शनिबारदेखि बेपत्ता मंगलेको शव भेटियो

काठमाण्डु टुडे २०८२ असार २ गते २१:१७ मा प्रकाशित

तनहुँ, २ असार– गत शनिबारदेखि बेपत्ता एक पुरूषको सोमबार शव फेला परेको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मंगले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा शव फेला परेको हो ।

मंगलेको शव खुदी खोलाबाट बनेको दहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

शनिबारदेखि हराइरहेका मंगलेको खोजतलास भइरहेको थियो । दह छेउमा उनले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us