काठमाण्डु, २२ जेठ– शुक्रबार बिहान एभिन्यूज टेलिभिजनको समाचार कक्षमा आगलागी भएको छ । आगलागीका कारण समाचार कक्षमा रहेका कम्यूटरलगाएतका सामानमा क्षति पुगेको टेलिभिजनले जनाएको छ । हाई भोल्टेजका कारण लागेको आगो टेलिभिजनका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।...
काठमाण्डु, २२ जेठ– व्ययस्थापिका संसदको विकास समितिले भूकम्पले क्षति पु¥याएका बस्ती मानिसलाई अन्यत्र सार्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले भूकम्पबाट प्रभावित क्षेत्रमा रहेका बस्तीका मानिसहरुलाई वर्षाअघि नै सुरक्षित स्थानमा सारेर थप क्षति हुनबाट रोक्न सरकारको ध्यानाकर्षण गराएको हो । समितिले...
काठमाण्डु, २२ जेठ– स्वास्थ्यको कारण देखाउँदै एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि प्रमुख चार दलको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि बोलाइको बैठकमा कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका नेताहरु पुगेका थिए । करिब एक घण्टापछि...
विराटनगर,२२ जेठ– भोजपुरमा बिहीबार साँझ रुखबाट लडेर एक महिलाको मृत्य भएको छ । बोया–९ की ३५ वर्षीया कुमारी तामाङको घरनजिकै खेतमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेपछि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।...
धनुषा,२२ जेठ – महोत्तरी तथा धनुषाको संयुक्त जेल जलेश्वर कारागारमा सोलार जडान गरिएको छ । कारागार व्यवस्थापन विभागको पहल तथा शान्ति मन्त्रालयको आर्थिक सहयोगमा कारागारमा तीन थान सोलार जडान गरिएको हो । सोलारले कारागारभित्र ३५ वटा बत्ती बाल्न सक्नेछ । सोलार जडानपछि कारागारको सुरक्षा...
चितवन, २२ जेठ – युवा समाज नेपाल चितवनले ३०० भन्दा बढी बालबालिकालाई मनोविमर्श सेवा दिएको छ । भूकम्प प्रभावित बालबालिका खोजेर मनोविमर्श सेवा दिएको युवा समाज नेपाल चिवतनका अध्यक्ष केशवप्रसाद रेग्मीले जानकारी दिए । स्कुल बाल क्लब तथा विभिन्न संस्थामा पुगेर भूकम्प प्रभावित बालबालिका खोज्दै...
विराटनगर २२ जेठ – एकिकृत माओवादीका नेता हरिबोल गजुरेलले संबिधान जारी गरेर पुननिर्माण योजना बनाइसकेपछि मात्र नयाँ राष्ट्रिय सरकार बनाउनु हितकर हुने बताएका छन् । शुक्रबार विराटनगरमा क्रान्तिकारी पत्रकार संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले राष्ट्रिय सरकार बनाए पछि संबिधान जारी...
काठमाण्डु, २२ जेठ– नियमित मर्मत सम्भारको कारण देखाउँदै त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन शुक्रबार बिहान १० बजेसम्मका लागि बन्द भएको छ । अन्य सेवाहरु भने सुचारु रहेको विमानस्थलले जनाएको छ ।...
रसुवा, २२ जेठ – विनाशकारी भूकम्पका कारण मृत्यु भएका पाँचसय भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद भट्टराईका अनुसार ५१६ जना मृतकका आफन्तलाई रु ४० हजारका दरले राहत वितरण गरिएको हो । यसैगरी घर पूर्णरुपमा क्षति भएका...
काठमाण्डु, २२ जेठ– काठमाण्डु धेरै घरहरू भत्केपछि अधिकांश डेरावाललाई यतिखेर डेराको चरम समस्या देखिएको छ । घर चर्केपछि अझै कतिपय स्थानमा सर्वसाधारण पालमुनि बस्न बाध्य भएका छन् । काठमाण्डु बाहिर विभिन्न जिल्लामा स्थायी बासोवास भई विभिन्न सेवा, पेसा व्यवसायमा संलग्न व्यक्तिको काठमाडौँमा चलिरहेको दैनिकी...
इलाम, २२ जेठ – जिल्ला शिक्षा कार्यालय इलामले दरबन्दी मिलानको प्रक्रिया सँगसँगै विद्यालय गाभ्ने अभियानसमेत सुरु गरेको छ । पन्ध्र वर्षदेखि थाँती रहेको दरबन्दी मिलान कार्ययोजना पारित भएसँगै प्रक्रिया अघि बढेको हो । जिशिका सम्वाद समितिको सहयोग र शिक्षा समितिले प्रावि, निमावि, मावि सञ्चालित...
महोत्तरी, २२ जेठ – पखालाका कारण महोत्तरीको बर्दिबासमा गएराति एक महिलाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–१ स्थित पञ्चधुरा होटल एन्ड गेस्ट हाउसमा सफाइको काम गर्दै आएकी ६० वर्षीया महिलाको मृत्यु भएको हो । केही दिनदेखि झाडापखालाबाट ग्रसित ती महिलाको गएराति उपचारको क्रममा बर्दिबासस्थित...