संजयले जापानको सर्वोच्च शिखरमा राष्ट्रिय झन्डा फर्फराउँदै राष्ट्रिय गित गाए

काठमाण्डु टुडे २०७२ साउन २५ गते १७:५९ मा प्रकाशित

sanjay pandit
काठमाण्डु, २५ साउन– विश्वको सर्वोच्चो शिखर सगरमाथा, किलर पर्वत मनास्लु , अफ्रीकाको किलिमन्जारो ,अमेरिकाको अकोन्कागुआ, यूरोपको एल्ब्रुस लगाएत छ महादेशका उच्च शिखरहरुको सफल आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही तथा अल्ट्रा धाबक संजय पण्डितले जापानको सर्वोच्च शिखर फुजिको सफल र्कीतिमानी आरोहण गरेका छन् ।

सोमबार राति १ बजे आधार सिबिरबाट थालिएको अरोहण उनले करिब ३ घन्टामा सके । उनलाई जापानिज आरोही जोनियाले साथ दिएका थिए । उनले काठमाण्डु टुडेसँग कुरा गर्दै उचाइ अनि आरोंहणको हिसाबले सजिलो भएपनि जापानकै सर्र्वौच्च शिखरमा यस्स्तो प्रकारको कीर्तिमान राखेकोमा खुशी लागेको बताए ।

sanjay pandit1
सात महादेशको सर्वोच्च शिखरको आरोहणको तयारीमा रहेका पण्डितले अन्तिम अन्त्राटिकाको भिन्सन मशिफ हिमाल चढ्दै छन् । उनी यसै वर्षको अन्तिमतिर उक्त हिमालको शिरमा पुग्ने लक्ष्य लिएका छन् । पण्डितका अनुसार अन्त्राटिकाको भिन्सनको तयारी स्वरुप फुजी आरोहण गरिएको वताए ।

उनले भूकुम्पमा मारिएका १० औ हजार नेपालीप्रति यो आरोहण समर्पित गरिएको पनि चुचुरोबाटै सन्देश संसार भर दिए । उनले जपानको सर्वोच्च बिन्दुमा गएर राष्ट्रिय पोशाकसँगै राष्ट्रिय गित गाउने पहिलो नेपाली भएको पनि दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us