आइतबार बिहानै गयो भूकम्पको धक्का

काठमाण्डु टुडे २०७२ साउन २४ गते ८:५६ मा प्रकाशित

hfdgfकाठमाण्डु, २४ साउन – आइतबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । बिहान ७ . ५५ मा बजे ४.१ म्याग्निच्यूड को परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ मा गोरखाको बारपाक केन्द्रि विन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प पछि अहिले सम्म पनि परकम्पन जाने क्रम रोकिएको छैन । शनिबार पनि दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ र ४ म्याग्नेच्यूडको परकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us