अखण्ड मध्यपश्चिमको आन्दोलन नियन्त्रण बाहिर, सुर्खेतमा दिनभर कर्फ्यु आदेश

काठमाण्डु टुडे २०७२ साउन २७ गते ११:२८ मा प्रकाशित

SurkhetAandolanसुर्खेत, २७ साउन–सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै शनिबारदेखि सुरु भएको आन्दोलन बुधबार पनि जारी छ ।

बुधबार पनि बिहानैदेखि सुर्खेतवासीहरु सुर्खेतलाई सुदूरपश्चिममा राखेको र मध्यपश्चिमाञ्चललाई खण्डित बनाएको भन्दै विरोधस्वरुप आन्दोलनमा उत्रिएका हुन् । नेतृत्व नहुँदा आन्दोलन नियन्त्रण बाहिर गएको भन्दै दलका शीर्ष नेताहरुले सबैलाई संयम रहन र आफ्ना माग शान्पिूर्ण रुपमा राख्न अपिल गरेका छन् ।

हिंसात्मक बन्दै गएपछि आन्दोलन नियन्त्रणमा लिन सोमबार प्रहरीले चलाएको गोलीबाट अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ भने अन्य केही घाइतेको अवस्था गम्भीर रहेको छ । मंगलबार पनि प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए । प्रदर्शनमा सुर्खेत, जाजरकोट, दैलेख, कालिकोट र जुम्लाबाट समेत मानिसहरू सहभागी छन्।

बुधबार पनि बिहनैबाट आन्दोलन सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us