कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँः उपसभापति खड्का

काठमाण्डु टुडे २०८२ असार १३ गते १७:३० मा प्रकाशित

काठमाण्डू, १३ असार– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउन चुकेको बताएका छन ।

आज (शुक्रबार) नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन ।

उनले कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पुर्‍याउन नसकिएको पनि बताए । उपसभापति खड्काले भने, ‘नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला महत्वपूर्ण काम भएका छन् ।

तर, हामीले गरेका कामहरुलाई जनतामाझ पुर्‍याउन भने सकिरहेका छैनौँ, त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ ।’ उनले भपे, ‘हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पुर्‍याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरूले सो पुर्‍याउन मद्दत पुर्‍यायाउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।’

उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पुर्‍याउन नसकेको गुनासो व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us