समाचार

संघीयताबाट कोही भाग्ने वा पछि हट्ने अवस्था छैन : प्रधानमन्त्री

२०७२ साउन २८ गते १३:२८

काठमाण्डु, २८ साउन–प्रधानमन्त्री सुशील कोइरालले आन्दोलन छोडेर वार्ता र सहमतिमा आउन सबैलाई आग्रह गरेका छन् । बिहीबार संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले नेपालको परिवर्तनमा सबै जाति र समुदायको योगदान रहेको भन्दै सबैको हक र अधिकार सुनिश्चित हुने संविधान आउने बताए । उनले भने,...

भदौको दोस्रो सातामा संविधानः नेपाल

२०७२ साउन २८ गते १२:२६

विराटनगर, २८ साउन– नेकपा एमालेका नेता माधवकुमार नेपालले भदौको दोस्रो साताभित्र नयाँ संविधान आउने बताएका छन् । बिहीबार विराटनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले अब जारी हुने संविधानले राष्ट्रियतााई बलियो बनाउने बताए । उनले संविधान जारी भएपछि विकासको गतिलाई तीव्र बनाउन बाटो खुल्ने दावी...

पुनःनिर्माण’ का लागि विद्यार्थी जगाउँदै जापानी

२०७२ साउन २८ गते १२:०९

नुवाकोट– भूकम्पका कारण मनोसामाजिक असरमा परेका विद्यार्थीलाई जापानी संस्था र नागरिकले ‘पुनःनिर्माण खेल’ गराएर उत्साह थपेका छन् । स्पेक, जापान संस्थाले छ वर्षदेखि नेपालका बेसहारा र टुहुरा बालबालिकाका लागि आयोजना गर्दै आएको खेलकुद महोत्सव यस पटक भूकम्प प्रभावित सामुदायिक विद्यालयका बालबालिकाका लागि ‘पुनःनिर्माण खेल’...

राजनीतिक दलहरुलाई वर्षेनी लेखा परीक्षण गर्न संसदीय समितिको निर्देशन

२०७२ साउन २८ गते १२:०७

काठमाण्डु, २८ साउन– व्यवस्थापिका संसदको विकास समितिले राजनीतिक दलहरुलाई हरेक वर्ष लेखा परीक्षण गर्न निर्देशन दिएको छ । समितिको बिहिबार बसेको बैठकले हरेक राजनीतिक दलहरुलाई लेखा परीक्षण गरेर त्यसलाई सार्वजनिक समेत गर्न निर्देशन दिएको हो । बैठकले सबै दललाई कानुन अनुसार पार्टी कार्यालयमा सूचना...

सच्चा आध्यात्मिक गुरुहरु धार्मिक राज्यको पक्षमा हुँदैनन् : नारायणकाजी

२०७२ साउन २८ गते ११:१४

काठमाण्डु, २८ साउन–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सच्चा आध्यात्मिक गुरुहरु धार्मिक राज्यको पक्षमा नहुने बताएका छन् । बिहीबार बिहान आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उपाध्यक्ष श्रेष्ठले आध्यातिमक गुरुहरुले धर्मको माग राखेर आन्दोलन नगर्ने उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘म दावाका साथ भन्छु सच्चा अध्यात्मिक...

पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

२०७२ साउन २८ गते १०:५५

सप्तरी, २८ साउन – पानी जमेको खाल्डोमा डुबेर बुधबार साँझ दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको पिप्रापश्चिम गाविस–३ निवासी पाँच वर्षका निरज साह र पाँच वषर्षकै शौरात विक रहेको सप्तरी प्रहरीले जनाएको छ । दुबै बालक घरनजिकै पानी जमेको खाल्डोमा खेल्दाखेल्दै...

पहिरोमा परी डोटीमा दुई गम्भीर घाइते

२०७२ साउन २८ गते १०:४७

डोटी, २८ साउन– तीन दिनअघि आएको वर्षापछि डोटीको तोलेनी गाविसमा खसेको पहिरोमा परी दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोटी तोलेनी–४ का मन्दिरे बोहरा र भगुकुमारी बोहरा रहेका छन् । दुबैको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर रहेको...

माछा मार्ने गएका युवाको खोलामा डुबेर मृत्यु !

२०७२ साउन २८ गते १०:३८

बागलुङ, २८ साउन– माछा मार्ने क्रममा यहाँ एक युवाको ज्यान गएको छ । हटिया–८ का ३२ वर्षीय पदम नेपालीको बुधबार साँझ सोही गाविसको चमुवा खोलामा डुबेर ज्यान गएको हो । नेपालीको शव हुकमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय बुर्तिवाङकका...

लिम्बुवान प्रदेशको माग गर्दै पूर्वका ९ जिल्ला बन्द

२०७२ साउन २८ गते १०:१९

पाँचथर, २८ साउन – सरकारसँग भएको पटकपटकको सहमति कार्यान्वयन नगरी बिना पहिचानसहितको प्रदेश निर्माण गरिएको भन्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले आज पूर्वका नौ जिल्लामा बन्द गरेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा,...

निजी लगानीमा वृद्धाश्रम

२०७२ साउन २८ गते ८:५०

  दमक, २८ साउन – आफ्नै निजी लगानीमा झापा, दमक–९ की मनमाया सुनुवारले निःशुल्क वृद्धाश्रम स्थापना गरेकी छन् । आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा उहाँले करिब रु २६ लाखको लागतमा दश ज्येष्ठ नागरिक रहने सक्ने रत्न ज्येष्ठ वृद्धाश्रम केन्द्र सञ्चालनमा ल्याउकी हुन् ।...

सिरहामा अवैध औषधि पसल छ्यापछ्याप्ती

२०७२ साउन २८ गते ८:४६

लहान, २८ साउन – सिरहाको सदरमुकामसहित अधिकांश ग्रामीण क्षेत्रमा लामो समयदेखि अवैध रुपमा औषधि पसलहरु सञ्चालन हुँदा करोडौँको राजस्व चुहावट हुँदै आएको छ । सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने कचनारी, भगवानपुर, सुखीपुर, नहरा रिगौल, सीतापुर, लगडीगोठ, ठाडी, इनर्वालगायतका ठाउँमा सयाँै अवैध औषधि पसल सञ्चालनमा रहेका...

काठमाण्डुको रामकोट केन्द्रबिन्दु बनाएर बिहिबार बिहानै गयो भूकम्प

२०७२ साउन २८ गते ८:०१

काठमाण्डु, २८ साउन – काठमाण्डु केन्द्रबिन्दु भएर बिहिबार बिहानै परकम्प गएको छ । बिहिबार विहान १ बजेर ४९ मिनेटमा रामकोट आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्प पछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us