जनकपुरधाम, २० जेठ-सत्तासाझेदार दल नेकपा एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । धनुषाको सबैलामा भएको हत्या काण्डका फरार अभियुक्त यादवलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी दिए । यादवलाई प्रहरीको विशेष टोलीले धनुषाको प्रखे...
दोलखा,२० जेठ-अस्थायी आवासवापतको १५ हजार रकम बाँड्न समस्या देखाउँदै दोलखाका गाविस सचिवहरू गाउँ जान मानेका छैनन् । राहत वितरण गर्दा भूकम्पपीडितको पहिचान गर्न समस्या भएको र रकम दुरुपयोग हुनसक्ने कारण देखाउँदै सचिव गाउँ जान नमानेका हुन् । उनीहरूले स्थानीयस्तरमा राजनीतिक संयन्त्रले समेत सहयोग...
काठमाण्डु, २० जेठ– सभासदहरुले सरकारले संकलन गरेको भूकम्पको क्षतिको विवरण त्रुटीपूर्ण रहेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । व्यवस्थापीका संसद अन्र्तगतको राष्ट्रिय विपद व्यवस्थाप अनुगमन तथा निर्देशन समिति अन्र्तगतका उपसमितिहरुले विभिन्न जिल्लामा सरकारी प्राविधिक टोलीले संकलन गरेको क्षतिको विवरण पर्याप्त नभएको बताएका...
बझाङ, २० जेठ– जिल्लास्थित सुरमा–९ काडाबाट दुई नाल भरुवा बन्दुकसहित दुई बाबुछोरा पक्राउ परेका छन् । सुरमा गाविसका लालु बोहरा र उनका छोरा वकिल बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । उनको घरबाट एक नाल लोड गरेको र एक नाल खाली भरुबा बन्दुक समेत प्रहरीले बुधबार...
सप्तरी,२० जेठ- सर्पको डसाइबाट बुधबार सप्तरीमा एक बालिकाको मृत्यु भएको छ । तरही गाविस–३ निवासी चलितर मुख्याको १४ वर्षीया छोरी आरतीकुमारीलाई सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । एक महिनाको अवधिमा सप्तरीमा तीन दर्जनभन्दा बढी सर्पदंशको बिरामी...
तेह्रथुम,२० जेठ– जिल्लाको मोरहाङ–३ बस्ने एक महिला झण्डिएर मृतअवस्थामा फेला परकी छन् । मोरहङकी २० वर्षीया चित्रमाया लिम्बु आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्था फेला परेकी हुन् । साथै, उनका २ वर्षीय छोरा हाङगु लिम्बु पनि बुधबार ओछ्यानमा मृत अवस्थामा फेला...
काठमाण्डु,२० जेठ– राजधानीबाट बुधबार वैंकिङ्ग कसुर मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकको जाहेरी अनुसार काठमाण्डुको धापासी–७ वस्ने ३५ वर्षीय नवराज खत्रीलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । खत्रीलाई २०७१ वैशाख १९ गते पुनरावेदन अदालत पाटनले ६ करोड...
काठमाण्डु, २० जेठ–कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले दलहरुबीच आगामि असार मसान्तसम्म संविधान जारी गरेर सरकार परिवर्तन गर्ने विषयमा छलफल भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भूकम्पपछि सानातिना मतभेद छाडेर नयाँ निर्माणमा लाग्ने माहौल बनेको भन्दै सबैले...
काठमाण्डु, २० जेठ–एमालेका सचिव प्रदीप ज्ञावलीले राष्ट्रको पुनर्निर्माणका लागि एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु पर्ने बताएका छन् । रिपोर्टस क्लबले बुधबार राजधानीमा गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ज्ञावलीले दलहरुबीच दूरी बढाएर होइन सहमतिमै राष्ट्रिय सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय सरकारका लागि बोल्ड नेतृत्व...
काठमाण्डु, २० जेठ–सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी दलको प्राथमिकता संविधान निर्माण भएकाले संविधान निर्माण नभएसम्म कुनै पनि सरकारमा समावेश नहुने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले आफूहरु राष्ट्रिय सरकारको विरोधी नभए पनि सरकारमा समावेश नहुने बताएका...
काठमाण्डु, २० जेठ-मङ्गलबार सिन्धुपाल्चोकको यमुनाडाँडा गाविसमा दुर्घटना भएको माउन्टेन (एन एजेपी एएस ३५) को हेलिकप्टरको सत्य तथ्य छाबिन गरी प्रतिवेदन तयार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको छ । मन्त्रालयले बुधबार...
काठमाण्डु,२० जेठ-सूचना प्रविधिसम्बन्धी अपराध(साइबर क्राइम) का मुद्दा हेर्ने सूचना प्रविधि न्यायाधीकरण गठन गर्न सरकारलाई सर्वोच्च अदालतले निर्देशन दिएको छ । सूचना प्रविधिसम्बन्धी ऐन, २०६३ जारी भएको नौ वर्ष नाघिसक्दा पनि ऐनबमोजिम न्यायाधीकरण गठन नभएपछि दायर एक रिट निवेदनमा हालै उक्त अदालतका न्यायाधीशद्वय ओमप्रकाश...