सिद्धबाबा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाण्डु टुडे २०७२ साउन २४ गते १९:०७ मा प्रकाशित

palpa
पाल्पा, २४ साउन-पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै शनिबार सडकमाथिबाट खसेको पहिरोले बस बगाउँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

 

पाल्पाको ताहँु गाविस–८ की ४० वर्षीया विष्णुमाया श्रेष्ठको आइतबार शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले बताएको छ ।

 

श्रेष्ठकी छोरी १७ वर्षीया विद्या र गुल्मी सिरसिरे गाविसका २६ वर्षीय विष्णुबहादुर थापाको शनिबारनै शव फेला परेको थियो । तानसेनबाट बुटबलतर्फ जाँदै गरेको लु १ ख ५७७१ नम्बरको बस पाल्पाको सिद्धबाबा नजिकै सडकमाथिबाट खसेको पहिरोसँगै १५० मिटर तल तिनाउ खोलामा पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us