काठमाण्डू, १३ जेठ- एमाले युवा संघको १०औं महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै थेबे मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत...
काठमाण्डू, १३ जेठ– एमाले उपमहासचि प्रदिप ज्ञवालीले सेत्तो हात्ती पाल्नु र राजतन्त्र पाल्नु उस्तै उस्तै भएको तर्क गरेका छन । आज (मंगलबार) नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यसलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, १३ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलगायत १३ जनाविरुद्ध विशेष अदालतमा...
काठमाण्डू, १३ जेठ– एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएको निर्वाचन मण्डलले जनाएको छ...
काठमाण्डू, १३ जेठ– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । विभिन्न राजावादी समूहद्वारा १६ जेठमा घोषित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति तय गर्न बैठक बोलाइएको हो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ती निकायका...
काठमाण्डू, १३ जेठ– कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा बसेको पदाधिकारी बैठक आफूबारे केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन् । गृहनगर विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले बैठक अवधिभर आफ्नो विषयमा कुरा भएको सुन्दा अचम्मित भएको बताए । सोमबार देउवा निवासमा बसेको बैठकमा...
काठमाण्डू, १३ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत दलका सांसदहरू उठेर सदन अवरोध गरेका थिए । माओवादी सांसद वर्षमान...
काठमाण्डू, १३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् । आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं वार्षिकोत्सवमा अनुपस्थित भएको बुझिएको छ । ‘आयोगको २५औं वार्षिकोत्सवमा प्रधानमन्त्री ज्यू आउने कार्यक्रम...
काठमाण्डू, १३ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन । आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेत...
काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य अनुप राजावादी भनिने भन्ने गोकर्ण शाहीले गौतमले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू...
काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको स्वीकार गर्दै बयान दिएका छन्...
काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् । आज (मंगलबार) काठमाण्डूमा सम्पादकहरूसँगको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् ।...