समाचार

भारतीय सेनाले नेपाली पत्रकारलाई होच्याउँदै भने, ‘छोटा मानिसको दिमाग पनि छोटै’

२०७२ वैशाख २७ गते ९:५५

काठमाण्डु, २७ वैशाख– १२ गते भूकम्प गएयता नेपालमा भारतीयको दादागिरी अचाक्ली बढेको छ । सहयोगका नाममा नेपाल भित्रिएका भारतीय पत्रकारले नेपाल प्रहरीलाई पोखरा विमानस्थलमा झण्डै हातपात नै गरे । अहिले पनि हरेक दिन काठमाण्डु अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको व्यारेकभित्रै भारतीय सेनाको चर्को दादागिरी चल्ने...

शुक्रबार साँझ हराएकी नाबालिका मृत फेला

२०७२ वैशाख २७ गते ९:१३

लहान,२७ वैशाख-सिरहाको लहान नगरपालिका–१ स्थित आफ्नै घरमा खेल्दाखेल्दै शुक्रबार साँझ हराएकी तीन वर्षीया नाबालिका आइतबार बिहान मृत अवस्थामा भेटिएकी छन् ।   स्थानीय रामउद्गार यादवकी छोरी प्रिति यादवको शव छिमेकीको पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।   इलाका प्रहरी...

स्वर्गद्वारी दर्शन गरेर फर्केका एकै परिवारका ३ जनाको मृत्यु

२०७२ वैशाख २७ गते ९:०१

प्यूठान,२७ वैशाख-प्यूठानमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बा११च १०५३ नम्बरको मोटरबाट स्वर्गद्वारी दर्शन गरेर फर्केका दाङ लालमटिया–४ का एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कार दुर्घटना हुँदा स्वर्गद्वारीमा पूजा गरेर फर्कंदै गरेको कार तिराम...

 लाङटाङ हिमपहिरोमा ४६ जनाले ज्यान गुमाए

२०७२ वैशाख २७ गते ८:४३

रसुवा,२७ वैशाख-लाङटाङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।   जिल्लाको हाकु इलाकामा २३,दलदुङ १२,मैलुङमा पाँच र आधार शिविरमा छ गरी ४६ वटा शव फेला परेका छन् । नेपाली सेनाको महावीरगणका अनुसार हाकु इलाकाको शव नुवाकोटको शान्तिबजारमा ल्याएर आफन्तलाई बुझाइने...

वर्षायाम अघिनै बसोबासको व्यवस्था गर्न सांसदहरुको माग

२०७२ वैशाख २७ गते ८:२५

काठमाण्डु,२७ वैशाख-व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विभिन्न दल सम्बद्ध सांसदहरुले शनिबार प्रस्तुत गरिएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्नो धारणा राख्दै भूकम्प पीडितका लागि वर्षायाम अगावै अस्थाई बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।   बैठकको सुरुमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले तत्काल राहत,सुरक्षित आवास र पुनःनिर्माणको कामलाई प्रभावकारी...

धरहराको टुप्पाबाट मान्छे उछिट्टिएको देख्दा….

२०७२ वैशाख २७ गते ८:१०

काठमाण्डु,२७ वैशाख-‘ऐया.. मरेँ आमा, मरेँ..’ बच्चाको आवाजले नारायणगोपाल महर्जनको मन द्रविभूत भयो । धरहरा नजिकै बसको टिकट बेच्न बसेका मनकारी महर्जन भूकम्पको झड्कासँगै ढलेको धरहराको भग्नावशेषबाट आइरहेको आवाजतर्फ लागे, उद्धारमा जुटे ।   भग्नावशेषमा हेर्दा १०/१२ वर्षका बच्चासँगै उनका आमाबुबा पनि घाइते भएका थिए...

भूकम्पले घरमात्र लगेन, खेती भित्र्याउने परिवार समेत लगेपछि…

२०७२ वैशाख २७ गते ७:५२

  भक्तपुर,२७ वैशाख-विनाशकारी भूकम्पले घर भत्काएपछि पालको बास भएका किसानको खेतभरि गहुँको रास भएपछि यतिखेर चिन्तामाथि चिन्ता थपिएको छ ।   भूकम्पले आहत बनाएका उनीहरुलाई खेतमा फलेको आलु र पाकेको गहुँ भित्र्याउने ठाउँसमेत नभएपछि पीडामाथि पीडा थपिएको हो ।   भक्तपुरका किसानले रोपेको आलु...

बन्दीले गरे भूकम्प पीडितलाई सहयोग

२०७२ वैशाख २७ गते ७:०९

इलाम,२७ वैशाख-इलाम कारागारका ३५५ बन्दीले भूकम्पपीडितलाई १६ हजार प्रदान गरेका छन् । उक्त रकम जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको छ ।   यसैगरी जिल्लाकै सबैभन्दा ठूलो सहकारी शताब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगद २५ हजार ५५५ प्रमुख...

वर्षा अगावै राहतका कार्यक्रम सम्पन्न गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले दियो निर्देशन

२०७२ वैशाख २७ गते ६:५०

काठमाण्डु, २७ वैशाख– व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आगामी एक महिनाभित्र भूकम्पपीडितलाई राहत सामग्री वितरण र अस्थायी टहरा निर्माणको काम सम्पन्न गर्न सरकारलाई निर्र्देशन दिएको छ । समितिको आइतबारको बैठकले वर्षायाम प्रारम्भ हुन लागेकाले प्रभावितलाई त्रिपालमै राख्दा थप समस्या, हुने खेतीपाती गर्नुपर्ने...

प्रधानमन्त्री कोइराला र चिनियाँ राजदूत छुन्ताईबीच भेटवार्ता

२०७२ वैशाख २७ गते ६:१७

काठमाण्डु,२६ वैशाख– प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि चीनका राजदूत ऊ चुन्ताईले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । भेटमा नेपालमा हालै आएको भूकम्पले गरेको क्षति,उद्धार र राहत कार्यको बारेमा कुराकानी भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले अकल्पनीय विपत्ति भोग्नुपरेको र...

नेपालका बच्चुकैलास कैनी बेलायती काउन्सिलरमा विजयी

२०७२ वैशाख २७ गते ५:५०

काठमाण्डु, २७ वैशाख– तनहुँको घाँसीकुवा, कमलबारीमा जन्मिएका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै निर्वाचित एका हुन् । देशैभर लेभर पार्टीको कमजोर नतिजा निस्किरहेको बेला कैनी आफ्नो क्षेत्रमा...

गृह मन्त्रालयले पठायो १३ प्रभावित जिल्लामा राहत रकम (जिल्ला र रकमसहित)

२०७२ वैशाख २७ गते ५:१९

काठमाण्डु, २७ वैशाख–गृह मन्त्रालयले भूकम्पबाट प्रभावितमध्ये १३ जिल्लामा शनिबारका आर्थिक राहत पठाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि उक्त रकम खर्च गरिने मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यो प्राम्भिक राहत रकम भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us