समाचार

चीन जानुभन्दा पहिले के भने मोदीले कोइरालालाई?

२०७२ वैशाख ३० गते १५:१६

काठमाडौं,३०बैशाख । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार(आज) अपरान्ह टेलिफोन वार्ता भएको छ । वार्तामा दुइ प्रधानमन्त्रीहरुका बीचमा नेपालमा हालै आएको भूकम्प, त्यसले पुर्याएको धनजनको क्षति,खोजी,उद्धार र राहतका प्रयासहरुका साथै दुइदेशका बीचको आपसी मैत्रीपूर्ण सम्बन्धका बारेमा कुरा भएको थियो । वार्ताका...

सभासदलाई बाँडिएको त्रिपाल एमाओवादीको दबाबमा भूकम्प प्रभावित क्षेत्र पठाइयो

२०७२ वैशाख ३० गते १५:१२

काठमाण्डु, ३० वैशाख– एकीकृत माओवादीको विरोधपछि सभासदका लागि वितरण गर्ने भनेर ल्याइएको त्रिपाल भ्रकम्प अतिप्रभावित जिल्ला दोलखा पठाइएको छ । भारतीय सरकारको सौजन्यमा ६ सय १ सभासदका लागि सरकारले बिहीबार त्रिपाल वितरण गरेको थियो । संसद सचिवालयमार्फत कतिपय सभासदले त्रिपाल बुझेर लगिसकेका थिए ।...

एमाओवादी नेता विकको निधन

२०७२ वैशाख ३० गते १२:५६

पर्वत, ३० वैशाख–एकीकृत माओवादी नेता कृष्ण विकको मंगलबार राति असामयिक निधन भएको छ । विगत तीन वर्षदेखि जन्डिस रोगबाट पीडित विकको मंगलबार राति निधन भएको हो । दलित आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका विक एकताकेन्द्र पर्वतको सचिव हुँदै एमाओवादी पर्वतको सचिव समेत बनिसकेका नेता...

जनताका घरमा खरानी उडिरह्यो, सरकारी कार्यालयमा भने इन्जिनियरहरुको चाप

२०७२ वैशाख ३० गते १२:५५

काठमाण्डु,३० वैशाख-लाखौं सर्वसाधारण घरबारबिहिन भएर आफ्नो घरको भग्नावशेष नियालेर बसिरहेका बेला सरकारी कार्यालयका भवनहरुमा भने दोहोर्याई दोहोर्याई प्राविधिक अध्ययन सहित नापजाँच गराइरहेको पाइन्छ । मङ्गलबार गएको ठूलो पराकम्पनपछि सहरी विकास तथा भवन निर्माण विभागमा दोस्रोपटक सरकारी कार्यालय भवनको प्राविधिक अध्ययनसहितको नापजाँच गराउने माग बढ्न...

मंगलबारको भूकम्प ‘भर्टिकल’ कि ‘होरिजन्टल’ ?

२०७२ वैशाख ३० गते १२:२१

काठमाण्डु, ३० वैशाख– मंगलबार गएको भूकम्पले धेरै हल्लायो । तर अनुभव सबैको आ–आफ्नै छ । कसैले तयो भूकम्पले तलमाथि(भर्टिकल) हल्लायो भनेका छन्, कसैले दायाँबायाँ (होरिजन्टल) । विज्ञहरुकाअनुसार सामान्यतः भूकम्पको हल्लाई न भर्टिकल मात्रै हुन्छ न होरिजन्टल मात्रै । धेरे जसो भूकम्प दुवै किशिमका कम्पन...

के भूकम्प आउँदैछ भन्ने कुरा जनावरले पहिल्यै थाहा पाउँछन् ?

२०७२ वैशाख ३० गते १२:२०

काठमाण्डु, ३० वैशाख– जनावरको आनीबानीका आधारमा भूकम्पको भविष्यवाणी गर्ने बारे जापान, चीनलगायत मुलुकहरुमा अध्ययन भइरहेको छ । यदि कुकुरहरु एकनासले कराउँन थाले भने, चराहरु एकै पटक कराउँदै उडे भने, माछाहरु खोला, ताल किनारमामा जम्मा भए भने बुझ्नु पर्छ चाँडै नै भूकम्प आउँदैछ । त्यति...

कालोबजारी गर्ने पाण्डे प्रहरी हिरासतमा

२०७२ वैशाख ३० गते १२:१२

काठमाण्डु, ३० वैशाख– महाविपदको फाइदा उठाई काठमाण्डुमा कालोबजारी गर्ने एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका ३४ कोटेश्वर बस्ने कैलालीका ३२ वर्षीय लोकराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेले काठमाण्डु शान्तिनगर गेटमा खुल्लमखुल्ला १ सय ५० पर्ने म्याट्रेसलाई प्रतिमिटर ५ सय...

मङ्गलबारको भूकम्पबाट देशभर ७६ को मृत्यु

२०७२ वैशाख ३० गते ११:२६

काठमाण्डु, ३० वैशाख– मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि मुलुकभर मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । भूकम्पपछि...

भूकम्पपीडितलाई राहत बाँड्ने सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित

२०७२ वैशाख ३० गते ११:०२

काठमाण्डु, ३० वैशाख– व्यवस्थापिका–संसद्को बुधबारको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै सबै मतान्तर बिर्सिएर सहकार्य, सहमति र एकताका...

सिएनएन र बिबिसी पनि भूकम्पको रेक्टर स्केलमा चुके

२०७२ वैशाख ३० गते १०:२७

काठमाण्डु, ३० वैशाख– मंगलबार दिउँसो गएको भूकम्प ७ दशमलव ३ रेक्टरस्केलको हो भन्दै बिबिसी र सिएनएन जस्ता प्रतिष्ठित समाचार संस्थाहरुले खबर सम्प्रेषण गरे । विज्ञको मतमा उनीहरुले गलत स्रोत प्रयोग गरे जसका कारण सूचना गलत हुन पुग्यो । जियोटेक्निकल इन्जिनियरिङमा विद्यावारिधि गरेका डा.दीपकराज भाट...

साना किसान विकास बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा २३ लाख सहयोग

२०७२ वैशाख ३० गते १०:१३

काठमाण्डु, ३० वैशाख– साना किसान विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले २३ लाख ९ हजार ९८ रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए...

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, तीनजना गम्भीर घाइते

२०७२ वैशाख ३० गते ९:५८

रौतहट,३० वैशाख-रौतहटको चन्द्रनिगाहपुरमा बुधबार अपराह्न सवारी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।   गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत चन्द्रनिगाहपुर बजारमा ना१ख ७५१ नम्बरको ढुङ्गा बोकेको ट्रकले ठक्कर दिँदा इ–रिक्सामा सवार सर्लाही जिल्ला रानीगन्ज गाविस बस्ने करिब ३५ वर्षीय सन्तोष भट्टराईको मृत्यु भएको इलाका प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us