समाचार

सय वर्षीय बृद्धा बालुवाटारको ढोकामा न्याय माग्दै

२०७१ चैत ३० गते १०:३९

काठमाण्डु,३० चैत- सहिद तथा घाइते सरोकार नागरिक समन्वय समितिका पदाधिकारीले आफ्नो माग सरकारले सुनुवाइ नगरेको भन्दै सोमबारबाट आमरण अनशन सुरु गरेका छन् ।   नेपालमा भएका विभिन्न आन्दोलनमा बलिदान गर्ने सहिद परिवार र घाइतेले राज्यले आफूहरुलाई केही नगरेको भन्दै सय वर्षीय लक्ष्मी मोक्तान लगायत...

सिंहदरवारमा सक्कली र नक्कली द्वन्द्व पीडितबारे बहस

२०७१ चैत ३० गते १०:०७

काठमाण्डु,३० चैत-सामाजिक न्याय तथा मानवअधिकार समितिले द्वन्द्वमा परेका वास्तविक पीडितले राहत रकम पाएरनपाएकोबारे अध्ययन गर्ने भएको छ ।   सिंहदरवारस्थित समितिको कार्यालयमा सोमबार बसेको बैठकले चारवटा उपसमिति बनाएर राहत वितरण प्रक्रिया र अवस्था,माओवादी सेनाको व्यवस्थापन,शान्ति तथा पुनःनिर्माण परियोजना र सम्पत्ति कब्जाबारे उपसमिति बनाएर आध्ययन...

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

२०७१ चैत ३० गते ९:५२

काठमाण्डु,३० चैत-जिल्ला शिक्षा कार्यालयहरुले आगामी शैक्षिक सत्रका लागि संस्थागत रुपमा नै २३ देखि ४३ प्रतिशतसम्म शुल्क वृद्धिको अनुमति दिएकोप्रति नेकपा-माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।   क्रान्तिकारीका अध्यक्ष सुरेश गौतमद्वारा सोमबार जारी विज्ञप्तिमा शुल्क वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनसमेत घोषणा गरिएको छ ।  ...

संविधानसभाको बैठक फेरी एक साता स्थगित

२०७१ चैत ३० गते ९:५०

काठमाण्डु, ३० चैत– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक फेरी एक साताका लागि स्थगित गरेका छन् । सोमबारको बैठक पुर्व सांसद एवं एमाओवादी नेता सलिलमियाँ अन्सारीको निधनमा शोक प्रस्ताव पारिद गर्दै सकिएको हो । अर्को बैठक ०७२ बैशाख ६ गतेका लागि डाकिएको छ ।...

एमाओवादीले भन्यो ‘दीनानाथको गद्धारीले बागलुङमा जमानत जफत’

२०७१ चैत ३० गते ९:३७

काठमाण्डु, ३० चैत– एकीकृत माओवादीले प्रवक्ता दीनानाथ शर्माको ‘गद्धारी’ का कारण बागलुङ क्षेत्र नम्बर–१ मा पार्टीको लज्जाजनक पराजय भएको निष्कर्ष निकालेको छ ।   संयोजक लीलबहादुर थापाले पार्टीको जनमत घटेको नभई शर्माकै कारण जमानत जफत भएको बताए । ‘हाम्रो जनतमत विगतको तुलनामा घटेको होइन’,...

दलका कारण देश अप्ठयारोमा परेको वरिष्ठ न्यायाधीशको गुनासो

२०७१ चैत ३० गते ९:२९

नुवाकोट,३० चैत-सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठले देशका राजनीतिक दलहरुले विवेक गुमाउँदा देश अप्ठ्यारो स्थितिमा पुगेको गुनासो गरेका छन् ।   रसुवाको धुन्चेमा संविधान सूचना केन्द्र नुवाकोटले आयोजना गरेको नागरिक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश श्रेष्ठले समयमा नै संविधान नबन्दा अन्तर्राष्ट्रिय नजरमा समेत मुलुकको...

२५ वर्षदेखि पशुपति र बाग्मतीको सम्बन्ध बिच्छेद !

२०७१ चैत ३० गते ८:४६

काठमाण्डु,३० चैत- पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जलले स्नान गराएर चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन सकिएको छैन । बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण...

जेठ १५ मा पनि संविधान आउँदैनः नेपाल

२०७१ चैत ३० गते ८:३५

काठमाण्डु, ३० चैत–एमाले नेता माधव नेपालले जेठ १५ मा संविधान अउने सम्भावना टरेको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै नेता नेपालले अहिलेसम्म भएको दलहरुबीचको अनौपचारिक वार्ता र र छलफल हेर्दा जेठ १५ मा पनि संविधान नआउने बताएका हुन् । माघ...

चार किशोरीले महाकालीमा हाम्फाले, एक आत्तिदै घर फर्किन्

२०७१ चैत ३० गते ८:३२

दार्चुला, काठमाण्डु, ३० चैत – परीक्षामा फेल भएको भन्दै दार्चुलाका चार किशोरीले सामूहिक आत्महत्या गरेका छन् । दार्चुलाको दत्तुस्थित राष्ट्रिय उच्चमाविमा अध्ययनरत चार जना किशोरीले परीक्षामा फेल भएको भन्दै महाकाली नदीमा हामफालेर आत्महत्या गरेका हुन् । कक्षा सातमा अध्ययनरत दत्तु गाविस वडा नम्बर दुईकी...

चालिस रुपैयाँले फेरिएको भण्डारीको जीवन !

२०७१ चैत ३० गते ८:२८

काठमाण्डु,३० चैत-‘अपाङ्गता भएर के भो त मैले मागेर खाएको छैन ढाँटेर खाएको छैन । आफ्नै पौरखले काम गरेर खाएको छु ।’ आत्मविश्वासले भरिएको यो भनाइ काभ्रेका अपाङ्गता भएका क्षेत्रबहादुर भण्डारीको हो ।   करिब दश वर्षअघि मधुमेहका कारण बायाँ खुट्टा गुमाउन पुगेपछि उनी अपाङ्ग...

प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्छः पौडेल

२०७१ चैत ३० गते ८:००

चरिकोट,३० चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   नेपालीको काँग्रेसको भ्रातृसंस्था नेपाल आदिवासी जनजाति सङ्घले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान...

गर्मी बढ्यो, डढेलो नियन्त्रणका उपाय अप्नाऔं

२०७१ चैत ३० गते ७:४५

इलाम,३० चैत- सुक्खा यामसँगै डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयले वन डढेलो प्रतिरोध,पूर्व तयारी तथा नियन्त्रण व्यवस्थापनसम्वन्धी कार्यक्रम सुरु गरेको छ ।   समुदायमा आधारित वन डढेलो व्यवस्थापनका लागि ६ वटा इलाका वन कार्यालयमा उक्त कार्यक्रम थालिएको हो ।   हाँसपोखरी,चुलाचुली,साकफारा,सलकपुर,लक्ष्मीपुर र विष्णेटार इलाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us