
बुटवल, १४ जेठ– बुटवलमा दुई नाबालक सन्तानसहित एक महिलाको विभत्स हत्या भएको छ ।
बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा सुजन कोइराला नाम गरेका युवकले घरमै बोलाएर उनको हत्या गरेका हुन् । प्रहरीका अनुसार सुजन दीपाका पूर्वपति हुन् । पारपाचुकेपछि दीपाले नवलपरासीका अर्कै युवकसँग विवाह गरेकी थिइन् ।
हत्या गरिएका दुवै छोरी दीपाका पछिल्लो श्रीमानतर्फका हुन् । कोइराला यसअघि आफ्नै दाजुको हत्या आरोपमा जेल बसेका थिए । दीपा शंकरले बोलाएपछि दुई छोरीहरुका साथ मंगलबार उनको घरमा गएकी थिइन् ।
बुधबार बिहान तीनै जनाको शव भेटिएको हो । तीनै जनाको धारिलो हतियार र घन प्रहार गरी हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।