कलैया, २१ जेठ-बारा जिल्लाको उत्तर पर्ने झिटकैहिया गाविस–२ मा बिहीबार बिहान वर्षासँगै परेको चट्याङबाट एक बालकको मृत्यु हुनाका साथै दुई बालक गम्भीर घाइते भएका छन् । सोही ठाउँ बस्ने अमेरिका ठाकुरका १४ वर्षीय छोरा सन्देश साथीहरुसँग घर नजिकै आँप बगैँचामा आँप टिप्न गएको...
काठमाण्डु, २१ जेठ-नापी विभागले भूकम्पका कारण काठमाण्डु उपत्यका तथा त्यस आसपास क्षेत्रका भौगोलिक अवस्थामा परिवर्तन आएको जनाएको छ । विभागले वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली परकम्पले पु¥याएको प्रभावका बारेमा गरेको अनुसन्धानले जमिनमा फेरबदल आएको पाएको हो । विभागले काठमाण्डु...
दैलेख, २१ जेठ-अन्ठाउन्न वर्षीय झुपा विक नाविस्थान मन्दिर क्षेत्रमा ३३ वर्षदेखि काम गर्छन् । मन्दिर क्षेत्र सरसफाइको जिम्मा पाएका विकले काम थालेदेखि नै तलब पाएका छैनन् । गमौडी–८ घर भएका विक दैनिकजसो मन्दिर क्षेत्र सरसफाइ गर्छन् । मन्दिरमा सङ्कलन भएको पैसाबाट तलब दिइने भनेर...
परीक्षा केन्द्र हेर्न यहाँ थिचौँ ...
झापा,२१ जेठ-पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ मा ट्रकको ठक्करबाट एक व्यक्तिको बिहीबार बिहान मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकको ठक्करबाट बिर्तामोड नगरपालिका– ५ निवासी ४५ वर्षीय रुद्र परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।...
झापा, २१ जेठ– छोरालाई स्कुल पु¥याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ । छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पु¥याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८...
काठमाण्डु, २१ जेठ-प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ । बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै आयोग बनाइ टुङग््याउनुपर्ने विषयमा...
काठमाण्डु, २१ जेठ– बिहीबार बस्ने भनेको संविधानसभा वैठक सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि विभिन्न कारणले ५ पटकसम्म स्थगित भएको वैठक यसपटक प्रमुख तीन दलले सहमतिका लागि समय मागेकाले २५ गते सोमबारसम्मका लागि स्थगित भएको हो । संविधानसभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित...
सुनसरी, २१ जेठ– मोरङ मृगौलीया–८ बस्ने ४१ बर्षीय भक्त भनिने योगीराम दाहाललाई प्रहरीले चाईनिज पेस्तोल १ थान सहित पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले दाहाललाई बुधबार इटहरी नगरपालिका–४ स्थित सेकुवा...
काठमाण्डु, २१ जेठ–एमाले र एमाओवादीबीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ । सिंहदरबारमा बिशीबार भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा मतैक्यता...
कपिलवस्तु, २१ जेठ-कपिलवस्तुको निग्लीहवा गाविस–७ पचेहरामा निर्माणाधीन भवनको सेफ्टी ट्यांकमा निस्सासिएर बिहीबार पाँच जनाको मृत्यु भएको छ । स्थानीयवासी प्रकाश केवटको बन्दै गरेको घरको ट्यांकभित्र पसेका पाँचै जना मजदुरको अक्सिजनको अभावमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाणगङ्गा–७ का १८ वर्षीय रमेश पासी,...
महोत्तरी, २१ जेठ–महोत्तरीको लक्ष्मीनियाँमा बिहीबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । घरमा बसिरहेको समयमा खसेको चट्याङ लागेर लक्ष्मीनियाँ–३ का ६५ वर्षीय रामवृक्ष सिंहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले बताए । घाइते भएका सिंहको उपचारका क्रममा महोत्तरीको...