पोखरा, १६ साउन-भीषण वर्षासँगै गत बुधबार राति आएको पहिरोबाट कास्कीमा हालसम्म ३५ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लुम्लेमा २७, भदौरे तमागीमा छ र ढिकुरपोखरीको ठूलीचौरमा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी १८ जना घाइते भएका छन् ।...
धादिङ, १६ साउन– जिल्लाको जयपुरीमा ससुराली गएका एक युवक मृत फेला परेका छन् । ससुरारी घरमा बेलुका खाना खाएर सुतेका उनी बिहान मृत फेला परेका हुन् । जयुपुरी–२ स्थित ससुराली घरमा शुक्रबार खाना खाई सुतेका सोही ठाउँ बस्ने २६ वर्षीय शुकदेव चेपाङ शनिबार मृत...
बाग्लुङ, १६ साउन–बाग्लुङ नगरपालिका–७ बस्ने राजु चर्मकारको घरमा शनिबार बिद्युत सर्ट भई आगलागी भएको छ । सो घटनामा घर र गोठ जलेर नष्ट भएको छ । मानवीय क्षति नभएपनि घटनामा करिव १७ लाख ६५ हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको प्रहरीले बताएको छ ।...
ललितपुर, १६ साउन–अस्पतालमा श्रीमतीको हेरचाहका लागि बसेका एक पुरुषको अस्पतालको पाँचतलामाथिबाट खसेर मृत्यु भएको छ । ललितपुर हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा श्रीमतीको कुरुवा बसेका काठमाण्डु जोरपाटीका ७० वर्षीय छिरिङ तामाङको अस्पतालको ५ तला माथिबाट खसेर मृत्यु भएको हो । मानसिक सन्तुलन ठिक नभएका तामाङ एक्कासी...
काठमाण्डु, १६ साउन – नेपाली कांग्रेसले पार्टीको गाउँ नगर, क्षेत्र र जिल्लाको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । शनिबार प्रधानमन्त्रीको निवास वालुवाटारमा बसेको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रिय महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशन सार्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रिय...
म्याग्दी, १६ साउन–जिल्लाको ताकममा एक व्यक्तिले श्रीमतीको कुटेर हत्या गरेका छन् । ताकम–८ शिवाङ बस्ने ३८ वर्षीया लालमती कामीको उनकै पति ३७ वर्षीय रामबहादुर कामीले कुटपिट गर्दा मृत्यु भएको हो । साउन १२ गते कुटपिट गर्दा घाइते भएकी लालमतीको स्वास्थ्य चौकी ताकममा उपचारको क्रममा...
पर्सा, १६ साउन–जिल्लाको भेडीहाडी बस्ने एक बालिकालाई अपहरण गर्ने ३ जना अपहरणकारी शनिबार पक्राउ परेका छन् । भेडीहाडी–४ बस्ने मकुन हजाराकी १२ वर्षीया छोरी सरस्वती कुमारीको अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका–२ बस्ने ३० वर्षीय भुपेन्द्रप्रसाद साह,...
काठमाण्डु, १६ साउन– नेपाललाई जानकारी नदिइ भारत र चीनबीच भएको लिपुलेकसम्बन्धी सम्झौताले मित्रराष्ट्र भारत र चीनप्रतिको विश्वसनीयतामा असहजता पैदा गरेको विज्ञहरुले औंल्याएका छन् । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६०औं वर्षका अवसरमा शनिबार देशभक्त संघीय जनवादी मोर्चा नेपालले गरेको अन्तरक्रियाका सहभागीहरुले लिपुलेक संझौता...
खोटाङ, १६ साउन-गुठी संस्थानले हलेसी महादेवको जग्गा अतिक्रमणबारे छानबिन प्रक्रिया अघि बढाएको छ । संस्थानले हलेसी महादेवको जग्गा आफ्नो नाममा पास गर्ने व्यक्तिको नाममा म्याद तामेली गराउनुका साथै अन्य छानबिनको प्रक्रिया अघि बढाएको हो । संस्थानले म्याद तामेली गरेर पठाउन कार्यालयमा पठाएको...
लहान, १६ साउन-नेपाली काँग्रेसका नेता प्रदीप गिरिले सबैले आत्मसम्मान महसुस गर्ने संविधान बन्न नसके मुलुकको लागि दुर्भाग्य हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला सिरहाको लहान आइपुगेका सभासद् गिरिले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सबै नेपालीले ग्रहण गर्न सक्ने संविधान निर्माण...
काठमाण्डु, १६ साउन– प्रमुख चार दलले जनताबाट आएका सुझावलाई छलफल गरी दुई सय बुँदामा झारेको जनाएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझाव समेट्नका लागि शनिबार बिहानैदेखि छलफल र वार्तामा व्यस्त रहेका दलहरुले जनताबाट आएका सुझावलाई संविधानमा समेट्ने बारेमा आइतबारसम्ममा टुंगो लगाउने बताएका छन्...
काठमाण्डु, १६ साउन-नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विविध भाषा, धर्म र संस्कृतिले युक्त नेपाल कलाकर्मीका लागि मुहान भएको बताएका छन् । नाट्य संस्था महासङ्घको प्रथम महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘विश्व अन्धकारमा हुँदा हाम्रा...