समाचार

नक्कली प्रमाणपत्र पेस गरि जागिर खाने कर्मचारीविरुद्ध मुद्धा

२०७२ वैशाख ३ गते ९:४२

काठमाण्डु,३ वैशाख-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा कर्मचारी सञ्चय कोषमा कार्यरत एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार कोषको प्रमुख सहायक पदमा कार्यरत लक्ष्मी अधिकारीले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन...

बिहीबारदेखि देशभर भर्ना अभियान

२०७२ वैशाख ३ गते ९:३७

भक्तपुर,३ वैशाख- शिक्षा विभागले बिहीबारदेखि देशभर भर्ना अभियान सञ्चालन गरेको छ । ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔँ,सबै बालबालिकालाई विद्यालय पठाऔं’ भन्ने नारासहित विभागले बिहीबारदेखि देशभर भर्ना अभियान सञ्चालन गरेको विभागका महानिर्देशक डिल्लीराम रिमालले जानकारी दिए ।   महानिर्देशक रिमालका अनुसार अहिलेसम्म ९६...

खोलामा डुबेर ३ बालबालिकाको मृत्यु

२०७२ वैशाख ३ गते ८:२१

धनगढी,३ वैशाख-कैलालीको अत्तरिया नगरपालिका–१३ स्थित मनहरा खोलामा नुहाउने क्रममा डुबेर बिहीबार तीन बालिकाको मृत्यु भएको छ ।   खोलामा डुबेर अत्तरिया नगरपालिका–१३ का गोरख गिरीका १२ वर्षीया छोरी करिश्मा गिरी तथा धनगढी नगरपालिका–१० शिवनगरका रमेश नाथका छोरीहरु १२ वर्षीया अस्मिता नाथ र आठ वर्षीया...

महामारी रोक्न युद्धस्तरमा काम गर्नुस् : प्रधानमन्त्री

२०७२ वैशाख ३ गते ८:१४

काठमाण्डु ,३ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्रालयलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य...

उदयपुरमा पाठ्यपुस्तकको अभाव चर्कंदै

२०७२ वैशाख ३ गते ७:५७

उदयपुर,३ वैशाख-नयाँ शैक्षिकसत्रको सुरुवातसँगै उदयपुर जिल्लामा विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको अभाव देखिन थालेको छ । गत वर्षको जस्तै यसवर्ष पनि शैक्षिकसत्र सुरु भइसकेपनि समयमै पाठ्यपुस्तक प्राप्त हुन नसक्ने स्थिति देखापरेपछि विद्यार्थी तथा अभिभावक चिन्तित बन्न थालेका छन् ।   विशेष गरेर निजी विद्यालयमा अध्ययन...

राप्रपाले १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने

२०७२ वैशाख ३ गते ७:१९

काठमाण्डु,३ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन १३ दिनसम्म पार्टीको कुनैपनि औपचारिक गतिविधि सञ्चालन नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार बसेको बैठकले सात दिनसम्म पार्टीको झन्डा झुकाउने,७५ जिल्लामा शोकपुस्तिका राख्ने र १३औँ पुण्यतिथिका...

जाजरकोटमा मृत्यु हुनेको संख्या १८ पुग्यो

२०७२ वैशाख ३ गते ७:१०

जाजरकोट,३ वैशाख-मौसमी ङ्खलूका कारण जाजरकोटमा थप एक जनाको मृत्यु भएको छ । गएराति नायकवाडा गाविस वडा नं ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएको हो ।   नायकवाडा गाविसको वडा नं १, २, ३ र ४ मा एकै घरमा तीनभन्दा बढी बिरामी परेको...

जबर्जस्ती करणी गर्ने ७४ जना पक्राउ

२०७२ वैशाख ३ गते ६:३३

काभ्रे, ३ वैशाख– काभ्रेपलाञ्चोक जिल्लामा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका मुद्दामा पहिल्लो पाँच वर्षमा ७४ जना पक्राउ परेका छन् । ती घटनामा अझै १३ फरार छन् । पछिल्लो पाँच वर्षमा ७३ जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता...

थापाको अन्त्येष्टि राजकीय सम्मानका साथ शुक्रबार बेलुकी गरिने

२०७२ वैशाख ३ गते ५:३८

काठमाण्डु, ३ चैत–भारतको मेदान्त अस्पतालमा बुधबार राति निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टिका लागी थापाको शव ल्याउने तयारीसमेत थालेको छ । आजै अपराह्न थापाको शव नेपाल ल्याउनेगरी सरकारले तयारी थालेको जनाएको छ । नेपाल...

चट्याङले लियो शिक्षकको ज्यान

२०७२ वैशाख ३ गते ४:४०

कञ्चनपुर, ३ वैशाख– बैतडीको कुवाकोट गाविसमा बुधबार साँझ चट्याङमा पररेर एक शिक्षकको मृत्यु भएको छ । कुवाकोट गाविस–२ का ४५ वर्षीय वीरबहादुर साउदको मृत्यु भएको प्रहरी चौकी पुरचुडीहाडका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर सिंहले जानकारी दिए । घर फर्किने बेला पानी परिरहेकाले बाटो छेउकै...

स्वाइन फ्लुको महामारीका कारण जाजरकोटका ४ सय ३२ विद्यालय बन्द

२०७२ वैशाख ३ गते ४:०६

जाजरकोट, ३ वैशाख – जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५...

थापाको निधनसँगै राजनीतिको एक युगको समाप्त भएको छ : भट्टराई

२०७२ वैशाख ३ गते ३:५४

काठमाण्डु, ३ चैत– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनसँग राजनीतिको एक युगको समाप्ता भएको बताएका छन् । थापाप्रति फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै बिहीबार भट्टराइले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नेपाली राजनीतिका एक शीर्ष व्यक्तित्व पूर्व प्र। म। सूर्य बहादुर थापाको आकस्मिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us