माछा मार्ने गएका युवाको खोलामा डुबेर मृत्यु !

काठमाण्डु टुडे २०७२ साउन २८ गते १०:३८ मा प्रकाशित

nadiबागलुङ, २८ साउन– माछा मार्ने क्रममा यहाँ एक युवाको ज्यान गएको छ ।

हटिया–८ का ३२ वर्षीय पदम नेपालीको बुधबार साँझ सोही गाविसको चमुवा खोलामा डुबेर ज्यान गएको हो । नेपालीको शव हुकमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङकका प्रहरी सहायक निरीक्षक कमल चौलागार्र्इंले नेपाली हुकमा माछा परेरनपरेको हेर्न जाँदा चिप्लिएर लडेको हुनसक्ने बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

नेपाली वैदेशिक रोजगारबाट पाँच महिनाअगाडि घर फर्केको थियो । नेपालीको शव परीक्षणका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us