
एजेन्सी– इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ ।
इरानले उत्तरी इसराइलको हाइफा बेस्थित तेल प्रशोधन क्षेत्रमा गएराति मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले. जनाएका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार इरानी हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको थियो ।
इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भीषण आगलागीपछि सयौंको संख्यामा मानिसहरु सो क्षेत्रमा फसेका थिए । शुक्रबार इराकले इरानको सैनिक र आणविक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेयता दुवै मुलुकले एकअर्काविरुद्ध प्रहार गर्दै आएका छन् ।
गएराति मात्र इजरयलले इरानका ८० ठाउँलाई लक्षित गरी आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ । इजरायलको आक्रमणमा परी इरानका २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र सर्वसाधारण गरी हालसम्म २ सय २० भन्दा बढीको ज्यान गएको छ । १ हजार २ सय बढी घाइते छन् ।
इरानले गएराति इजरायलको राजधानी तेलभिभसहित फरकफरक चार स्थानमा आक्रमण गरेको बताइएको छ ।
उक्त आक्रमणमा धेरै भवनहरुमा क्षति पुगेको छ । हालसम्म १४ इजरायलीले ज्यान गुमाएका छन् ।
तेल अभिभबाट दक्षिणतर्फको तटीय सहर बातयाममा ठूलाठूला ६० भन्दा बढी घरहरुमा क्षति पुगेको छ ।