काठमाण्डु, २२ साउन– वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण हजारौँ मानिसहरुको ज्यान गयो र लाखौँ मानिसहरु विस्थापित भए । नेपालीले भर्खरै त्यसको पीडाबाट केही सहज महसुस गर्दैछन् । पीडित अझै राहतको पर्खाइमा छन् । ध्वस्त संरचनाको निर्माण तथा पुननिर्माण हुन सकेको छैन । यस्तो...
काठमाण्डु, २२ साउन–एमाले स्थायी कमिटीको आकस्मिक बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकको एजेन्डा नै नखुलाई शुक्रबार बिहान ११ बजे अकास्मात स्थायी कमिटकिो बैठक बोलाइएको थियो । बैठक सुरु भइसकेको जानकारी सचिव योगेश भट्टराईले ट्वीटरमार्फत दिएका छन् । संघीयतको सीमाकंनको विषयमा...
काठमाण्डु, २२ साउन–नेपाल सरकारले सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायममुकायम प्रधान सेनापतिमा सिफारिस गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बिहान बसेको बैठकले क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापति बनाउन सिफारिस गरेको हो । हालका प्रधानसेनापति गौरव शमसेर राणको पदावधि आगामि भदौ २२ गते सकिन लागेको र सेनाको...
इलाम, २२ साउन– इलाममा एक वर्षमा नौ हजारभन्दा बढीलाई नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, इलामका नागरिकता फाँटका नायब सुब्बा लक्ष्मण पाण्डेका अनुसार वंशज, वैवाहिक अंगीकृत र प्रतिलिपि गरेर नौ हजार एक सय ३९ जनालाई नागरिकता वितरण गरिएको हो । पाँच...
धनगढी, २२ साउन– संघीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा शुक्रबारबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले बन्दको...
काठमाण्डु, २२ साउन– भारतीय जनता पार्टीका महासचिव एवं झारखण्डका पूर्वमुख्य मन्त्री अर्जुन मुण्डाले नेपालमा सबैको सहमतिमा नयाँ संविधान जारी होस् भन्ने भारतको चाहना रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘नेपालमा जारी हुने नयाँ संविधान नेपाली जनताको ग्रन्थ...
विराटनगर,२२ साउन– मोरङ सुन्दरदुलारी नगरपालिका – १ का राम कार्की शरीरले थाम्नै नसक्ने गरि पलाएको ट्यूमर बोकेर संर्घष गरिरहेका छन् । २३ बर्षिय कार्कीको टाउकोको पछाडीको भागमा पलाएको ट्यूमर दिन –प्रतिदिन बढ्दै गएको छ । उपचाका लागि चिकित्सककहाँ पनि पुगे उनी । तर चिकित्सकले...
चितवन, २२ साउन – विद्यालय जाने उमेर पुगेका चितवनका विपन्न वर्गका बालबालिकालाई विद्यालय पठाउन समस्या देखिएको छ । उनीहरुलाई विद्यालय जान आकर्षित गराउने उद्देश्यले गएको वर्ष लागू हुनुपर्ने विद्यालय खाजा कार्यक्रमसमेत लागू नहुँदा झन् समस्या भएको हो । जसका कारण आएको रु एक करोड...
इलाम, २२ साउन – चोरी मुद्दामा संलग्न रही १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको छ । पटक–पटक चोरीमा सङ्लग्न आरोपमा छ वर्ष कैद सजाय सुनाइएका सिद्धिथुम्का–७ का ७० वर्षीय सुन्दरसिंह तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले घरबाटै पक्राउ...
नेपालगन्ज, २२ साउन – भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमिया रोगबाट प्रभावितको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाएको छ । सो अस्पतालका प्रमुख चिकित्सक श्यामसुन्दर यादवका अनुसार आर्थिक अभावका कारण रोगको उपचार गर्न नसक्ने पश्चिम नेपालका नागरिकको निःशुल्क उपचारका लागि बढीमा रु एक लाखसम्मको...
काठमाण्डु, २१ साउन-राष्ट्रिय मानव अधिकार आयोगले सिरहाका मलिक परिवारले सहजै रुपमा इनारको पानी प्रयोग गर्नबाट वञ्चित भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिरहा धनगढी गाविस वडा–३ नयनपुरकी प्रमीला मलिक तथा उनका परिवारका सदस्यहरुले सहजै इनारको पानी प्रयोग गर्न अझै नपाएकाप्रति ध्यानाकर्षण भएको...
झापा, २१ साउन– राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबारका लागि आह्वान गरेको बन्द हड्तालका कार्यक्रम झापामा फिर्ता लिने भएको छ । संवाद समूहको सचिवालयले आज बिर्तामोडमा आयोजना गरेको छलफलमा बन्द फिर्ता लिन आग्रह गरेपछि बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको पार्टीका जिल्ला अध्यक्ष परशुराम मगरले...