समाचार

क्षति जाँज्दै हिडेका इन्जिनियरले भने,‘ घर बनाउँदा ज्योतिषको होइन, इन्जिनियरको सल्लाह लिनुहोला’

२०७२ वैशाख २९ गते ४:१०

काठमाण्डु,२९ वैशाख–डिजाइन गरी नक्साको मापदण्डबमोजिम बनेका राजधानीका अधिकांश घर विनाशकारी भूकम्पबाट सुरक्षित रहेको इन्जिनियरहरुले बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको आह्वानमा भूकम्पले क्षति पु¥याएका घर बस्न योग्य रहे/ नरहेको यकिन गर्ने कार्यमा स्वयम्सेवी रुपमा खटिएका इन्जिनियरहरुको अवलोकनले त्यस्तो देखाएका हुन् । वैशाख १८ गतेदेखि...

सोमबार बेलुका यता चारवटा भूकम्प (भूकम्पको कारण के हो ?भिडियो हेर्नुहोस्)

२०७२ वैशाख २९ गते ३:२०

काठमाण्डु, २९ वैशाख– सोमबार बेलुका यता चार वटा भूकम्पका पराकम्पनहरु महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार सोमबार बेलुका ८ः३५ मा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । त्यस्तै राति ११ः५४ मा सिन्धुपाल्चोकमै केन्द्रविन्दु भएको ४ रेक्टरस्केलको, राति...

वर्षमानले निकाले भूकम्पले रसुवामा पुरिएका २८ रोल्पालीको शव

२०७२ वैशाख २९ गते २:३५

रसुवा, २९ वैशाख– महाभूकम्पपछि रसुवाको हाकुमा हराइरहेका २८ जना रोल्पालीको शव फेला परेको छ । रोल्पालीको शव खोज्न एमाओवादी सचिव वर्षमान पुन, उनकी पत्नि एवं संविधानसभा उपाध्यक्ष ओनसरी घर्ती रसुवा पुगेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका पुन रोल्पा निवासी हुन् । झण्डै १० दिनको पहलपछि...

काठमाण्डुको आकाशमा विदेशी हवाइजहाजको गर्जन बढेपछि….

२०७२ वैशाख २८ गते १३:३६

काठमाण्डु,२८ वैशाख-दुई साताअघि आएको विनाशकारी भूकम्पबाट त्रासमा रहेका नेपाली जनता राति उड्ने हवाइजहाजबाटसमेत त्रसित हुन थालेका छन् ।   वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पारेको प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा लिएर नेपाल आएका ठुल्ठुला हवाइजहाजले निकालेको आवाजले काठमाण्डु उपत्यकाका जनता त्रसित बनेका हुन्...

काभ्रे र सिन्धुपाल्चोकमा प्रहरी महानिरिक्षकको भ्रमण

२०७२ वैशाख २८ गते १३:०५

काठमाण्डु,२८ वैशाख-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक र काभ्रे जिल्लामा क्षति भएका प्रहरी इकाइको सोमबार स्थलगत अवलोकन गरेका छन् ।   अवलोकनका क्रममा उनले त्यहाँ खटिएका प्रहरी कर्मचारीलाई उद्धार,राहत वितरण,भग्नावशेष हटाउन, सरसफाइ गर्न निर्देशन दिनुका साथै प्रहरीद्वारा गरिएका घुम्ती स्वास्थ्य सेवालगायतका गतिविधिका...

एमालेकै पत्रकार भन्छन, ‘वामदेवको मानसिक सन्तुलन ठीक छैन’

२०७२ वैशाख २८ गते १२:५९

काठमाण्डु, २८ वैशाख– भूकम्पले पारेको क्षतीका बारेमा गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा शुक्रबार प्रस्तुत गरेको रिपोर्ट हावादारी भएको भन्दै उनकै पार्टी एमालेका सभासद्हरुले आपत्ति जनाएका छन् । खासगरी दोलखा जिल्लामा भएको क्षतीको विषयलाई लिएर सो जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले सभासद्हरु पशुपति चौलागाई, पार्वत गुरुङ...

