सिराहा, ३ बैशाख– बढहरामाल–२ बस्ने प्रकाश राउतको बाँसघारीमा बेबारिसे अवस्थामा खिया लागेको १ थान भरुवा बन्दुक बिहिबार ईलाका प्रहरी कार्यालय बन्दीपुरले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।...
काठमाण्डु, ३ वैशाख– मन्त्रिपरिषदको बिहीबारकाे बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण गोपाल मलेगोलाई कामय मुकायम मुख्य सचिवमा मुकरर गरेको छ । यस अघि चैत ३० को बैठकले उनलाई कायम मुकायम दिने निर्णय गरेको थियो । मुख्य सचिव लिलामणि पौडेलले सार्क राष्ट्रस्तरीय मुख्य सचिवहरुको...
काठमाण्डु, ३ बैशाख– प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरोले संरक्षित बन्यजन्तु चितुवाको छाला १ थानसहित काठमाण्डु नाङलेभार गाबिस–३ बाट दुई जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डु नाङलेभार गाबिस–५ बस्ने ३५ वष्र्षीय जितबहादुर तामाङ र ३० वर्षीय कमल तामाङ रहेका छन् ।...
काठमाण्डु, ३ वैशाख – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनकाे शाेकमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वप्रधानमन्त्री थापाको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले शुक्रबार उनको अन्त्येष्टी राजकीय सम्मानका साथ गर्ने , आधा दिन झण्डा...
दैलेख,३ वैशाख- ढुङ्गा खानीमा ढुङ्गा निकालिरहेका दुई जना कामदारको बिहीबार ढुङ्गासँगै लड्दा ज्यान गएको छ । खानीबाट ढुङ्गासँगै चिप्लिएर लड्दा अन्दाजी तीन मिटर तल च्यापिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पगनाथ–६ का ३८ वर्षीय प्रेमबहादुर थापा र सोही गाविसका वडा नं...
काठमाण्डु, ३ वैशाख– एकीकृत माओवादीले पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता सूर्यबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रवक्ता दीनानाथ शर्माद्वार बिहीबार जारी गरिएको शोक वक्तव्यमा थापाको राजनीतिक सक्रियताको प्रशंसा गरिएको छ । उनको राजनीतिक सक्रियता नेपाली राजनीतिज्ञहरुबीच सधैं प्रेरणाको श्रोत बन्ने वक्तव्यमा...
काठमाण्डु,३ वैशाख-व्यवस्थापिका–संसद्,महिला बालबालिका,ज्येष्ठ नागरिक र समाजकल्याण समितिले बिहीबारको बैठकमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति रञ्जुकुमारी झाका अध्यक्षतामा भएको बैठकले बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजाय दिने विकल्पका रुपमा ‘केमिकल क्यास्ट्रेसन’९रासायनिक बन्ध्याकरण०लाई कानुनी व्यवस्था गर्न पनि निर्देशन...
काठमाण्डु,३ वैशाख- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा हुन गएको असामयिक निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन् । उनको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति हुन गएको बताउँदै नेता देउवाले थापाको...
जाजरकोट,३ वैशाख-स्वाइन फ्लू र मौसमी फ्लू फैलिएको प्रमाणित भएपछि यस जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा माक्स नलगाउनेलाई कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ । जिल्लाका कर्मचारी तथा सेवाग्राही सबैलाई माक्स लगाएर मात्र हिँड्डुल गर्न र कार्यालयमा आउन निर्देशन दिइएको हो । जिल्लाका पैक,पजारु,अछानी,नायकवाडा,रोकायगाउँ,टालेगाउँमा...
काठमाण्डु,३ वैशाख-भारत सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ । आयोगको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गरेका हुन् । हस्तान्तरित गाडीमा महिन्द्रा कम्पनीको १५...
काठमाण्डु,३ वैशाख-प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक,सभासद् एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षका उमेरमा वैशाख २ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको समाचारले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै थापाप्रति श्रद्धाञ्जलि अर्पणका साथ...
काठमाण्डु,३ वैशाख– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलले थापाको निधनले देशको मुलुकको एक भरपर्दो, कुशल एवं शीर्ष राजनीतिक व्यक्तित्व गुमाएको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन् । नेपाली राजनीतिका कैयौ घटनाक्रमका साक्षीका रुपमा...