काठमाण्डू १४ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश...
विराटनगर, १४ जेठ– गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाएका छन् । समितिको ३२औं बैठक बुधबार सिंहदरबारमा बसेको हो । समितिको अध्यक्ष गृहमन्त्री हुन्छन् । मन्त्री लेखकको अध्यक्षतामा बसेको बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा छलफल भएको छ...
विराटनगर, १४ जेठ– काँग्रेस सांसद् डां सुनिल शर्माको विराटनगरस्थित घरमा डरलाग्दो सर्प फेला परेको छ । शर्माको विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल पछाडि रहेको घरमा मंगलबार दुर्लभ प्रजातिको खतरनाक सर्प फेला परेको हो । उक्त दुर्लभ सर्प ‘मोनोस्लेड कोब्रा’ भएको प्रहरीले जनाएको छ । शर्माका...
काठमाण्डू, १४ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आज पनि संसद बैठक अवरुद्ध गर्ने भएका छन् । यसअघि मंलबार विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी स्थगित बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका...
चितवन, १४ जेठ– बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो। सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५...
काठमाण्डू, १४ जेठ– अमेरिकाले आफ्नो देशमा आउने विदेशी विद्यार्थी र पर्यटकको सामाजिक सञ्जालका गतिविधिको निगरानी र जाँच गर्ने भएको छ । अमेरिकाले तत्काल भिसाको अन्तर्वार्ता रोकेको छ । अमेरिकी विदेश विभागकी प्रवक्ता टेम्मी ब्रुसले हालका लागि तत्काल भिसाका सबै प्रक्रिया रोकिएको बताएकी छन् ।...
बुटवल, १४ जेठ– बुटवलमा दुई नाबालक सन्तानसहित एक महिलाको विभत्स हत्या भएको छ । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा सुजन कोइराला नाम...
काठमाण्डू, १४ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत भिजिट भिषाको आवरणमा भइरहेको भनिएको संगठित मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीले रोकेका छन् । भिजिट भिसामा विदेश जाने युवाहरुबाट दैनिक कम्तिमा ५० लाख रुपैयाँ ‘सेन्टेरल कलेक्सन’...
काठमाण्डू, १३ जेठ– पटकपटक भ्रष्टाचारीको मुखै नहेर्ने बताउने गरेका प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा त्रिभुवन विमानस्थल अध्यागमनमा हुने गरेको बेथिति, भ्रष्टाचार र यात्रुलाई दिने गरिएको सास्तीबारे लाचार अभिव्यक्ति दिएका छन् । बेथिति, अनियमितता र सार्वजनिक सेवा प्रवाह सुधार गर्ने भूमिकामा रहेका प्रधानमन्त्री ओलीले पदीय...
काठमाण्डू, १३ जेठ–सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारको उक्त निर्णयविरूद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाई पीडित विद्यार्थी एलिजा पाण्डेसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्र्दै न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले...
काठमाण्डू, १३ जेठ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको विकल्पमा नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने बताएका छन् । मंगलबार सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा थापाले राजसंस्था र राजा फरक चिज भएकाले राजसंस्थाभित्र राजा हुने व्यक्ति नयाँ पनि हुनसक्ने बताए । शाह वंशकबाट जो...
काठमाण्डू, १३ जेठ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले माघ १९ मा जस्तो कू गर्ने राजा ल्याउन नखोजेको बताएका छन् । मंगलबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले विगतको जस्तो सक्रिय राजतन्त्र आफूहरुले ल्याउन नचाहेको दाबी गरे । विगतका र अहिलेका राम्रा कुरा अंगीकार गरेर...