चितवन, १५ साउन-वर्षाका कारण पहिरो खस्न थालेपछि विस्थापित चितवन शक्तिखोर नाइबन्दीका १७ घर चेपाङ परिवारलाई शक्तिखोर–७ को फुटबल चौरमा राखिने भएको छ । शुक्रबार उनीहरुलाई त्रिपाल पठाउन लागिएको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । गएराति उनीहरुले नजिकैको स्कुलमा रात बिताएका थिए...
पर्वत, १५ साउन-मुसलधारे वर्षापछि गएको पहिरोले तीन दिनदेखि अवरुद्ध धौलागिरि अञ्चललाई जोड्ने पोखरा–बागलुङ राजमार्गको पर्वतखण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण सबैभन्दा बढी क्षति पुगेको पर्वतको तिलहार गाविस – ९ बेतनी र अँधेरी खोलामा पहिरोले बगाएको सडकमा डाइभर्सन बनाई आज बिहान १० बजेदेखि...
म्याग्दी, १५ साउन-म्याग्दीको मुदी– ५ नेरवाङको गाखर्कमा पहिरोले करिब ५० लाख बराबरको पशुधनको क्षति गरेको छ । गाखर्कमा रहेका चारवटा गोठमा रहेका करिब ३५० गाई, गोरु, भैँसी र बाख्रा बुधबार रातिको पहिरोले पुरेर क्षति गरेको हो । पहिरोमा पुरिएर छजना किसानको ज्यान जानुका...
काठमाण्डु, १५ साउन-नेपाल नेत्रज्योति सङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा अत्याधुनिक आँखा अस्पताल तथा आँखा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । करिब १० रोपनी जग्गामा दुई अर्बको लगानीमा छ महिनाभित्र अस्पताल निर्माण सम्पन्न गरिनेछ । शुक्रबार आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा...
काठमाण्डु, १५ साउन– नेपाल वायू सेवा निगममा एक सय १४ जनाका लागि जागिर खुलेको छ । एसएलसीदेखि स्नातक तहसम्मका लागि विभिन्न पदमा जागिर खुलेको निगमले जनाएको छ । निगमका अनुसार प्रशासनतर्फको शाखा अधिकृत छैठो तहमा २४ जना, वरिष्ठ सहायक पाँचौँ तहमा १८ जना र...
दाङ, १५ साउन-संविधानमा हिन्दूराष्ट्र राख्नुपर्ने लगायतका माग राखेर स्वधर्म संस्कृति संरक्षण अभियान, हिन्दू जागरण अभियानलगायतका विभिन्न संस्थाले आह्वान गरेको दाङ बन्दका कारण शुक्रबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीका साधन नचलेको जिल्ला प्रहरी कार्यालय...
गोरखाबजार, १५ साउन-हालै गएको विनाशकारी भूकम्पपछि चिराचिरा भएको जमिनमा पानी छिरेपछि उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिरो झरेको छ । पहिरोले गाउँले विस्थापित नभए पनि रातभर जाग्राम बस्नुपर्दा समस्यामा छन् । सिर्दिवास, काशीगाउँ, केरौँजा, उहिया, लापु, थुमी, गुम्दा, लाप्राक र बारपाक क्षेत्रमा पहिरोको उच्च जोखिम...
दाङ, १५ साउन– सनातन हिन्दु राष्ट्र सयुक्त संर्घष समितीले काठमाण्डुमा साउन १८ गते संविधानमा हिन्दु राष्ट्र घोषणाको माग गर्दै शक्ति प्रर्दशन गर्न लागेको छ । नेपाली जनताको चाहाना र भावना बमोजिम नेपाललाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गर्न लामो समयदेखी संघर्षरत ९...
काठमाण्डु, १५ साउन– भारत भ्रमणमा रहेका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूहरु सीमांकनसहितकै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । नयाँ दिल्लीमा पूर्व कुटनीतिकहरुको सस्था आइबिएफले शुक्रबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले प्रमुख दलहरुले अहिले सीमांकनसहितको संविधान जारी गर्ने विषयमा छलफलमा रहेकोले...
भक्तपुर, १५ साउन- सवारी ज्यान मुद्दामा अदालतको फैसलालाई अटेर गर्दै विगत १२ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई शुक्रबार भक्तपुर जिल्ला अदालतले जरिवाना असुल गर्दै जेल चलान गरेको छ । वि.सं २०६० फागुन १३ गते भक्तपुर जिल्ला अदालतले दुईवर्ष जेल सजाय, एक हजार जरिवाना,...
काठमाण्डु, १५ साउन-विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एकापसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको सङ्ख्यामा ४१७ ले कमी आएको छ । गत वर्ष देशभर कुल ३५ हजार २२३ विद्यालय रहेकामा ४१७ विद्यालय गाभिई गत आवको अन्त्यमा ३४ हजार ८०६ कायम हुन...
सोलुखुम्बु, १५ साउन– आफैले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ वर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको छ । विवाहित विकले साउन १० गते बिहान घर छेउको बारीमा जन्माएकी छोरीलाई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेको प्रहरीले जानकारी दिएको छ । सो...