काठमाण्डु, १ असार – नेपाल पत्रकार महासंघले पत्रकारलाई तलब नदिने सञ्चारगृहविरुद्ध मंगलबारदेखि आन्दोलन सुरु गरेको छ । महासंघका अध्यक्ष महेन्द्र विष्टको नेतृत्वमा गएको टोलीले मंगलबार हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजनमा एक –एक घण्टा धर्ना दियो । एभिन्यूज टेलिभिजनले ९ महिनादेखि कर्मचारी र पत्रकारहरुलाई तलब...
चितवन, १ असार–चितवनस्थित निजी विद्यालयले अपारदर्शी रुपमा शुल्क लिएको भन्दै यहाँका विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् । विद्यार्थी सङ्गठनले निजी विद्यालयले भूकम्पपछि स्कुल बन्द रहेको समयको शुल्क लिएको र केही विद्यालयले शुल्कसमेत वृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । विद्यार्थीलाई भयरहित वातावरणमा पढाइ गराउन ध्यान...
पाँचथर, १ असार– जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार चौधरीले...
म्याग्दी, १ असार – बेनी नगरपालिकाले दमकल खरिद गरेको छ । नगरपालिकाभित्र बढ्दो सहरीकरणसँगै भौतिक संरचनामा कुनै पनि बेला हुनसक्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले दमकल खरिद गरिएको हो । स्थानीय विकास मन्त्रालयको ६० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट आठ लाख ७५ हजार गरी रु...
कञ्चनपुर, १ असार– वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्न कञ्चनपुरको दक्षिणी क्षेत्रमा चोरी–सिकारी नियन्त्रणसम्बन्धी दुईदिने तालिमको आयोजना गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यक्रम कञ्चनपुरको आयोजनामा दक्षिणी क्षेत्रको शुक्लाफाँटा आरक्षको बेल्डाँडीमा सरोकारवालालाई सोमबारदेखि सोसम्बन्धी तालिम दिइएको हो । चोरी–सिकारी नियन्त्रण समितिलाई...
पर्वत, १ असार– विगतको दशवर्षे सशस्त्र द्वन्द्वका बेला राज्य तथा अन्यबाट भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनमा संलग्नलाई मेलमिलापका नाममा क्षमादान नगर्न पर्वतवासीले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सुझाव दिएका छन् । आयोगले पर्वतमा आयोजना गरेको अन्तक्र्रियामा नागरिक समाजका अगुवा तथा पीडितले सशस्त्र द्वन्द्वका बेला गम्भीर...
म्याग्दी, १ असार– म्याग्दीको देवीस्थान गाविसको मगरदाङमा रु ११ लाखको लागतमा बुकमारे जलवत क्षेत्र साना सिँचाइ आयोजना निर्माण भएको छ । आयोजना निर्माण भएपछि देवीस्थान– ५, ६ र ७ का ७१ घरधुरीका कृषक लाभान्वित भएका छन् । देवीस्थानको मालिका महिला बचत तथा ऋण सहकारी...
कैलाली, १ असार– कैलालीको लम्कीचुहा नगरपालिकामा गठित नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिले ८८ जना बालबालिकालाई सोमबार शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाभित्र रहेका विभिन्न २२ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई एक कार्यक्रमको आयोजना गरी स्केल, ड्रेस, झोला, कापी, डटपेन वितरण गरेको हो ।...
पर्सा, ३२ जेठ-वीरगन्ज पथलैया औद्योगिक क्षेत्रको बाराको रामपुर टोकनी–३ मा रहेको डाबर नेपालमा सोमबार एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पर्सा चोर्नी गाविसका मुकेश राम रहेको प्रहरीले जनाएको छ । चिनीको गोदाममा काम...
भक्तपुर, ३२ जेठ-नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी साउनको पहिलो सातासम्म देशले संविधान पाउने बताएका छन् । नेकपा एमाले भक्तपुरले सोमबार आयोजना गरेको विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको सरसफाइ एवम् भग्नावशेष हटाउने कार्यक्रममा उनले ढिलामा साउन पहिलो सातासम्म नयाँ संविधान जारी...
काठमाण्डु, ३२ जेठ-मिनीबसको ठक्करबाट ललितपुर पुर्णचण्डी बस्ने ५५ वर्षीया नानिमैया खड्गीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बा २ ख २०३४ नम्बरको मिनीबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस...
काठमाण्डु, ३२ जेठ-नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले भूकम्पबाट भएको क्षति र पीडित परिवारलाई उचित राहत तथा बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा सोमबार बसेको बैठकले राहत वितरणमा अनियमितता र भ्रष्टाचार समेत भएको भन्दै मोर्चाले स्थानीय...