समाचार

यी बालक को हुन् ?

२०७२ वैशाख २८ गते ११:०६

सिन्धुपाञ्चोक,२८ वैशाख-सिन्धुपाल्चोकको इचोक गाविस–६ चनौटेस्थित रातो पुलमा करिब १२ वर्षको किशोर फेला परेका छन् ।   आफ्नो नाम र ठेगाना बताउन नसक्ने उनी भूकम्पमा परी मानसिक सन्तुलन गुमाएका हुनसक्ने आशङ्का गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको प्रहरीले जनाएको छ ।...

महोत्तरीमा किशोरी बलात्कृत, पीडक फरार

२०७२ वैशाख २८ गते १०:५७

गौशाला,२८ वैशाख-महोत्तरीको परिकौली फुल्हट्टामा एक १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   रोहवर अन्सारीले विभिन्न लोभलालच देखाई तथा...

एमालेले कार्यकर्ताले ढुङगा हान्दा तरुणदलका कार्यकर्ताको मृत्यु

२०७२ वैशाख २८ गते १०:५२

डोल्पा, २८ वैशाख– डोल्पामा एमाले र कांग्रेस निकट तरुणदलका कार्यकर्ताबीच झडप हुँदा तरुणका एक कार्यकर्ताको मृत्यु भएको छ । झडपमा कालिका गाविस–८ तरुण दल कार्यकर्ता गोकर्ण सिंह ठकुरीको मृत्यु भएको जनाइएको छ । त्रिवेणी कालिका सडकखण्डको कालिकामा सबैले काम गर्न पाउनुपर्छ भन्ने र गर्न...

भट्टराइले भने, ‘प्रतिपरिवार २ लाख दिने भनिएको रकम अपुग छ’

२०७२ वैशाख २८ गते १०:५०

दोलखा,२८ वैशाख-पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले भूकम्पपीडित जनताको राज्यले पुनर्वासको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।   हालैको भूकम्पले गराएको क्षतिको अवस्था बुझ्न यहाँ आएका भट्टराईले दोलखा जिल्ला पूर्णरुपमा क्षतविक्षत् भएकाले राज्यले दिने भनेको २५ हजार राहत अपर्याप्त रहेको...

संसद् बैठकः सहमतिको सरकार गठन र संविधान निर्माण एकसाथ…

२०७२ वैशाख २८ गते १०:४१

काठमाण्डु, २८ वैशाख– व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न पार्टीका सांसदहरूले भूकम्पपछिको विपत्तिको स्थितिमा राष्ट्रिय सहमतिको सरकार गठन र नयाँ संविधान जारीका कामलाई एकसाथ लान जोड दिएका छन् ।   भूकम्प प्रभावितका लागि राहत र पुनःस्थापनाका सम्बन्धमा प्रस्तुत ‘सङ्कल्प प्रस्ताव’ माथि छलफलमा भाग लिँदै उहाँहरुले सो...

ठगिदै भूकम्पबाट घाइते जनता !

२०७२ वैशाख २८ गते ९:४९

काठमाण्डु,२८ वैशाख-भूकम्पबाट घाइते भएका जनतालाई निजी अस्पताल र खुद्रा पसलेले मनपरी शुल्क उठाएर दुःख दिइरहेका छन् । सरकारले भूकम्पपीडित जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेपनि निजी अस्पतालले विभिन्न बहानामा मनपरी शुल्क उठाएको पाइएको उपभोक्ताहित तथा संरक्षण मञ्चले जनाएको छ । मञ्चका सचिव विष्णुप्रसाद...

इन्डोनेसियाले ध्वस्त संरचना पुनःनिर्माणका लागि सहयोग गर्ने

२०७२ वैशाख २८ गते ८:४१

काठमाण्डु,२८ वैशाख-नेपालको भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई इन्डोनेसिया सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको छ । उक्त मुलुकले सहायताको आवश्यकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । नेपालका लागि इन्डोनेसियाका राजदूत आइवान विरान्ता एटमाडजाले आफ्नो देशले विपद्को यो घडीमा...

महामारी फैलन सक्छ, छिटो फोहोर व्यवस्थापन गरः वातावरण समिति

२०७२ वैशाख २८ गते ८:०३

काठमाण्डु,२८ वैशाख-व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिले भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर फोहरमैलाको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न तथा राहत वितरणका क्रममा देखिएका प्लास्टिकलगायत अन्य फोहरमैलाको व्यवस्थापन गर्न सहरी विकास...

जापानका राजदूतले भने, ‘नेपालमा हरेक २/३ दशकमा ठूलै भूकम्प जाने अनुमान भएकोले राम्रो तयारी गर्नुपर्छ’

२०७२ वैशाख २८ गते ७:५२

काठमाण्डु,२८ वैशाख-नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पु¥याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताएका छन् ।   राजधानीको चाबहिल चुच्चेपाटीमा जापानी सेनाद्वारा स्थापित स्वास्थ्य शिविरको मंगलबार निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत...

सिन्धुपाल्चोकमा यी मानिसको अवस्था के छ ?

२०७२ वैशाख २८ गते ७:२४

सिन्धुपाल्चोक, २८ वैशख– सिन्धुपाल्चोक जिल्लामा नुवाकोट जिल्लाको सिमानामा पर्ने इचोक–८ मा अझै पनि एकजना बालकको शव निकाल्न सकिएको छैन । सात वर्षीय दावा ग्याल्बो नाम गरेका बालकको अहिलेसम्म पत्ता लगाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी इचोक गाविस–९ मा १२ वर्षीया निकेश तामाङको...

प्रशान्त तामाङले भूकम्पपीडितलाई सहयोग गर्ने

२०७२ वैशाख २८ गते ७:२०

काठमाण्डु, २८ वैशाख– नेपाली भाषि ‘इन्डियन आइडल’ २००७ का विजेता प्रशान्त तामाङ नेपाली भूकम्पपीडितका लागि सहयोग गर्न कन्सर्टमा लागेका छन् । उनी सहयोगका लागि आफ्ना ‘इन्डियन आइडल’ का केही साथीहरुसँग कन्सर्टमा लागेका हुन् । प्रशान्तले कहाँ कसरी सहयोग गर्ने भन्ने कुनै जानकारी नआएता पनि...

आयो एमवीवीएसको नतिजा (नतिजासहित)

२०७२ वैशाख २८ गते ६:४७

  काठमाण्डु, २८ वैशाख– त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नतिजा आइतबार प्रकाशित भएको छ । जसअनुसार चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ६० जना, चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना, नेशनल मेडिकल कलेज वीरगंजका १ सय ७०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us