समाचार

भूकम्पीय जोखिम कम गर्न निर्माण संहिता कार्यान्वयन गर्नुपर्ने

२०७२ साउन २० गते १७:३०

काठमाण्डु, २० साउन – भूकम्पीय जोखिमलाई कम गर्न राष्ट्रिय भवन निर्माण संहितालाई पूर्ण कार्यान्वयनमा ल्याउन निर्माणसँग सम्बन्धित सरोकारवालाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको सहरी विकास समितिले गरेको छलफलका वक्ताले सो संहिता अन्तर्राष्ट्रियस्तरको संहिता तयार भएको भन्दै त्यसको कार्यान्वनमा जोड दिएका हुन् ।...

हिमाल, पहाड र तराइ मिलाएर प्रदेश बनाउन सुझाव

२०७२ साउन २० गते १७:२९

काठमाण्डु, २० साउन–सचेत नागरिक समाजले ३० हजार बर्ग किलोमिटरभन्दा कम नहुने गरी तराइ, पहाड र हिमाल समेट्ने गरी पाँ भन्दा बढी प्रदेश बनाउन नहुने सुझाव प्रस्तुत गरेको छ । बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समूहले धेरै प्रदेश बनाउँदा मुलुक विखण्डनतिर जाने भएकोले...

सामुदायिक वनद्वारा उपभोक्तालाई ग्याँस वितरण

२०७२ साउन २० गते १७:२४

झापा, २० साउन – झापाको बुधबारेस्थित नमुना सामुदायिक वन कार्यालयले आफ्ना उपभोक्तालाई एलपी ग्याँसको सिलिन्डर र गोबर ग्याँस वितरण गरेको छ । सामुदायिक वनले एक लाख ५९ हजार पाँच सय रुपैयाँ बराबरको २१ जनालाई एलपी ग्यासको चुल्हो र सिलिन्डर तथा ९७ हजार पाँच सय...

चन्द्र भण्डारी भन्छन्, ‘पार्टी नेतृत्वको कमजोरीका कारण हिन्दू राष्ट्रको नारा लागेको हो’

२०७२ साउन २० गते १७:१८

काठमाण्डु, २० साउन–कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संविधान तयारी अवस्थामा रहेको तर जनताको केही गुनासो रहेकोले त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबको साक्षत्कारमा बोलदै नेता भण्डारीले साउन मसान्तभित्र मै संविधान जारी हुने ठोकुवा गरे । उनले धर्म निरपेक्षताको स्थानमा...

तराई–मधेस दु्रतमार्ग अध्ययन उपसमिति गठन

२०७२ साउन २० गते १७:१८

काठमाण्डु, २० साउन – व्यवस्थापिका–संसद्, अर्थ समितिले काठमाण्डु–तराई÷मधेस द्रुतमार्गको आर्थिक, भौतिक, प्राविधिकलगायत विषय अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले निजगढ विमान स्थल र काठमाण्डु–तराई मधेस द्रुतमार्गको बजेट व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो । व्यवस्थापिका–संसद्को...

घरेलुको तालिम लिनेमा पुरुषभन्दा महिला बढी

२०७२ साउन २० गते १७:०७

काठमाण्डु, २० साउन – घरेलु तथा साना उद्योग विकास समितिले हरेक वर्ष दिँदै आएको सीपमूलक तालिम लिनेमा गत आवमा पुरुषभन्दा महिला बढी रहेका छन् । गत वर्ष समितिले दिएको तालिममा सहभागी भएका पाँच हजार २ सय ५७ मध्ये महिला तीन हजार ५ सय १९...

प्रत्यक्ष निर्वाचित कार्यकारीले सबैको भावना समेट्छ : शर्मा

२०७२ साउन २० गते १७:०३

काठमाण्डु, २० साउन–एमाओवादी प्रवक्ता दीनानाथ शर्माले ७ वर्षसम्म संविधान निर्माणको विषय छलफल भइसकेकोले अबको १० दिनमा संविधान जारी गर्न सकिने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबको सात्षत्कारमा बोल्दै प्रवक्ता शर्माले जनताको सुझावले १६ बुँदे सहमतिलाई अझै समृद्ध बनाएको बताए । उनले जनताको सुझावलाई थाति...

शिक्षामन्त्रीसहित जनक र साझाका पदाधिकारीलाई समितिले बोलाउने

२०७२ साउन २० गते १६:५८

काठमाण्डु, २० साउन – व्यवस्थापिका–संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले पाठ्यपुस्तक प्रकाशन तथा वितरणका सम्बन्धमा सरोकारवाला निकायलाई बोलाउने भएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले शिक्षामन्त्रीसहित जनकशिक्षा सामग्री केन्द्र र साझा प्रकाशनका पदाधिकारीलाई छलफलका लागि आगामी साउन २२ गते बोलाउने निर्णय...

दलहरुबीच सीमांकनसहितको ६ प्रदेशमा सहमति भइसकेको छ : ज्ञवाली

२०७२ साउन २० गते १६:५६

काठमाण्डु, २० साउन– नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले दलहरुवीच सीमांकनसहितको ६ प्रदेशमा सहमति भइसकेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘नेपाली जनताको सुझावलाई समेटेर सीमांकनसहितको ६ प्रदेश बनाउने विषय सहमति भइसकेको भन्दै बिहीबार दिउँसोसम्म बसै विषयहरु टुंगिन्छ...

विश्वविद्यालयमा दलीय भागबन्डा नगर्न माग

२०७२ साउन २० गते १६:४२

काठमाण्डु, २० साउन – नेपाल प्राध्यापक संघले यही साउन २३ गतेबाट विभिन्न सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी रिक्त हुने भएकाले प्राज्ञिक प्रखरता र प्रशासनिक दक्षतायुक्त, संस्थाको स्वायत्तताप्रति सर्वथा दृढ र स्वाभिमानी तथा स्वच्छ चरित्रवान व्यक्तिलाई नियुक्त गर्न माग गरेको छ । अध्यक्ष रामेश्वर उपाध्यायले बुधबार...

चुरे ऐन कार्यदलबाट बाहिरियो चुरे संरक्षण संघर्ष समिति

२०७२ साउन २० गते १६:३५

काठमाण्डु, साउन २० –चुरे संरक्षणका लागि ऐन बनाउन गठन गरिएको कार्यदलमा एक महिना नपुग्दै दटपट शुरु भएको छ । सरकारले एकलौटी गर्न खोजेको भन्दै चुरे संयुक्त संघर्ष समितिका सबै सदस्यहरु बाहिरीएपछि काम नै नगरी कायदल छिन्न भिन्न भएको हो । संघर्ष समितिले बुधबार पत्रकार...

प्रेस चौतारीको आपत्ति

२०७२ साउन २० गते १६:२८

काठमाण्डु, २० साउन – प्रेस चौतारी नेपालले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई बिनाकारण कामबाट निकालिएकोप्रति विरोध जनाएको छ । निजी क्षेत्रबाट सञ्चालन भएको माउन्टेन टेलिभिजनबाट केही सञ्चारकर्मी बर्हिगमनमा परेकाप्रति चौतारीले आपत्ति प्रकट गर्दै त्यहाँ कार्यरत सञ्चारकर्मीसँग छलफल गरेर उनीहरुको माग सम्बोधनका लागि व्यवस्थापकसँग आग्रह गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us