भूकम्प पीडितको उद्दारमा खटिएका सुरक्षाकर्मीलाई बढुवा गरः अर्थ समिति

२०७२ वैशाख २८ गते १२:५९

काठमाण्डु, २९ वैशाख– व्यवस्थापिका–संसद्को अर्थ समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सुरक्षाकर्मीको उच्च सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारेको बैठकले उच्च मनोबलका साथ जोखिमपूर्ण काम गर्ने सुरक्षाकर्मीलाई पुरस्कार र पदोन्नतिको व्यवस्था गर्न सरकारलाई भनेको छ । बैठकमा...

भूकम्प पीडितले राष्ट्रपतिसँग भने, ‘वर्षा लाग्यो, बासस्थानको पहल गरिदिनुहोस‘

२०७२ वैशाख २८ गते १२:५२

भक्तपुर,२८ वैशाख-राष्ट्रपति रामवरण यादवले सोमबार भूकम्पबाट प्रभावित भक्तपुरको अवलोकन गरेका छन् ।   उनले वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर क्षति भएको भक्तपुर नगरपालिकाका विभिन्न टोल र भक्तपुर दरबार परिसर,सुकुलढोका,गोल्मढी,सूर्यमढी,जेँला,इनाचो र विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा पुगेर भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिएका थिए ।...

मन्त्रीहरुले विदेशीले दिएको चामल र पाल चोरी गरेका छन्ः प्रभाकर

२०७२ वैशाख २८ गते १२:३७

काठमाण्डु, २९ वैशाख– एमाओवादी नेता एवं सभासद् जनार्दन शर्मा ‘प्रभाकर’ ले महाभूकम्पको विपदमा परेका जनतालाई राहतस्वरुप विदेशीले दिएको सहयोग सरकारका मन्त्रीहरुले दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।   व्यवस्थापिका–संसदको सोमबारको बैठकमा बोल्दै उनले मन्त्रीहरुको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै राहत बाँड्न केन्द्रित रहेको बताए...

आफ्नै पार्टीप्रति काँग्रेसका सांसदहरुको आक्रोश

२०७२ वैशाख २८ गते १२:३१

काठमाण्डु,२८ वैशाख-नेपाली काँग्रेसका सांसदहरूले भूकम्प प्रभावित क्षेत्रमा सरकारद्वारा गरिएका उद्धार तथा राहत कार्यमा आफूहरूले कुनैपनि भूमिका नपाएको भनी असन्तुष्टि पोखेका छन् । काँग्रेस संसदीय दलको सोमबारको बैठकमा बोल्ने अधिकांश सांसद्हरूले भूकम्प प्रभावित आफ्नो जिल्लाका वस्तुस्थितिका बारेमा जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जनप्रतिनिधिको भूमिकाका...

भूकम्प पीडितका लागि यस्तो सुझाव दिए हरिवंश र मदनकृष्णले ?

२०७२ वैशाख २८ गते १२:२०

काठमाण्डु, २८ वैशाख– सामाजिक अभियन्ता तथा कलाकारहरुले प्रधानमन्त्री दैवी प्रकोप कोषलाई थप विश्वसनीय बनाउन कोष सञ्चालन नियमावली परिवर्तन गरेर भएपनि निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । सोमबार सिहंदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आयोजित अन्तरक्रिया कार्याक्रममा उनीहरुले सो सुझाव दिएका हुन् ।   कार्यक्रममा कलाकारहरु...

चट्याङ लागेर ११ वर्षीया बालिकाको मृत्यु

२०७२ वैशाख २८ गते ११:४१

कलैया,२८ वैशाख-बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं १ मा गएराति घरमा खसेको चट्याङबाट एक बालिकाको मृत्यु भएको र अर्का एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । राति सुतिरहेको अवस्थामा वर्षासँगै अचानक खसेको चट्याङबाट सिम्रौनगढ नगरपालिका वडा नं १ बस्ने रामबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us