समाचार

संविधानसभा बैठक सुरु हुनासाथ आज पनि नाराबाजी

२०७१ माघ ९ गते ९:३३

काठमाण्डु, ९ माघ– तीन घण्टा ढिलो सुरु भएको संविधानसभा बैठकमा विपक्षी सभासदले नाराबाजी गरिरहेका छन् । सभाध्यक्षले सहमति बिना नै बहुमतीय प्रक्रिया सुरु गरेको भन्दै विपक्षी सभासदले ‘प्रक्रिया मिच्न पाइँदैन’, ‘सहमतिको संविधान जारी गर’ लगायतका नारा लगाइरहेका छन् । सोमबार रातिददेखि निरन्तर अवरोध भइरहेको...

विपक्षीले अवरोध रोके सत्तापक्ष वार्ता गर्ने मुडमा

२०७१ माघ ९ गते ८:४८

काठमाण्डु, ९ माघ– प्रतिपक्षी दलहरुले सहमतीय संविधानका पक्षमा संविधानसभा अवरुद्ध गरिरहेका बेला सत्तापक्षको बैठकले संविधानको अवरोध रोके वार्ता गर्न सकिने बताएको छ । संविधानसभा भवनभित्रै बसेको कांग्रेस–एमाले लगायतको सत्तारुढ दलको बैठकले अवरोध नरोकेसम्म वार्ता नगर्ने बताएको हो । बैठकमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले भने,...

हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जम्यो

२०७१ माघ ९ गते ८:४५

हुम्ला, ९ माघ– जिल्ला सदरमुकाम सिमिकोटलगायत स्थानमा बिहीबार १२ बजेदेखि हिमपात भइरहेको छ । अहिले सदरमुकाम आसपास करिब एक फिटसम्म हिउँ जमेर आवतजावतसमेत बन्द भएको छ । हिमपातबाट सदरमुकाममा नागरिकता बनाउन तथा दैनिक उपभोग्य सामग्री लिन सदरमुकाम आएका उत्तरी भेग डाँडाफ्या, स्याडा, हेप्का, खगाल...

सभासदमाथि चेकजाँच झन् कडा

२०७१ माघ ९ गते ८:३०

काठमाण्डु, ८ माघ– प्रतिपक्षी दलहरुले सहमतीय प्रक्रियाको माग गर्दै सभा अवरुद्ध पारेपछि सरकारले सुरक्षाका लागि भन्दै संविधानसभामा सयौं प्रहरी परिचालन गरेको छ । सभासदहरुलाई ठाउँठाउँमा चेकिङ गर्ने र खानतलासी लिने काम भएको छ । सत्तारुढ दलहरुले बहुमतीय प्रक्रिया नै एक मात्र विकल्पका रुपमा अघि...

सत्तारूढ दलकाे वार्तामा नबस्ने अडान

२०७१ माघ ९ गते ८:२५

काठमाण्डु, ९ माघ– नेपाली काँग्रेस, नेकपा एमाले लगायत सरकारलाई समर्थन गर्ने आठ दलका नेताबीच संविधानसभाले प्रस्ताव प्रश्नावली समिति गठन गर्ने प्रस्ताव अघि नबढाएसम्म विपक्षी दलसँग वार्तामा नबस्ने निर्णय गरेको छ । बैठकमा सहभागी एमालेका महासचिव ईश्वर पोखरेलले संविधान निर्माणको प्रक्रियालाई अघि बढाउने विषयलाई नै...

कांग्रेस–एमालेका सभासद्को ओठमा ताला ?

२०७१ माघ ९ गते ८:१५

काठमाण्डु, ८ माघ– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सभासदहरुलाई संविधानसभाभित्रको गतिविधिबारे सार्वजनिक टिप्पणी नगर्न ‘सर्कुलर’ गरेका छन् । औपचारिक निर्देशन नदिइएको भए पनि अनौपचारिक रुपमा ‘मिडियामा नबोल्नू’ भनिएका कारण कांग्रेस–एमालेका सभासद अहिले मौन बसेका छन् । संविधानसभाको बैठकमा सहभागी हुनका लागि...

के प्रचण्डले गच्छदारलाई स्पष्टिकरण सोधेका हुन् ?

२०७१ माघ ९ गते ८:१०

काठमाण्डु, ८ माघ– प्रमुख दलहरुबीच बिहीबार भएको बैठकमा मधेसी मोर्चाका नेता विजय गच्छदारले राखेको प्रस्तावका कारण प्रतिपक्षी मोर्चामा तरंग उठेको छ । सिंहदरबारमा शुक्रबार बसेको तीस दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले गच्छदारलाई त्यस्तो प्रस्ताव किन राखेको भनेर सोधेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने...

एक बजे डाकिएको बैठक अझै बस्न सकेन

२०७१ माघ ९ गते ८:०५

काठमाण्डु, ८ माघ– दिउँसो एक बजे बस्ने तय भएको संविधानसभा बैठक अझसम्म बस्न सकेको छैन । तीन दिनदेखि लगातार अवरुद्ध भएको संविधानसभामा सत्तारुढको बहुमतीय प्रक्रियामा जसरी पनि जाने र प्रतिपक्षीको जसरी पनि रोक्ने रणनीतिले बैठकमा गतिरोध देखिएको हो । शुक्रबार प्रक्रियामा जाने भन्दै संविधानसभाका...

ट्रकको ठक्करबाट प्रहरी अधिकृतको मृत्यु

२०७१ माघ ९ गते ७:३३

विराटनगर, ९ माघ– मालवाहक ट्रकको ठक्करबाट एक प्रहरी नायब निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पकली सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक तोलेन्द्र अधिकारीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत भादगाउँ सिनुवारी–२ मा गएराति पश्चिमतर्फ जाँदै...

‘मर्यादा पालकहरुले महिला सभासदमाथि जबर्जस्ती गरे’

२०७१ माघ ९ गते ७:१९

काठमाण्डु, ९ माघ– संविधानसभाका मर्यादापालकहरुले महिला सभासदमाथि जबर्जस्ती व्यवहार गरेको भन्दै महिला सभासदहरुले सभाध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएका छन् । संविधानसभामा विपक्षी सभासदहरुलाई लक्षित गर्दै सरकारले सयौँ मर्यादापालक र सादा पोसाकका प्रहरी खटाएको थियो । शुक्रबार एकीकृत माओवादी सम्बद्ध मोर्चाका महिला सभासदहरुले सभाध्यक्ष नेम्वाङलाई...

मोटरसाइकलको ठक्करबाट यादवको मृत्यु

२०७१ माघ ९ गते ७:१३

रौतहट, ९ माघ– रौतहटको भेडियाही चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको भेडियाहीबाट सुकदेव चोकतर्फ जाँदै गरेको ना२८प ६८०२ नम्बरको मोटरसाइकलले बिहीबार साँझ स्थानीय ७० वर्षीय अनुपलालराय यादवलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । ठक्करबाट...

कहाँ गए मृर्गौला तस्कर ?

२०७१ माघ ९ गते ७:०९

  बनेपा, ९ माघ– काभ्रेपलाञ्चोक जिल्लामा मृर्गौला तस्करीमा संलग्न झण्डै चार वर्षदेखि फरार तीन अभियुक्तलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरूलाई पक्राउ गर्ने प्रयत्न जारी रहेको र अभियुक्तको हुलियासहित प्रहरीको सबै इकाइमा पत्राचार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक पुजा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us