काठमाण्डु, २१ जेठ– प्रमुख तीन दलका नेताहरुले सहमतिका लागि केही दिन समय थप्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग आग्रह गर्ने निर्णय गरेका छन् । बैठकमा दलहरुले सोमबारसम्म म्याद दिन नेम्वाङलाई आग्रह गर्ने निर्णय गरेका हुन् । बिहीबार बिहान बालुवाटारमा कांग्रेस, एमाओवादी र एमाले संसदीय दल...
जुम्ला, २१ जेठ– जुम्लाको घोडेमहादेव वाविसको जनजागृति माविका प्रधानध्यापकसहित आधा दर्जन शिक्षक २ महिनादेखि विद्यालय गएका छैनन् । जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले निरीक्षण गर्दा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको पाइएको हो । विद्यालयमा प्रधानध्यापक रामदयाल कामती, अंग्रेजी शिक्षक सुरेन्द्रकुमार...
रुपन्देही, २१ जेठ– चिल्हिया गाविस रुपन्देहीलाई पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ । चिल्हिया गाविसको आयोजना तथा जागरण मिडिया सेन्टरको सहकार्यमा रुपन्देही क्षेत्र नं २ का सभासद् तथा राप्रपा संसदीय दलका नेता दीपक बोहराले एक कार्यक्रमबीच बुधबार...
काठमाण्डु, २१ जेठ– गत १२ वैशाखमा गएको भूकम्प र त्यसयता पटकपटक आएको पराकम्पनबीच सबैका परिवार एकै ठाउँमा जम्मा भएर बसे । वर्षौंसम्म बोलचाल बन्द भएकाहरुको सम्बन्ध भूकम्पपछि नवीकरण भयो । तर, यति ठूलो विपत्तिका बेलासमेत पत्नि हिमानीले वास्ता नगरेपछि पूर्वयुवराज पारस साह तनावमा छन्...
भक्तपुर, २१ जेठ – जिल्ला कृषि विकास कार्यालय भक्तपुरले भूकम्पले पूर्णरुपमा घर भत्किएर बीउ झिक्न नसकेका पीडित कृषकलाई निःशुल्क धानको बीउ वितरण गरेको छ । जिल्लामा १७ हजार ९३० किलो धानको धानको बीउ कृषकलाई वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बताए...
म्याग्दी, २१ जेठ – पहिरो, नदी कटान र भूक्षयका कारण नजिकिँदो बर्खामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि म्याग्दीमा सतर्कता अपनाइएको छ । म्याग्दीस्थित प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको पहिचान गर्न थालेका छन् भने समुदाय आफैँ अग्रसर भएर तटबन्ध, पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापनमा जुटेका छन्...
धादिङ, २१ जेठ – भूकम्पले भत्केका घरमा परेर नष्ट भएका बिजुली मिटर नेपाल विद्युत् प्राधिकरणले निःशुल्क जडान गरी दिने तयारी गरेको छ । विद्युत् प्राधिकरण धादिङले धादिङका भूकम्पपीडित ग्राहकलाई राहतस्वरुप मिटर बक्स निःशुल्क दिने तयारी गरेको हो । प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म धादिङ जिल्लामा १०० वटा...
लहान, २१ जेठ – जिल्ला वन कार्यालय सिरहाले विभिन्न समयमा तस्करबाट पक्राउ गरेको गोलिया र चिरान काठ नष्ट हुन थालेको छ । वन कार्यालय र प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद भएको काठलाई लामो समयदेखि लिलामी प्रक्रियामा नलगी थन्काइ राख्दा रु तीन करोडभन्दा बढी मूल्य...
गौशाला, २१ जेठ – महोत्तरी प्रहरीले गएराति जिल्लाको धमौरा गाविसबाट हजारौँको रिचार्ज कार्डसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धमौरा गाविस–८ बस्ने २७ वर्षीय जीतेन्द्रकुमार शर्मा, २५ वर्षीय शनाउल्लाह अन्सारी र वडा नम्बर ९ बस्ने १७ वर्षीय हैदर राईन रहेको जिल्ला प्रहरी कार्यालय...
कपिलवस्तु, २१ जेठ – कपिलवस्तुको बलरमवापुर गाविस–३ स्थित प्रभातनगर र विजयनगरका स्थानीय बासिन्दा डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले बिग्रिएको ट्रान्सफर्मर बनाउनमा चासो नदेखाएकाले आफूहरु गर्मीको समयमा निकै समस्यामा परेको पूर्व वडा अध्यक्ष जितइभरले बताए । पीडितले बारम्बार...
विराटनगर, २१ जेठ – विषालु सर्पको डसाइपछि आवश्यक उपचारमा प्रयोग गरिने प्रतिरोधात्मक औषधि (एन्टिस्नेक भेनम) पूर्वाञ्चलमा पर्याप्त मात्रा मौज्दात रहेको छ । पूर्वाञ्चलको खासगरी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित अस्पताल र सर्पदंश केन्द्रमा मागबमोजिम पठाइ सकिएको र हाल एक हजार २००...
अर्घाखाँची, २१ जेठ – विज्ञान विषयको शिक्षक नहुँदा आफूहरुको पढाइ प्रभावित भएको भन्दै गौरा मावि ठाडा रजीयाका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् । छ महिनादेखि निमावि तथा मावि तह दुवैमा विज्ञान विषयको शिक्षक नियुक्ति हुन नसक्दा आफूहरुको पढाइ प्रभावित भएको भन्दै गएको आइतबारदेखि विद्यार्थीले...