
काठमाण्डू, १३ असार– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन ।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले पुडासैनीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।
यसअघि प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. राजन खनाल रहेका थिए ।