समाचार

पूर्वप्रधानमन्त्री थापालाई श्रद्धाञ्जलि व्यक्त गर्न आफन्तको घुइँचो

२०७२ वैशाख ४ गते ३:४७

काठमाण्डु, ४ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा आज बिहानैदेखि घुइँचो लागेको छ । थापाको पार्थिव शरीर हिजो साँझ भारतको नयाँ दिल्लीबाट काठमाण्डु ल्याएलगत्तै थापा...

उदयपुरमा झाडापखालाको प्रकोप बढ्यो

२०७२ वैशाख ४ गते ३:३९

  उदयपुर, ४ वैशाख – केही दिनयतादेखि त्रियुगा नगरपालिका क्षेत्र तथा सदरमुकाम गाईघाटलगायत जिल्लाको पूर्वी क्षेत्रमा झाडापखालाको प्रकोप बढ्दै गएको छ । त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडाका साथै सदरमुकाम गाईघाट क्षेत्रमा समेत झाडापखालाको प्रकोप बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । अहिले झाडापखालाको कारण दैनिक...

फोरम नेपालका सभासद अग्रवालको संसदीय कोषबाट ८६ गरिब छात्रालाई साइकल

२०७२ वैशाख ४ गते ३:२९

पर्सा, ४ वैशाख– जिल्लामा रहेका सामुदायिक विद्यालयको छात्राहरुलाई बिहीबार एक समारोहबीच यहाँ साइकल वितरण गरिएको छ । मधेसी जनअधिकार फोरम नेपालका नेता एवम् सभासद् श्रवणकुमार अग्रवालको संसदीय कोषबाट सामुदायिक विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत ८६ जना गरिव तथा जेहेन्दार साइकल वितरण गरिएको...

मुक्तिनाथ–नारच्याङ वैकल्पिक पदमार्ग निर्माण

२०७२ वैशाख ४ गते ३:१४

मुस्ताङ, ४ वैशाख– सडक सञ्जालका कारण प्रभावित यहाँको पर्यटन क्षेत्रको विकास लागि मुक्तिनाथदेखि म्याग्दीको नारच्याङसम्म वैकल्पिक पदमार्ग निर्माण गरिएको छ । जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय पर्यटन व्यवसायीको संयुक्त लगानीमा ७५ किलोमिटर लामो उक्त वैकल्पिक पदमार्ग निर्माण गरिएको हो ।...

कोमल र हिमानीलाई दिल्लीमै छाडेर नेपाल फर्कदै ज्ञानेन्द्र

२०७२ वैशाख ४ गते ३:०१

काठमाण्डु, ४ वैशाख–भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज नेपाल आउने भएका छन् । एक महिना भ्रमणका लागि भनेर गएका ज्ञानेन्द्र शनिबार आमा आमाको मुख हेर्ने दिन परेकाले आमा रत्नलाई भेट्नका लागि फर्केको स्रोतले जनाएको छ । स्वास्थ्य उपचार तथा पारिवारिक भ्रमणका लागि दिल्ली...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७२ वैशाख ४ गते २:१५

सुनसरी, ४ वैशाख– पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको नरसिंह–१ मा सवारी दुर्घटनामा परी गएराति एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ५५९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ३०७२ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी...

पुर्वप्रधानमन्त्री थापाको पार्थिव शरीर काठमाण्डु ल्याईयो

२०७२ वैशाख ३ गते १४:०९

काठमाण्डु, ३ वैशाख–बुधबार राती भारतको मेदान्त अस्पतालमा निधन हुनभएका पुर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको पार्थिव शरीरलाई बिहीबार साँझ काठमाण्डु ल्याइएको छ । साँझ ७ः१५ बजे थापाको पार्थिव शरीरलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उतारिएको हो । भारतीय सेनाको विशेष विमानबाट ल्याईएको उहााको पार्थिव शरीरलाई अहिले थापा निवास मालीगाऊँमा...

मलेसियामा किन लजाए नारायणकाजी ?

२०७२ वैशाख ३ गते १४:०४

काठमाण्डु, ३ वैशाख– एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका विकृति विरुद्ध अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बिहीबार आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा उनले सो घोषणा गरेका हुन् ।   केहीदिनअघि मलेसिया भ्रमण गरेर फर्किएका उपाध्यक्ष श्रेष्ठले मलेसियमा नेपाली कामदारले पाएको...

कक्षपती मृत अवस्थामा फेला

२०७२ वैशाख ३ गते १३:४४

बाँके, ३ बैशाख– नेपालगंज उपमहानगरपालिका–२६ गुण्डापुरमा वतन नखुलेका अन्दाजी ३५ वर्षीय सुजन कक्षपती नाम गरेका पुरुष बिहिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।...

आठ विद्यार्थी संगठनद्वारा शिक्षा विभागमा धर्ना

२०७२ वैशाख ३ गते १३:३८

भक्तपुर,३ वैशाख-संस्थागत विद्यालयले गरेको शुल्कवृद्धि तत्काल फिर्ताको माग गर्दै आठ विद्यार्थी सङ्गठनले बिहीबार शिक्षा विभागमा धर्ना दिएका छन् ।   नेपाल विद्यार्थी सङ्घ,अनेरास्ववियु,अखिल (क्रान्तिकारी), मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, अनेरास्ववियु (पाँचौ), राप्रवि सङ्घ,नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टले बिहीबार संयुक्तरुपमा विभागमा धर्ना दिएका हुन् ।   विभागगमा...

बलात्कार अभियोगमा महर्जन पक्राउ

२०७२ वैशाख ३ गते १३:२१

कठमाण्डु,३ वैशाख-तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् ।   किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताए ।   सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी गरे पनि बलात्कार मानिने भएकाले...

प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित

२०७२ वैशाख ३ गते १२:५५

काठमाण्डु,३ वैशाख– प्रहरी सहायक निरीक्षक पदको खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार लिइएको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरिएको छ ।     प्रहरी प्रधान कार्यालयबाट गत साउन ४ गते प्रकाशित बिज्ञापनअनुसार लिखित परीक्षामा समावेश भई उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको हो ।   लिखित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us