गृहमन्त्री लेखकले बोलाए विपद् जोखिम व्यवस्थापन समिति बैठक

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १०:२४ मा प्रकाशित

विराटनगर, १४ जेठ– गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाएका छन् ।

समितिको ३२औं बैठक बुधबार सिंहदरबारमा बसेको हो । समितिको अध्यक्ष गृहमन्त्री हुन्छन् । मन्त्री लेखकको अध्यक्षतामा बसेको बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा छलफल भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट २० लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने अनुमान गरेको छ ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा अधिक वर्षात तथा बाढीपहिरोको जोखिम उच्च हुने पूर्वानुमान गरेर प्रतिकार्यको योजना बनाइएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

जल तथा मौसम विज्ञा विभागले यो वर्ष अधिक वर्षा हुने भएकाले विपदका घटनामा बढोत्तरी हुन सक्ने भन्दै सतर्कता अपनाउन र विपदको पूर्वतयारी गर्न सम्वद्ध सरोकारवालालाई सचेत गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us