समाचार

अमरेशलाई कारवाही गर्न सत्ता पक्षका सभासदको माग

२०७२ साउन १२ गते १७:३१

काठमाण्डु, १२ साउन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद अमरेशकुमार सिंहले देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै सभासदहरुले कारवाही गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सत्ता पक्षकै सभासदहरुले जनप्रतितनिधिले नै देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गरेका हुन् । एमाले...

तीन महिनामा तीन सय बैसठ्ठी परकम्प

२०७२ साउन १२ गते १७:३१

काठमाण्डु, १२ साउन-मंगलबार बिहान ९ बजेर २१ मिनेट जाँदा परकम्प महसुस गरिएको छ ।   सिुन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि मंगलबारसम्म ४...

पत्रकार केसीलाई प्रेस काउन्सिलको सम्मान

२०७२ साउन १२ गते १७:२०

काठमाण्डु, १२ साउन-न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष वरिष्ठ पत्रकार पोषण केसीलाई नेपाल प्रेस काउन्सिलले सम्मान गरेको छ ।   काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले मंगलबार आयोजित कार्यक्रममा सम्मान गर्दै श्रमजीवी पत्रकारलाई दिगो, टिकाउ र देशप्रति समर्पित बनाउन पेसागत सुरक्षाको अभाव खड्केको बताए ।  ...

स्वस्थ भए पारस, बुधबार डिस्जार्च हुँदै

२०७२ साउन १२ गते १७:०८

काठमाण्डु, १२ साउन– नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह बुधबार डिस्चार्ज हुने भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि पारसलाई डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ । मुटुमा एक्कासि समस्या भएपछि पारस आइतबार अस्पताल भर्ना भएका थिए । सल्यक्रियापछि उनको छातीमा पेसमेकर जडान गरिएको...

इटहरीमा नौं सेल अश्रुग्यास प्रहार, प्रहरीसहित १६ जना घाइते

२०७२ साउन १२ गते १७:०१

इटहरी, १२ साउन– संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने र धर्म निरपेक्ष शब्द हटाइनुपर्ने माग गर्दै इटहरीमा मंगलबार भएको प्रर्दशनमा झडप भएको छ । झडपपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले नौं सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी दुई प्रहरीसहित १४ जना घाइते भएका...

पिछडिएको वर्गलाई समान होइन विशेष अधिकार : शर्मा

२०७२ साउन १२ गते १६:४६

काठमाण्डु, १२ साउन– व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिमा सभापति एवं एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले पिछडिएका वर्गलाई नयाँ बन्ने संविधानमा समान अधिकार नभई विशेष अधिकारको व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘नयाँ संविधानमा मुक्त हलिया, कमैया र कम्लारीहरुका सवाल समावेश’सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले पछाडि...

मस्यौदाकै पुनः लेखन गरिनुपर्ने यादवको माग

२०७२ साउन १२ गते १६:४२

झापा, १२ साउन– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैले अपनत्व ग्रहण गर्नसक्ने संविधान निर्माणका लागि मस्यौदाको पुनःलेखन गर्नुपर्ने बताएका छन् ।   मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकारसम्मेलनमा उनले अहिलेकै मस्यौदालाई संविधानका रुपमा जारी गरिए आफूहरुलाई त्यो मान्य नहुने धारणा राखिन् । अध्यक्ष...

सडकबाटै संविधान जारी गर्ने क्षेत्री समाजको चेतावनी

२०७२ साउन १२ गते १६:३३

काठमाण्डु, १२ साउन– क्षेत्री समाज नेपाल र संयुक्त खस क्षेत्री नेपालले १४ बुँदे माग अघि सार्दै आफूहरुको माग तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई सस्थाले मंगलबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरेर आफूहरुले उठाएको माग सम्बोधन गराउन पटक–पटक आग्रह...

कोइरालाले भने, ‘संविधानमा धर्मनिरपेक्षता शब्द हटाउनुपर्छ ’

२०७२ साउन १२ गते १६:३२

पोखरा, १२ साउन-नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद्  शशाङ्क कोइरालाले नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षताको शब्द हट्नुपर्ने बताएका छन् ।   नेपाली काँग्रेस पोखरा नगर समितिले नेपाली काँग्रेसका योद्धाहरुको सम्मान र १३ औँ महाधिवेशनको सन्दर्भमा प्रकाशित सङ्कल्प पत्रिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा धर्मनिरपेक्षतालाई...

काकीले मुसा मार्ने विष खुवाएका बालक कान्ति बाल अस्पतालमा मृत्युसँग जुध्दै !

२०७२ साउन १२ गते १६:२२

खोटाङ, १२ साउन-भतिजालाई विष खुवाउने खोटाङकी एक महिला पक्राउ परेकी छन् । जेठाजुका चार वर्षीय छोरा युशन भट्टराईलाई विष खुवाउने दोर्पाचिउरीडाँडा–७ की २२ वर्षीया विमला भट्टराई पक्राउ परेकी हुन् ।   घरमा जेठाजुसँग विवाद भएपछि सँगै विद्यालय गएका भतिजालाई मुसा मार्ने विष खुवाउने विमलालाई...

सूचनाको हक र सुशासनसम्बन्धी पाठ्यक्रम तयार

२०७२ साउन १२ गते १५:५५

काठमाण्डु, १२ साउन – पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ देखि १० सम्मको ऐच्छिक विषयमा सूचनाको हक र सुशासनसम्बन्धी पाठ्यक्रम तयार गरेको छ । पाठ्यक्रम विकास परिषद्बाट स्वीकृत भएपनि आगामी शैक्षिक सत्रदेखि सूचनाको हक र सुशासनसम्बन्धी पाठ्यक्रम लागू हुने केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले जानकारी दिए...

नामांकन र सीमांकनसहित संविधान मात्र वैधानिक हुन्छ : भाजपा नेता जोली

२०७२ साउन १२ गते १५:४४

  काठमाण्डु, १२ साउन– भारतीय जनता पार्टीका नेता विजय जोलीले नामंकन र सीमांकनसहित संविधान जारी भए मात्रै त्यो तर्क संगत र वैधानिक हुने बताएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘सबैलाई समावेश गर्ने गरी सहमतिमा संविधान जारी गरे नेपालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us