समाचार

मनोचिकित्सकहरु भन्छन्, ‘भूकम्पबाट त्रसित हुनुहुन्छ भने परिवारबाट टाढा नहुनुहोस्’

२०७२ वैशाख ३० गते ९:१७

काठमाण्डु,३० वैशाख-भूकम्पको निरन्तर पराकम्पले समाजमा असामान्य परिस्थिति सिर्जना गरेको भन्दै यसलाई सामान्य स्थितिमा फर्काउन आफ्नो मन र मस्तिष्कलाई तनावरहित बनाउन मनोचिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले मन र मस्तिष्कलाई तनावरहित बनाउनका लागि आफूलाई जे काम गर्दा बढी आनन्द, रमाइलो,खुसी आउँछ त्यही गर्न सुझाव दिएका...

भूकम्प पीडितका नाममा आएका त्रिपाल सभासदलाई बाँडियो

२०७२ वैशाख ३० गते ८:४७

काठमाण्डु, ३० वैशाख–संसद सचिवालयमा बधबार एउटा गज्जवको दृश्य देखियो । दृश्यमा सभासदहरु लाइनमा बसेका थिए । संसद सचिवालयले त्रिपाल वितरण गरिरहेको थियो भने सभासदहरु लाइन लगाएर पाल लिइरहेका थिए । तर ती पाल सभासदहरुलाई वितरण गर्नका लागि नभई भूकम्प पीडितका लागि आएका त्रिपाल थिए...

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार २ सय १९ पुग्यो

२०७२ वैशाख ३० गते ८:४३

काठमाण्डु, ३० वैशाख– गत वैशाख १२ गते र हिजो गएका भूकम्पमा परी आठ हजार २१९ जनाको मुत्यु भएको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १ सय ५४ र हिजोको भूकम्पबाट ६५ जनाको मृत्यु भएको हो...

भूकम्पबाट दोलखामा मृत्यु हुनेको संख्या ५४, (नामसहित)

२०७२ वैशाख ३० गते ८:३६

दोलखा,३० वैशाख-दोलखामा मङ्गलबार गएको भूकम्पबाट ५४ जनाको मृत्यु भएको छ । अन्य २०६ जना घाइते भएका छन् । भूकम्पबाट मृत्यु हुनेमा काटाकुटी गाविसका दुई वर्षीया जेनिशा खड्का,भीमेश्वर नगरपालिका–१ का १० वर्षीय नवीन राउत, लाकुरी गाविसका प्रेमाडोल्मा शेर्पा, भीमेश्वर नगरपालिका–५ का चित्रप्रसाद चौलागार्इं र उनकी...

यस कारण मंगलबारको भूकम्प १२ गतेको पराकम्पन नै हो

२०७२ वैशाख ३० गते ८:०९

–जापानमा ९ रेक्टरस्केलको भूकम्पपछि ९ सय वटा पराकम्पन आए । तीन महिनासम्म पराकम्पन महसुस गरियो । पराकम्पन मध्ये छ रेक्टरस्कलेसम्मका ६० वटा पराकम्पन गए । ७ रेक्टरस्केलसम्मका ३ वटा पराकम्पन महसुस गरियो । काठमाण्डु, ३१ वैशाख– शनिबार गएको भूकम्प ७ दशमलव ८ रेक्टर स्केलको...

उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै नेपाली सेना

२०७२ वैशाख ३० गते ७:४८

काठमाण्डु, ३० वैशाख– वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि खोज, उद्धार, राहत र भग्नावशेष हटाउने कार्यमा निरन्तर खटिँदै आएको नेपाली सेनाले मङ्गलबारको शक्तिशाली पराकम्पनपछि प्रभावित क्षेत्रमा प्रभावकारिताका साथ सो कार्य अघि बढाएको छ । मङ्गलबारको पराकम्पनपछि विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएको अवस्थामा...

‘भूकम्पको हल्ला फैलाउनेलाई कारवाही हुन्छ’

२०७२ वैशाख ३० गते ७:२४

काठमाण्डु, ३० वैशाख– भूकम्प सम्बन्धी भ्रामक हल्ला फैलाउनेलाई प्रहरीलेकारवाही गर्ने जनाएको छ । प्रहरी प्रवक्ता कमल सिंह बलमे काठमाण्डु टुडेसँग कुरागर्दै भने, ‘भूकम्पको विषयलाई लिएर भ्रामक हल्ला फैलाउने जो कोहीलाई पनि कारवाही हुन्छ । यस्ता गतिबिधि भएको थाहा पाएमा तुरुन्तै प्रहरीलाई खबरगर्नूहोला ।’ यसअघि...

मंगलबारको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुग्यो

२०७२ वैशाख ३० गते ६:५१

काठमाण्डु, ३० वैशाख– मंगलबार गएको पराकम्पनका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । जसमा दुई हजार मानिस घाइते छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रकाले जनाएअनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्य अझै जारी रहेकाले सो संख्या बढ्न सक्ने जनाइएको छ ।...

बिबिसी र सिएनएनको हवला दिँदै फेरि भूकम्प जाने हल्ला

२०७२ वैशाख ३० गते ६:४३

ती सञ्चारमाध्यमले के खबर दिए ? काठमाण्डु, ३० वैशाख– मंगलबारको भूकम्पपछि मुलुकभर फेरि अर्को शक्तिशाली भूकम्प जान्छ भन्ने अफ्वाह फैलिएको छ । सिएनएन वा बिबिसी जस्ता समाचार संस्थाको हवाला दिँदै नेपालमा फेरि ९ रेक्टर स्केलको भूकम्प जान्छ भन्ने हल्ला व्याप्त छ । यथार्थमा त्यस्तो...

भूकम्प पीडितका लागि मोरङले ग¥यो प्रधानमन्त्री राहत कोषमा करोड नगद जम्मा

२०७२ वैशाख ३० गते ६:३२

मोरङ, ३० वैशाख–वैशाख १२ गतेदेखि यता विभिन्न चरणमा गएको भूकम्प पीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड नगद जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार प्रधानमन्त्री राहत कोषमा रु...

मंगलबारको भूकम्पपछि तीन दर्जन भूकम्प (तालिकासहित)

२०७२ वैशाख ३० गते ६:०९

काठमाण्डु, ३० वैशाख– मंगलबार दोलखा र सिन्धुपाल्चोकको सिमानालाई केन्द्रबिन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्पपछि तीन दर्जन बढी पटक भूकम्पको धक्का महसुस गरिएको छ । २६ वटा भूकम्प दोलखालाई केन्द्रविन्दु बनाएर गएका छन् । दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायत जिल्लालाई केन्द्रविन्दु बनाएर गएको...

बस र टिपर ठोक्किँदा नवलपरासीमा तीन जनाको मृत्यु, २४ घाइते

२०७२ वैशाख ३० गते ६:०३

नवलपरासी, ३० वैशाख– नवलपरासीको सुनवल–७ ज्यामिरेमा बुधबार माइक्रो बस र टिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ३८७४ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८४७५ नम्बरको टिपर एकापसमा ठक्कर खाँदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us