय मुसुकलाल सरदारको हत्या गरी फरार रहेको आरोपमा...
काठमाण्डु, १० साउन– पूर्वयुवराज पारस साह मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पहिले देखिनै मुटुका बिरामी पारसलाई एक्कासी मुटुमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले बताएको छ । केही वर्षअघि मुटुकै समस्याका कारण नर्भिक भर्ना भएका पारसलाई थप उपचारका लागि...
दिपक बोहरा दाङ, १० साउन–प्रहरीले एक महिलाको हत्या गरी शररिको भित्री अंग गायव बनाएको आरोपमा एक जनालाई हतियारसहित पक्राउ गरेको छ । घोराही ४ चौघेराको श्रीकृष्ण टोलमा ५६ वर्षीया देवकी विकको हत्याको अभियोगमा प्हरीले आईतबार सतबरीयाको कप्तानगंजबाट घोराही ४ चौघेरा श्रीकृष्ण टोलका ३७ वर्षीय...
काठमाण्डु, १० साउन– एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालले राजधानीमा आयोजना गरेको वृहत सभालाई सम्बोधन गर्दै उनले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने चेतावनी दिए । ‘नयाँ संविधान,...
कलैया, १० साउन– जिल्ला प्रहरी कार्यालयले पूर्वसभासद् शिवचन्द्र कुसवाहालाई सार्वजनिक अपराधमा हिरासतमा लिई थप अनुसन्धानका लागि आइतबार जिल्ला प्रशासन कार्यालयबाट १५ दिन म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही साउन ३ गते जग्गा सम्बन्धमा वरियारपुर गाउँमा दुवै पक्षबीच झैँझगडा, मारपिट, तोडफोड...
काठमाण्डु, १० साउन– संविधानको प्रारम्भिक मस्यौदामाथि स्वेदश तथा विदेशबाट धेरै सुझाव आएका छन् । संविधानसभाले सबै निर्वाचन क्षेत्रमा सभासदहरु पठाएर जनताको सुझाव संकलन गरेको थियो । त्यसैगरी संविधानसभा सचिवालयमा वेवसाइट, इमेल, फ्याक्स र टेलिफोनमार्फत् पनि धेरै सुझाव आएका थिए । तर संसद सचिवालयले इमेलमार्फत...
धादिङ, १० साउन-भूकम्पमा परी आफन्त गुमाएका १२२ जना बालबालिकाका लागि युनिसेफले सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । जिल्ला बाल संरक्षण अधिकृत हरिप्रसाद उप्रेतीका अनुसार भूकम्पमा आमाबाबु गुमाएका १२२ जना पीडित बालबालिकामध्ये बाबु गुमाएका ३५ जनामा १५ जना...
काठमाण्डु, १० साउन-नेपालमा प्राकृतिक र जल उत्पन्न विपद् हरेक वर्ष बढ्दै गएको तथ्यलाई ध्यानमा राखेर व्यावहारिक नीति बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिको आइतबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अनावृष्टि तथा खण्डवृष्टिका कारण जल उत्पन्न प्रकोपको मात्रा बढेकाले...
कञ्चनपुर, १० साउन– लाइसेन्स बनाईदिने भन्दै सेवाग्रहीबाट घुस लिंदा लिंदै महाकाली अञ्चल यातायात कार्यालयका कर्मचारी पक्राउ परेका छन् । अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कार्यालय सहयोगी भीम भट्ट सेवाग्रहीबाट लिएको घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् । कार्यालय सहयोगी भट्टलाई आइतबार बिहान ११ बजे...
काठमाण्डु, १० साउन – सडक दुर्घटनामा परी आइतबार एक स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी काठमाण्डु, महानगरपालिका–१६ कालिधाराका १८ वर्षीय ईभान अमात्यको मृत्यु भएको हो । ललितपुरको पुल्चोकबाट ज्ञानोदयमोडतर्फ जाँदै गरेको बा ५६ प ९५९ नम्बरको स्कुटरलाई ज्ञानोदय स्कुलको बा १ ख...