समाचार

साइबेरियन चराको आगमनले गौशाला क्षेत्र सेताम्मे

२०७२ साउन १७ गते १४:२०

महोत्तरी, १७ साउन-साइबेरियन चराको आगमनले महोत्तरीको गौशाला क्षेत्र आजभोलि सेताम्मे देखिन थालेको छ ।   साइबेरियन जातका चरा यतिखेर गौशाला क्षेत्रका विभिन्न रूखमा बस्दै आएपछि यहाँका वातावरण नै सेताम्मे बन्न पुगेको हो । रूख नै ढाकेर सेतो हुने गरी दर्जनौँको सङ्ख्यामा ती चरा बस्दाको...

नक्कली भपाई बनाएर छात्रवृत्ति र पाठ्यपुस्तकको लाखौ रकम हिनामिना

२०७२ साउन १७ गते १३:३५

जाजरकोट, १७ साउन-जनता निम्न माध्यमिक विद्यालय रोकाय गाउँका प्रधानाध्यापक तीर्थराज पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले छ लाख हिनामिना गरेको खुलासा भएको छ । उनीहरुले छात्रवृत्ति, पाठ्यपुस्तक, कक्षा कोठा पुनःनिर्माण, कार्यालय सहयोगीको तलबलगायत शीर्षकको रकम हिनामिना गरेको खुलेको हो ।   विद्यालयको...

आवश्यक परे १६ बुँदेमा छलफल गर्न सकिन्छः सिंह

२०७२ साउन १७ गते १३:२८

काठमाण्डु, १७ साउन– उपप्रधान तथा स्थानीय विकास एवं संघीय मामिला मन्त्री प्रकाशमान सिंहले १६ बुँदे सहमतिमा छलफल गरेर असन्तुष्ट दलहरुको माग पूरा गर्न सकिने बताएका छन् । नेपाल विद्यार्थी संघको पहलमा निर्माण हुन लागेको काठमाण्डुको त्रिपुरेस्वरस्थित विश्व निकेतन उच्च माविको ६ कोठे भवनको आइतबार...

तीन सय घरेलु बालश्रमिकलाई आफ्नै घर फर्काइयो

२०७२ साउन १७ गते १३:२६

चितवन, १७ साउन-चितवनको रत्ननगरमा घरेलु बालश्रमिकका रुपमा काम गर्ने बालबालिकामध्ये करिब तीन सयलाई घर फर्काइएको छ ।   रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तेजेन्द्र लामिछानेका अनुसार साविक रत्ननगरमा रहेका ५८४ घरेलु बालश्रमिकमध्ये अहिले तीन सयको हाराहारीमा बालबालिका घरेलु बालश्रममा रहेका छन् ।   दुई...

मन्त्री बस्नेत प्रमुख अथिति भएपछि किन रिसायो कांग्रेस ?

२०७२ साउन १७ गते १३:०६

भक्तपुर, १७ साउन– आइतबार भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेत पुगेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभासद रामेश्वर ढुङ्गेल पनि सहभागि थिए । नगरपालिकालाई साक्षर बनाउने कार्यक्रममा एक स्थानीय ८० वर्षीया बृद्ध नानीछोरी कायस्थले आफ्नो नाम र उमेर लेखेर...

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने क्षेत्री पुगे प्रहरी खोरमा

२०७२ साउन १७ गते १३:०४

धनुषा , १७ साउन–बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ४५ वर्षीय दुर्गे क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षत्रीले शनिबार सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई बाख्रा चराउन गएको अवस्थामा जवरजस्ती करणी गरेको भनी स्थानीय बासिन्दाले निजलाई सामान्य कुटपिट गरेको अवस्थामा...

अपाङ्गमैत्री संविधानको माग गर्दै ¥याली

२०७२ साउन १७ गते १३:००

काठमाण्डु, १७ साउन-नयाँ संविधान अपाङ्गमैत्री हुनुपर्ने माग गर्दै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले आइतबार ¥यालीको आयोजना गरेका छन् ।   भृकुटीमण्डपस्थित राष्ट्रिय अपाङ्ग महासङ्घबाट सुरु भएको ¥याली विभिन्न नारा लगाउँदै भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले संविधानमा अपाङ्गता भएकालाई विभेद गर्न पाइँदैन,...

डाँका र चोरी मुद्दाका फरार दुई अभियुक्त पक्राउ

२०७२ साउन १७ गते १२:५५

झापा, १७ साउन-डाँका र चोरी मुद्दाका फरार दुई अभियुक्तलाई प्रहरीले आइतबार झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा खुदुनाबारी–५ निवासी ३६ वर्षीय बलबहादुर खड्का र सिद्धिथुम्का– ७ स्थायी घर भई अर्जुनधारा– ९ मा डेरा गरी बस्ने ३८ वर्षीय शेरबहादुर तामाङ रहेका...

मोटरसाइकलको ठक्करबाट ८३ वर्षीया बृद्धाको मृत्यु

२०७२ साउन १७ गते १२:४७

चितवन, १७ साउन–भरतपुर उपमहानगरपालिका–१० बस्ने ८३ वर्षीया लक्ष्मीशोभा बज्राचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बज्रचार्यलाई शानिबार राति सोही ठाउँको भित्री सडक खण्डको हिमचुली मार्गमा ना.१० प ३४९१ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज...

वर्षाले सयौं रोपनी धानखेत बगायो

२०७२ साउन १७ गते १२:४०

पर्वत, १७ साउन – गत बुधबार राति आएको मुसलधारे वर्षाका कारण यहाँको एक गाउँका किसानले लगाएको झन्डै एक सय रोपनी धानखेत बगाएको छ । पर्वतको तिलाहार गाविस–९ थामर्जुङका ३५ जना किसानको एक सय रोपनी खेत पहिरोले बगाएको हो । केही महिनाअघि उक्त फाँट हुँदै...

एक हजार एक सय बिरुवा रोपिए

२०७२ साउन १७ गते १२:३४

सिन्धुपाल्चोक, १७ साउन – ‘दिगो वातावरणका लागि सामुदायिक वृक्षरोपण एकीकृत स्रोत व्यवस्थापनका लागि जलाधार संरक्षण’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ मा आइतबार स्थानीय समुदाय र सुरक्षाकर्मीसहितको टोलीले संयुक्त रुपमा वृक्षरोपण गरेको छ । खर्कचौरस्थित सामुदायिक जग्गामा लप्सी, बकाइनो, मसलालगायतका एक हजार...

सुविधा सम्पन्न हिरासत कक्ष निर्माण

२०७२ साउन १७ गते १२:२८

रौतहट, १७ साउन – रौतहटमा पहिलो पटक सुविधा सम्पन्न हिरासत कक्षको निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा निर्मित महिलामैत्री हिरासत कक्षको निर्माणमा जिविस, गौर नगरपालिका, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक सहयोग गरेको हो । केही समयअघि राष्ट्रिय मानव अधिकार आयोगको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us