समाचार

भ्रष्टाचारीको सूची तयार गर्दैछ विप्लव माओवादी

२०७१ माघ ९ गते १३:०१

रोल्पा, ९ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारीहरुको सूची तयार गर्ने भएको छ । भ्रष्टाचारीमाथि जनकारबाही गर्ने भन्दै चन्द माओवादीले सूची तयार गर्न लागेको हो । केन्द्रीय सदस्य सन्तोष बुढामगरले गृहजिल्ला रोल्पा सदरमुकाम लिवाङमा शुक्रबार भएको पत्रकार सम्मेलनमा भ्रष्टाचारीलाई नछाडिने चेतावनी दिए...

मर्यादापालकले महिला सभासदको संवेदनशील अंग सुम्सुम्याएपछि…

२०७१ माघ ९ गते १२:४१

काठमाण्डु, ९ माघ– एकीकृत माओवादीसहित विपक्षी दलका सभासदले मर्यादा पालकले संविधानसभाभित्र आफूहरुमाथि दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले शुक्रबार संविधानसभा भवन नयाँबानेश्वरमा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी त्यसबारे सामूहिक रुपमा ध्यानाकर्षण गराएका हुन् । महिला सभासदका साथमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि...

काँग्रेस प्रमुख सचेतक श्रेष्ठ विपक्षीको कब्जामा

२०७१ माघ ९ गते १२:२६

काठमाण्डु, ९ माघ– नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई विपक्षी दलका सभासदले नियन्त्रणमा लिएका छन् । संविधानसभाको शुक्रबारको बैठकमा विपक्षी सभासदले उनलाई केहीबेर नियन्त्रणमा लिएका हुन् । बैठक औपचारिक रुपमा सुरु हुनुअघि राष्ट्रिय गान बजेलगत्तै श्रेष्ठ आफू बसेको सिटबाट उठेर हतारहतार रोष्ट्रतमर्फ अघि बढेका...

विवाहका लागि सामान किनेर आउँदा किचिएर मृत्यु

२०७१ माघ ९ गते १२:२०

महोत्तरी, ९ माघ– टायरगाडामा किचिएर गएराति महोत्तरीको किसाननगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा किसाननगर–७ बस्ने ५५ वर्षीय कृष्णबहादुर डुम्रे रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।  छोरीको विवाहका लागि छिमेकी जिल्लाको धनुषाको बडहरी बजारबाट सरसामान किनेर टायरगाडामा राखी घर आउने...

सुवास नेम्वाङको घोषणा– ‘आइतबारदेखि नयाँ प्रक्रिया सुरु हुन्छ’

२०७१ माघ ९ गते ११:५८

काठमाण्डु, ९ माघ– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबारदेखि नयाँ प्रक्रिया सुरु हुने दाबी गरेका छन् । शुक्रबारको बैठकबाट बाहिरिँदै अध्यक्ष नेम्वाङले आजसम्मको प्रक्रिया आजै अन्त्य भएको बताएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले संविधानसभाको निरन्तर अवरुद्ध भएको बैठक आइतबारदेखि नहुने संकेत गरेका हुन्...

विदेशीको नाम लिँदै जब देउवा झोक्किए‍‍‍…

२०७१ माघ ९ गते ११:४८

काठमाण्डु, ९ माघ– कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीले नेपाली राजनीतिक प्रक्रियामा सल्लाह दिएकोमा आपत्ति जनाएका छन् । शुक्रबार संविधानसभा बैठकबाट बाहिरिँदै उनले नेपालको संविधान निर्माण नेपालीले नै सम्पन्न गर्ने बताएका हुन् । देउवाले विदेशीले आफ्नो मुलुकमा लोकतन्त्रको अभ्यास गर्दा भोटिङ गर्ने...

गच्छदार भन्छन्, ‘मैले कांग्रेस–एमालेलाई ४० वर्षदेखि चिनेको छु’

२०७१ माघ ९ गते ११:३७

काठमाण्डु, ९ माघ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आफूले माघ ८ मै संविधानको सुनिश्चितता हुने प्रस्ताव गरेको दाबी गरेका छन् । शुक्रबार संविधानसभा बैठकबाट बाहिरिँदै गच्छदारले भने, ‘मैले राजनीति गर्न थालेको ४०/४२ वर्ष भयो, म कांग्रेस–एमालेलाई पनि राम्रैसँग चिन्छु ।’ उनले आफूलाई...

माघ ८ मा संविधान नबनेको भन्दै आत्महत्या

२०७१ माघ ९ गते ११:३६

झापा, ९ माघ– आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी एक व्यक्तिले आत्महत्या गरेका छन् । माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१ निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले...

आइतबार एक बजेसम्मका लागि संविधानसभा बैठक स्थगित

२०७१ माघ ९ गते ११:०५

काठमाण्डु, ९ माघ– तीन घण्टा ढिलो गरी सुरु भएको संविधानसभा बैठक आइतबार एक बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी सभासदहरुले सहमतीय संविधानका पक्षमा नाराबाजी गरिरहेपछि सभाध्यक्ष सुवास नेम्वाङले बैठक स्थगित गरेका हुन् । मंगलबार बिहानदेखि संविधानसभाको बैठक अवरुद्ध हुँदै आएको छ । सत्तारुढ...

भट्टराईलाई सभापति मान्नु नै हाम्रो गल्ती : ओली

२०७१ माघ ९ गते ११:०१

काठमाण्डु, ९ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक सहमति तथा संवाद समितिको अध्यक्ष एमाओवादीलाई दिनु नै गल्ती भएको बताएका छन् । कांग्रेस–एमालेको संयुक्त बैठकपछि बोल्दै ओलीले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई जिम्मा दिएकै कारण सहमति नभएको आरोप लगाएका हुन् । कांग्रेस एमालेको...

माथिल्लो तामाकोसीको निर्माण ७२ प्रतिशत पूरा

२०७१ माघ ९ गते १०:५७

चरिकोट, ९ माघ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण करिब ७२ प्रतिशत पूरा भएको छ । विभिन्न चार चरणबाट निर्माण सुरु गरिएको आयोजनाको कार्य प्रगति प्रतिवेदनअनुसार ७२ प्रतिशत निर्माण पूरा भएको हो । मासिक भुक्तानी प्रतिवेदनको आधारमा ७२...

एक महिनामा संविधान आउँछः महेश बस्नेत

२०७१ माघ ९ गते १०:१५

  भक्तपुर, ९ माघ– उद्योग मन्त्री महेश बस्नेतले एनेकपा माओवादी र मधेसवादी दलको अवरोधका कारण माघ ८ मै संविधान जारी गर्न नसके पनि निराश नहुन आमनागरिकलाई अपिल गरेका छन् । गैरसरकारी संस्था महासङ्घ भक्तपुरको पाँचौँ जिल्ला अधिवेशन एवम् १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us