लिम्बुवान प्रदेशको माग गर्दै पूर्वका ९ जिल्ला बन्द

काठमाण्डु टुडे २०७२ साउन २८ गते १०:१९ मा प्रकाशित

Purba-bandaपाँचथर, २८ साउन – सरकारसँग भएको पटकपटकको सहमति कार्यान्वयन नगरी बिना पहिचानसहितको प्रदेश निर्माण गरिएको भन्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले आज पूर्वका नौ जिल्लामा बन्द गरेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङखुवासभा जिल्लामा आमहडतालको प्रभाव बिहानैबाट परेको छ । यी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् ।

विसं १८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, ०६४ फागुन १८ र चैत ६ गते भएको पाँचबुँदे सम्झौता उल्लङ्घन गरिएको र चार दलबीच भएको १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचान बिनाको वेनामे प्रदेशको विरोधमा आमहडताल आह्वान गरिएको पार्टीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us